• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कष्टकर बन्दै विपद्पीडितको जीवनशैली

by
२६ मंसिर २०८१,
0
कष्टकर बन्दै विपद्पीडितको जीवनशैली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । काभ्रे बेथानचोक गाउँपालिका–३ पानटेखोलाका फडिन्द्रप्रसाद तिमल्सिनाले गत असोज दोस्रो साता घर बगाएपछि छिमेकीको शरणमा बसेको अढाई महिना भइसक्यो । घरमा भएको १० मुरी मकै, १० मुरी तोरी र रु ३२ हजार नगदसहित एकतले पक्की घर बाढीले बगाएपछि आफूसहित पाँच जनाको परिवारसहित छमेकीको घरमा बस्दै आएका छन् । ‘छिमेकीको घरमा दुई परिवार बस्न निकै कठिनाई छ, छाप्रो हालेर बसौँ जाडो बढेको बढ्यै छ, घर बनाउन सक्ने क्षमता छैन, बनाउन पनि कहाँ बनाउने घर बगाएको स्थानमा बनाउन हुन्छ कि, हुन्न कसैले हेरिदिएका छैनन्’, तिमल्सिनाले भने ।

तिमल्सिनाले जाडोकै कारण पाल हालेर घर बगेकै ठाउँमा बस्न नसकिएकाले एक दुई महिना शरणमै बस्नुपर्ने बाध्यता रहेको सुनाए । सोही गाउँपालिका–३ मा घर बगाउँदा श्रीमती र एक छोरा गुमाएका भीमबहादुर शङ्कर पनि त्यस घटनायता आफन्तकोमा बस्दै आएका छन् । ‘ठूली छोरी पढ्न काठमाडौँ बस्छिन्, म काममा हेटौँडा थिएँ, यता घर बगाउँदा सुतिरहेका श्रीमती र छोराको ज्यान गयो, अहिले म आफन्तकोमा बसिरहेको छु, पीडामा त छु नै बासको ब्यवस्थापन गर्न नसक्दा झप चिन्ताले सताइरहेको छ’, शङ्करले भने ।

बाढी, पहिरोले परिवार भत्किएको घटना सम्झिएर उनी भक्कानिँदै बोल्न नसक्ने भए । उता पहिरोले घर पुर्दा एक छोरा र एक छोरी गुमाएका रोशी गाउँपालिका–२ का रुपबहादुर तुम्सिङको ब्यथा शङ्करको भन्दा फरक छैन । भएका दुई छोराछोरी गुमाएका तुम्सिङ श्रीमतीसहित आफन्तकोमा बस्दै आएका छन् । उनी भन्छन्, ‘अढाई महिना भयो घटना भएको पनि । सन्तान वियोगको पीडा असह्य हुने रहेछ । बसेको र सुतेको कुनै पत्ता पाइरहेको छैन ।’ मृतकको नाममा आएको रु तीन लाखले बासको व्यवस्थापन गर्न नसक्दा दुःख पाइरहेको उनी गुनासो गर्छन् ।

गत असोज दोस्रो साताको बाढी, पहिरोले घरबारविहीन अवस्थामा पुगेको काभ्रेपलाञ्चोकमा हजारौँ परिवार छन् । घरसहित परिवारका सदस्य गुमाएको पनि ७९ परिवार छन् । जो अढाई महिनादेखि छिमेक तथा आफन्तको शरणमा गुजारा गरिरहेका छन् । केही स्थानमा पीडित परिवार पालकै भरमा दिन काटिरहेका छन्। घर, बारी बगाएर बजाडिएको बस्ती तथा बगाएको खेतको नामोनिशान नहुँदा कतिपय परिवार बिक्षिप्त अवस्था भेटिन्छन् । जिल्लाको दक्षिणी क्षेत्रस्थित बेथानचोक र रोशी गाउँपालिका तथा पनौती नगरपालिकामा बाढी, पहिरो पीडित जाडोको समयमा कष्टकर जीवन बिताउन बाध्य छन् ।

