• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बैंकमा थुप्रिएर बसेको तरलतालाई लगानीमा रुपान्तरण गर्छौं : अर्थमन्त्री पौडेल

by
१ पुस २०८१,
0
बैंकमा थुप्रिएर बसेको तरलतालाई लगानीमा रुपान्तरण गर्छौं : अर्थमन्त्री पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको ७ खर्ब रुपैयाँको तरलतालाई लगानीमा रुपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन् ।

सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । अर्थमन्त्री पौडेलले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने,रोजगारी सिर्जना गर्ने र व्यवसायीहरुको मनोबल उच्च रुपमा बढाउने विषयमा बढी केन्द्रीत भएर काम गरिरहेको बताए।

उनले अर्थतन्त्रलाई सुधारका लागि सरकारले गरेको प्रयासले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक देखिएको दाबी गरे । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई सुक्ष्म रुपमा विश्लेषण गरी समाधानका उपायहरु कार्यान्वयनमा ल्याएकाले केही सुधार भएको बताए । अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या र चुनौति समाधानको लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक दिशामा फर्किएको बताए।

अर्थमन्त्री पौडलले सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एक–एक कदमहरु चाल्दै गएको जानकारी दिए । उनले अर्थतन्त्रमा देखिएका सकारात्मक सूचकहरु सरकारले गरेका कामको परिणामबाट आएको दाबी गरे । अर्थमन्त्री पौडेलले राजश्व संकलन गत वर्ष आर्थिक वर्षको चार महिनामा ३ प्रतिशत मात्रै वृद्धि भएकोमा चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको बताए । उनले अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएकाले पुँजीगत खर्च पनि केही मात्रामा बढेको उल्लेख गरे ।

उनले भने,‘वर्तमान सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले केलाइरहेको छ । समाधानका लागि एक–एक गरी कदमहरु चाल्दैछ । अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएका छन् । त्यो सकारात्मकता एक्कासी आएको होइन । बैंकको ब्याजदर एकल अंकमा आयो । तर त्यो त्यत्तिकै आएको होइन । त्यसको लागि सरकारले केही काम गरेको छ । राजश्व संकलन गत वर्ष चार महिनामा ३ प्रतिशत वृद्धि भएको थियो । चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको छ । त्यो त्यत्तिकै भएको होइन अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा काम भएका छन् । पुँजीगत खर्च पनि केही न केही मात्रामा बढेकै छ । लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई कसरी लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी कसरी भित्र्याउने,रोजगारी कसरी सिर्जना गर्ने र व्यवसायीहरुको मनोबल कसरी बढाउने यस विषयमा बढी केन्द्रित भएर काम गरिरहेका छौं । सरकारले गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको छ । क्रमशः अर्थतन्त्रमा सूचकहरु सकारात्मक दिशामा फर्किएका छन् । त्यसलाई सरकारले तिब्रता दिएर सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नसक्छौं । मूल्यवृद्धिलाई सीमाभित्र राख्न सफल भएका छौं । समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने,उत्पादन,उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उदेश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई सदुपयोग गरेर जानुपर्ने अवस्था छ । त्यसमा सरकार प्रयासरत छ ।’

अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने,उत्पादन,उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई सदुपयोग गरेर जानुपर्नेमा जोड दिए।

Previous Post

पूर्वराष्ट्रपति विद्या र पूर्वउपराष्ट्रपति पुन राजनीतिमा !

Next Post

प्रकृतिमा खुल्ला सङ्ग्रहालय ‘मोर्टन आर्बोरेटम’(फोटोफिचर)

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
प्रकृतिमा खुल्ला सङ्ग्रहालय ‘मोर्टन आर्बोरेटम’(फोटोफिचर)

प्रकृतिमा खुल्ला सङ्ग्रहालय ‘मोर्टन आर्बोरेटम’(फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In