• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खोटाङमा प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ आयोजना हुँदै

by
१३ पुस २०८१,
0
खोटाङमा प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ आयोजना हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा आयोजना गर्न लागेको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’लाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको छ ।

बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारीकरणका लागि आगामी फागुन–१५, १६ र १७ गतेसम्म दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानमा आयोजना गर्न लागिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको हो ।

कोशी प्रदेशमा पुस–१४ गते, मधेश प्रदेशमा पुस–१५ गते, बागमती प्रदेशमा पुस–१६ गते र गण्डकी प्रदेशमा पुस–१७ गते प्रदेशस्तरीय कार्यक्रम गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

“नेपालको ईतिहासमा पहिलो पटक दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्न लागिएको छ । सम्मेलनमा देश/विदेशका बाँसविज्ञ तथा व्यवसायी सहभागी हुन्छन्”, उनले भने, “तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्थरीय कार्यक्रम बनाएका छौँ । छुटेका प्रदेशमा जुम प्रविधिबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।”

नगरप्रमुख भट्टराईको अध्यक्षतामा हुने प्रदेशस्तरीय कार्यक्रम अन्तरगत कोशी प्रदेशमा सहारा नेपाल, मधेश प्रदेशमा डिभिजन वन कार्यालय र धनुषाधाम जनकपुर तथा बागमती र गण्डकी प्रदेशमा अर्थ मन्त्रालयको व्यवस्थापन र संयोजनमा कार्यक्रम हुने जनाइएको छ ।

प्रदेशस्तरीय कार्यक्रममा बाँस विज्ञ, सरोकारवाला, सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक सङ्घसंस्था तथा बाँसको क्षेत्रमा काम गरिरहेका व्यापारी, व्यवसायी र काम गर्ने बाँसकर्मीको सल्लाह, सुझाव र चुनौति सुनेर योजना बनाइने नगरप्रमुख भट्टराईले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गर्न लागिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाले रु पाँच लाख बजेटसमेत व्यवस्थापन गरेको जनाइएको छ । बाँस क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाले रु ४२ लाख बराबरको सम्मेलनलाई आवश्यक पर्ने जिन्सी सामग्री उपलब्ध गराउने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए।

राष्ट्रिय बाँस सम्मेलनमा स्टल राख्न १५ जिल्लाबाट प्रस्ताव आइसकेको जनाइएको छ । राष्ट्रिय बाँस सम्मेलनाई सरकारी तथा गैर–सरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको नगरउपप्रमुख विशन राईले जानकारी दिए।

नेपालको ईतिहासमा पहिलो पटक दिक्तेल बजारमा आयोजना गर्न लागिएको राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन तथा सम्मेलनमा स्टल राख्न नगरपालिकाका १५ वटै वडाबाट बाँससम्बन्धी व्यवसाय सञ्चालन गरिरहेकालाई हेटौँडाबाट झिकाइएका बाँसविज्ञ चन्द्रबहादुर थिङले नेपालमा तालिम दिइरहेका छन् । तालिमसँगसँगै सहभागीले सम्मेलनमा राख्न बाँसबाट विभिन्न प्रकारका सामग्रीसमेत तयार गर्ने जनाइएको छ ।

प्रथम राष्ट्रिय बाँस सम्मेलनमा अनुमानित रु ४७ लाख बराबरको खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोसी प्रदेश र ग्रिन बेम्बो क्रियसन, ललितपुरको संयुक्त आयोजनामा बाँस सम्मेलन गर्न लागिएको हो ।

‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’का लागि सम्मलेलनका लागि वन, वातावरण तथा प्रविधि मन्त्रालयका पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा समिति गठन गरिएको छ । बाँसको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष केपी भट्टराईको पहलमा गत जेठमा काठमाडौँमा भएको सरोकारवाला व्यक्तिको भेलाले दिक्तेल बजारमा पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन गर्ने निर्णय गरेको हो ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्रवटा वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अत्याधिक मात्रामा ढुङ्ग्रे र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिँगानो बाँस, निगाँलो बाँस, मुक्तियाली लगायत १३ किसिमका बाँस पाइने गरेका छन् । नगरपालिकाको आयोजनामा बाँस सम्मेलन हुने भएपछि बाँससम्बन्धी उद्योग सञ्चालन गर्दै आएका स्थानीय बासिन्दा एवम् उद्यमी हर्षित भएका छन् ।

Previous Post

भारतीय पूर्व प्रधानमन्त्री डा. सिंहको पार्थीव शरीरको आज अन्तिम सँस्कार गरिँदै

Next Post

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरको पत्राचार

सम्बन्धित खबर

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक
मनोरञ्जन

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

२० अशोज २०८३,
खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै
आर्थिक

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

२० अशोज २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

२० अशोज २०८३,
सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला
आवाज

सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

२० अशोज २०८३,
Load More
Next Post
मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई काठमाडौँ महानगरद्वारा जरिवाना

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरको पत्राचार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In