• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

by
७ पुस २०८१,
0
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्परा अनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ ।

आजलाई पौष कृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ । यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ । सूर्य भगवान्लाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ ।

पुस महिनाका सूर्यको नाम विष्णु हो । विष्णुले सबैसँग कुरा गर्दा एक पक्षलाई एक दिन मान्नुपर्ने एक पक्षको पक्षधरता छ । आजको दिन बर्तालुले घरमा ब्राह्मण बोलाएर पूजा आराधनासहित अन्न दान दिनुपर्ने व्यवस्था रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन् ।

सर्वप्रथम भगवान् नारायणबाट ब्रह्माजी आविर्भाव हुन् । ब्रह्माजीको मनबाट मरिचिऋषि, मरिचिको पुत्र कश्यप ऋषि कश्यपको धर्मपत्नी अदितिबाट विवस्वान् सूर्यको जन्म भएको भन्ने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । सूर्य सर्वप्रथम मृत अचेतन अण्डमा बस्नुभएकाले उनलाई मार्तण्ड भनिन्छ । नारायण भगवान् मृत अण्डमा प्रवेश गरी हिरण्यमय ज्योतिर्मय ब्रह्माण्डबाट प्रकट भएकाले उनलाई सूर्यनारायण हिरण्यगर्भ भनिएको पण्डित बालमुकुन्द देवकोटाका बताउँछन् ।

नौ ग्रहमध्ये सूर्य माझमा निवास गर्ने भएकाले उनलाई अधिपति प्रमुख मालिक मानिन्छ । भगवान् सूर्यले आफ्नो ताप र प्रकाशले अन्धकारलाई स्वतस्फूर्त नाश गरी तीनै लोक स्वर्ग, मत्र्य, पाताल तताएर प्रकाशित गर्छन् । ज्योतिर्मय रथले सबै ठाउँमाठाउँमा घुम्छन् । बस्ने ठाउँ छत्तीस लाख योजन लामो र नौ लाख योजन चौडाइ छ ।यसको जुवा छत्तीस लाख योजन लामो छ ।

कालरूपधारी भगवान् सूर्य लोकको व्यवहार ठिक-ठिक चलाउनका लागि चैत्रादि बाह्र महिनामा क्रमशः १२ वटा नाम धाता, अर्यमा, मित्र, वरुण, इन्द्र, विवस्वान्, त्वष्टा, विष्णु, अंशु, भग, पूषा, पर्जन्य नामले प्रवेश गर्दा ऋषिहरूले सूर्यसम्बन्धी ऋग्वेद, यजुर्वेद र सामवेदको मन्त्रद्वारा उनको स्तुति गरिन्छ ।

त्यही बेला गन्धर्व उनको सुयशको गान गर्दै गर्दा अगाडि-अगाडि अप्सरा नृत्य गर्दै हिँड्छन् । उनको पूजा षोडोशोपचारले आँक, कुश, शमी ,करवीर, रातो कमलको फूलले गर्दछ भने उसलाई धर्म, अर्थ, काम र मोक्ष मिल्ने गर्दछ । यो पृथ्वीमा जो पतित र जुठो खाने मानिस समेत सूर्यको किरणको स्पर्शले पवित्र हुन्छ ।

आइतबार सूर्यको सङ्क्रान्ति तथा शुक्ल पक्षको सप्तमी पर्‍यो भने त्यो दिन गरेको पूजा, व्रत, जप अक्षय हुनेछ । जसले ‘आदित्य बिध्महे भास्कराय धिमहि तन्नो भानु ःप्रचोदयात्’ भनी सूर्यको गायत्री जपी पूजा, जप, स्तुति, मुद्रा, अञ्जलीले नमस्कार र धेनु मुद्राद्वारा ॐ इन्द्राय नमः स्वाहा, ॐ विष्णवे नमः भनी हवन र जप गर्दछ भने उसले सायुज्य मुक्ति प्राप्त गर्दछ ।

जसले उदाउँदा ब्रह्मा, मध्याह्नमा महेश्वर, अस्ताउँदा विष्णु भनी पूजा र नमस्कार गर्दछ भने उसले चाहेको फल प्राप्त गर्दछ । रोग निको हुने गर्दछ । जो चाण्डाल, पतित, कोढी, महापातकी, दुःखी, दरिद्र, शोकग्रस्त छ । पुस महिनामा सूर्यको दर्शन र पूजा गर्नाले सबै रोग हटेर आफ्नू पापबाट मुक्त हुनेछ । ब्रह्माजीले पनि सूर्यभगवानको स्तुति गाएका थिए । त्यसैले गोकर्ण, वालखिल्य ऋषि, शत्राजित आदिले पनि सूर्यको उपासना र स्तुति गाएका थिए । जसले गाउँदछ उसले भुक्ति र मुक्ति प्राप्त गर्दछ ।

कर्मपात्र (तामाको थाली) मा पानी राखेर पानीमा सूर्यको दर्शन गरिन्छ भने धेरै भक्तजनहरूले हातका औँलाबाट विशेष आकार बनाई सूर्य दर्शन गर्दछन् । पौष महिनाभरि सूर्यको स्तोत्र, महिमा, प्रवचन आदि श्रवण एवं पाठ गर्नु उत्तम मानिन्छ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्य अस्ताउनु भन्दा पहिला नूनको सेवन नगर्दा राम्रो हुन्छ । यो दिन मासु, रक्सी जस्ता भोजन खानु हुँदैन ।

दक्ष प्रजापतिकी छोरी रूपा सर्वकी पत्नी हुन् । यम र यमुना यिनैका सन्तान हुन् रक्त चन्दन र करवीरको पुष्पले सूर्यको पूजा गर्नुपर्दछ । यी दुवै वस्तु सूर्यका प्रिय छन् । सूर्यको तेज सहन नसकी पलायन भएकी आफ्नी पत्नी रूपालाई प्राप्त गर्न सूर्यदेव उनको तपस्या स्थल उत्तर कुरु देश गए ।

त्यहीँ सप्तमी तिथिमा दुवैको मिलन भएको हुँदा पनि सप्तमी सूर्यको प्रिय तिथि हो । जो व्यक्ति पञ्चमी तिथिमा एक छाक शुद्ध भोजन गरी षष्ठीको दिनमा उपवास गर्दछ र सप्तमीको दिनमा उपवास गरी विविध शाक पदार्थ भगवान् सूर्यलाई अर्पण गरेर ब्राह्मणलाई दान गर्दछ र रात्रिमा मौन रही भोजन गर्दछ उसलाई असीम पुण्य प्राप्त हुन्छ ।

आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । आजको दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान् सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ । आइतबारको दिनमा सूर्यको अघ्र्य दिन निम्न मन्त्रलाई उच्चारण गरिन्छ ।

Previous Post

न्यूनचापीय प्रणालीको प्रभाव, पश्चिमी भूभागमा चिसो बढ्ने

Next Post

पाँच महिनामा १३ अर्ब चार करोडको विद्युत भारत निर्यात

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
राष्ट्रिय प्रसारण लाइन निर्माण ९६ प्रतिशत पूरा

पाँच महिनामा १३ अर्ब चार करोडको विद्युत भारत निर्यात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In