• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रौतापोखरीमा पर्यटकको संख्यामा वृद्धि

by
६ पुस २०८१,
0
रौतापोखरीमा पर्यटकको संख्यामा वृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गाईघाट (उदयपुर) । यहाँको रौता गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरीमा दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेका छन् ।

रौतामाई पञ्चकन्या देवीको दर्शन तथा पूजाआरधना गर्न र रौताबाट देखिने मनोरम दृश्यावलोकन गर्न कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउन थालेको रौता माई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापाले बताए ।

उनका अनुसार हाल दैनिक रौता क्षेत्र पर्यटकले भरिभराउ हुन थालेको छ । चिताएको पुग्ने धार्मिक विश्वासका साथ रौता पञ्चकन्या देवीको पूजा तथा आराधना गर्न र हिमश्रृङला हेर्न मौसम सफा भएसँगै पर्यटक बढेको रौतामाई-४ का पूर्व वडाअध्यक्ष पाण्डव राईले बताए ।

रौताबाट उत्तर दिशातर्फ एकैपटक अवलोकन गर्न सकिने सात वटा हिमाल र पहाडी जिल्ला, भोजपुर, धनकुटा, सङ्खुवासभा, खोटाङ, सोलु र ओखलढुङ्गासहित देखिने रौताका होमस्टे सञ्चालक हर्क सिजाली मगरले बताए।

त्यसैगरी तराईका जिल्लाहरू सप्तरी, सिरहा, धनुषा, झापा, सुनसरी र मोरङसहित सप्तकोशी नदीसमेत यस क्षेत्रबाट अवलोकन गर्न सकिन्छ । यहाँ विभिन्न विद्यालयहरूले विद्यार्थीलाई वनभोजका लागि समेत ल्याउने गरेका छन् ।

मङ्सिर लागेसँगै दैनिक पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय र होमस्टेमा व्यापार बढेको स्थानीय होमस्टे सञ्चालक गङ्गा माया मगरले बताए । रौता क्षेत्रमा आउने पर्यटकमध्ये दैनिक बास बस्नेको संख्या हाल दैनिक १० देखि २५ जनासम्म आउन थालेका छन् ।

समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पर्यटकीय तथा धार्मिकस्थल रौता पोखरीको अगाडि रौता पञ्चकन्या देवीको मन्दिर रहेको छ । पोखरी आसपासमा जङ्गल भए पनि यस क्षेत्रको पोखरीमा खसेका रुखका पात चराले टिपेर अन्यत्र लाने विश्वास गरिन्छ । जसका कारण पोखरी सफा रहने गरेको स्थानीयबासी बताउँछन् ।

रौतामाइ–४ आँपटारका ७८ वर्षीय जगतबहादुर राईका अनुसार रौता पोखरीको पानी हरियो वा निलो रङको देखिने गरियो भने गाउँघरमा अन्न बाली धेरै उत्पादन हुने किंवदन्ती छ । यदि पानीको रङ बदलेर पहेँलो देखियो भने गाउँघरमा रोग व्याधि, दुःख बिमार फैलने विश्वास गरिन्छ । पोखरीको पानी स्वच्छ हुँदा देशमा शान्त हुने झैँ झगडा नहुने किंवदन्ती छ ।

यहाँ परेवा, हाँस, कुखुरा वा पाठी भोग दिएर पूजा गरिने र कतिपयले नरिवल र दूध चढाएर समेत रौता पञ्चकन्या देवीको पूजा गर्ने गर्छन् ।

Previous Post

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

Next Post

साउदीबाट फर्किएका एक पुरुषमा ‘मङ्कीपक्स’ संक्रमण पुष्टि

सम्बन्धित खबर

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
समाचार

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

१३ असार २०८३,
विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

१३ असार २०८३,
Load More
Next Post
साउदीबाट फर्किएका एक पुरुषमा ‘मङ्कीपक्स’ संक्रमण पुष्टि

साउदीबाट फर्किएका एक पुरुषमा ‘मङ्कीपक्स’ संक्रमण पुष्टि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In