• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

    रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज धान्य पूर्णिमा, योमरी पुन्हि, उधौली पर्व

by
३० मंसिर २०८१,
0
आज धान्य पूर्णिमा, योमरी पुन्हि, उधौली पर्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। सनातन धर्मावलम्बीमाझ यो पूर्णिमा धान्य पूर्णिमाका रूपमा परिचित छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ।

नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा (गोठधुप) गर्ने चलन छ। गोठ सफासुग्घर गरी गाईबस्तुको पूजा गरिन्छ।

कतिपय समुदायमा यो दिन  कुलदेवताको पूजा गर्ने चलन छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ। कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ।

नयाँ चामलबाट बनेको खीर, चामलको पिठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा  छ। कतिपय स्थानमा कुलदेवताका पूजामा पशुबलि पनि दिइन्छ।

नेवार समुदामा योमरी पुन्हि

नेवार समुदायमा ‘थिन्ला पुन्हि’ वा ‘योमरी पुन्हि’का रूपमा यो पर्वको महत्त्व छ। अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ।

किरात समुदायमा उधौली

किरात समुदायका कतिपय जातजातिमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन छ। उधौली किरात समुदायको मुख्य चाड हो। अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वको महत्त्व छ।

बिहान सबेरै भूमिपूजा गरी आ-आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले मंसिर पूर्णिमामा उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् ।

अन्य जातिमा मंसिरे पूर्णिमा

लिम्बू जातिमा बाली भित्र्याएपछिको न्वागी खाने पर्वको रूपमा मंसिरे पूर्णिमा मनाइन्छ। लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर मनाउँछन्।

गुरुङले सिमेभूमेको पूजा गर्ने न्वागी खान्छन्। पूर्वका थारूहरूले नेमान गर्ने, आगनको ध्वजा फेर्ने गर्छन्। यस्तै यसै दिन छोराको ‘वर्तमन’ गर्ने चलन पनि छ। धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चढाउँछन् र ‘नेमान’मा पूजा गर्छन्।

देशका अधिकांश जाति समुदायको महत्त्वपूर्ण पर्व पर्ने भएकाले नेपाल सरकारले यो दिन सार्वजनिक बिदा दिएको छ।

Previous Post

देशभरको मौसम सफा रहने

Next Post

एक खेल अगावै शीर्ष स्थानमा पुग्ने सुदूरको दाउ, सान्त्वना जितको खोजीमा पोखरा

सम्बन्धित खबर

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित
आवाज

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

१० असार २०८३,
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु
समाचार

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

१० असार २०८३,
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
समाचार

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

१० असार २०८३,
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
समाचार

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

१० असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

१० असार २०८३,
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
समाचार

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

१० असार २०८३,
Load More
Next Post
एक खेल अगावै शीर्ष स्थानमा पुग्ने सुदूरको दाउ, सान्त्वना जितको खोजीमा पोखरा

एक खेल अगावै शीर्ष स्थानमा पुग्ने सुदूरको दाउ, सान्त्वना जितको खोजीमा पोखरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In