• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चितवन राष्ट्रिय निकुञ्जबाट डेढ महिनामा ६५ जना पक्राउ

by
३ पुस २०८१,
0
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ ।

निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसुरमा एक, अनुमतिबिना बँदेल पाल्ने दुई, बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने २३, परेवा मार्ने एक र बिनाअनुमति निकुञ्ज प्रवेश गरी निउरो टिप्ने आठ जनालाई निकुञ्जले पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले निकुञ्जभित्र प्रवेश गर्ने तथा नियमविपरीत काम गर्ने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको जानकारी दिए । यसबीचमा वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नका लागि सरोकारवालासँग छलफल गरिएको उनको भनाई छ ।

पछिल्लो डेढ महिनामा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा दुईवटा गैँडा तथा एउटा बाघ मृत भेटिएको सूचना अधिकारी मगरले जानकारी दिए । गत मङ्सिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक वनको क्षेत्रभित्र नारायणी नदीको दोस्रो भङ्गालोमा अन्दाजी ३१ वर्षको पोथी गैँडा पानीमा डुबेर मृत्यु भएको अवस्था तथा १३ गते निकुञ्जको धु्रव पोष्ट नजिक करिब ३५ वर्षको पोथी गैँडा कालगतिले मरेको अवस्थामा फेलापरेको उहाँले बताउनुभयो । कालगतिले मरेका दुवै गैँडा कालगतिको खाग र खुर सुरक्षित रहेको उनको भनाइ छ ।

त्यस्तै मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नवलपुरको नन्दपुरघाटमा छ वर्षीय बाघ मृतावस्थामा भेटिएको उनले जानकारी दिए । अर्को बाघसँग जुधेर उक्त बाघ मरेको मगरको भनाइ छ । यसअवधिमा गैँडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छभने चार जना घाइते भएका छन् ।

कात्तिक २० गते कृष्णसार मध्यवर्ती सामुदायिक वन प्रवेश गर्ने क्रममा जिल्ला नवलपुरको कावासोती–७ का ६५ वर्षीय चुनबहादुर बोटे र मङ्सिर ८ गते नवलपुरकै मध्यविन्दु–६ का ६५ वर्षीय नाथुराम महतोलाई खेतबारीमा आलु लगाउने क्रममा गैँडाले आक्रमण गर्दा मृत्यु भएको उनले जानकारी दिए ।

निकुञ्जले वन्यजन्तु संरक्षण अभियानअन्तर्गत समुदायसँग सहकार्य गरी काम गरिरहेको भन्दै जाडो महिनामा अझै व्यवस्थित रूपमा अभियान चलाउने उनको भनाइ छ ।

Previous Post

टमाटर खेतीबाट वार्षिक पाँच लाख आम्दानी

Next Post

‘लागुऔषध सेवनकै लागि दैनिक सयौँ युवा भारत जान्छन्’

सम्बन्धित खबर

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ अशोज २०८३,
तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन
समाचार

तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

१६ अशोज २०८३,
‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
समाचार

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

१६ अशोज २०८३,
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
समाचार

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

१६ अशोज २०८३,
रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द
समाचार

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

१६ अशोज २०८३,
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित
समाचार

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

१६ अशोज २०८३,
Load More
Next Post
‘लागुऔषध सेवनकै लागि दैनिक सयौँ युवा भारत जान्छन्’

‘लागुऔषध सेवनकै लागि दैनिक सयौँ युवा भारत जान्छन्’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In