बेथानाचोक–३ का बाढीपहिरो प्रभावित स्थानीयवासीले यही मङ्सिर १० गते सुरक्षित बासस्थानसहितको माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । पाँच बुँदे ज्ञापनपत्रमार्फत विनासकारी बाढी, पहिरोले दुई जनाको मृत्यु भएकाले उनीहरूको परिवारलाई उपयुक्त घरबासको प्रबन्ध गर्न माग समेत गरेका छन् । अझ भूगर्भविद्को प्राविधिक अध्ययन गराएर स्थायीरुपमा पहिरो नियन्त्रणको व्यवस्था गर्नुपर्ने र बालीनाली लगाउन नहुने गरी पहिरोले पुरिएको बारीलाई पूर्व अवस्थामा ल्याउन गाउँपालिकाबाट सहयोगको व्यवस्था गर्न मागसहितको ज्ञापनपत्र गाउँपालिका अध्यक्ष भगवान अधिकारीलाई बुझाइएको छ । साथै, पीडितले तत्काल जाडोबाट बच्न बसोबास तथा स्थायी पुनर्बासमा समेत पहल गरिदिन आग्रह पनि गरे ।

गत असोजको दोस्रो साताको भीषण वर्षपछिको बाढी, पहिरोमा परी जिल्लामा ७९ जनाको मृत्यु भएको छ भने छ जना अझै वेपत्ताको अवस्थामा रहेका छन् भने सयौँ परिवार घरबारविहीन बन्न पुगे । ज्यान गुमाउनेको परिवारले सरकारद्वारा प्रदान गरिएको राहत–रकम पाए भने जिल्लाका हजारौँ पीडित परिवार अझै राहतको पर्खाइमा छन् । स्थानीय तहले असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी, पहिरोले पुर्‍याएको जनधनको क्षतिको एकीन विवरण तयार नगर्दा सरकारले दिन लागेको अल्पकालीन राहत–रकम प्रदान गर्न सकिएको छैन ।

जिल्ला विपद् व्यवस्थापन समितिले गत कात्तिक अन्तिमसाता नै बाढी, पहिरोले जनधनको क्षति पुर्‍याएकोबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिए पनि त्यसको कार्यान्वयन भएपछि समितिले मंसिर तेस्रो साता पुनः १० दिनको समयसीमा दिएको छ । समितिले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिँदै क्षतिको पूर्ण विवरण उपलब्ध नगराउँदा तत्कालीन राहत तथा पुनर्बासका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमार्फत आउने सरकारी राहत उपलब्ध गराउन नसकिएको जनाएको थियो ।

प्रधिकरणको वेभसाइटमा क्षतिको पूर्ण विवरण प्रविष्ट गरी जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद् ब्यवस्थापन समितिमा विवरण बुझाउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । उनका अनुसार स्थानीय तहले उक्त विवरण पठाइसकेपछि मात्रै राहत तथा पुनर्बासको कार्यक्रम शुरु हुनेछ । जाडोयाम शुरु भइसकेकाले बाढी, पहिरो पिडीतलाई थप कष्ट हुने भएकाले तत्काल क्षतिको विवरण पठाउन भनिएको पौडेलले बताए।

समितिको पटक–पटकको बैठकले विपद् पीडित उद्दार र राहतसम्बन्धी (साताै‌ संशोधन) मापदण्ड २०७७ बमोजिम विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न–बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्नसमेत नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्मको हकमा रु १५ हजार र सोभन्दा बढी सदस्य भएको हकमा रु २० हजारका दरले नगद जिल्ला विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिसकिएको छ ।

समितिद्वारा अस्थायी आवास निर्माणका लागि रु ५० हजार उपलब्ध गराउने मापदण्डअनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको छ । ‘स्थानीय तहलाई क्षतिको पूर्ण विवरण उपलब्ध गराउन पटकपटक अनुरोधसहित पत्राचार गरेका थियौँ, नआएपछि पुनः मङसिर २० गते १० दिनको समयसीमा दिएका छौं’, पौडेलले भने । उनका अनुसार सरकारले प्रारम्भिक क्षतिका आधारमा बर्गीकरण गरी पठाएको स्थानीय तहस्तरको अनुदान भने कार्यालयले गत कात्तिक १४ गते नै पठाइसकिएको थियो । प्राधिकरणको पत्रसहित नेपाल सरकारबाट सङ्कटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहलाई रकम उपलब्ध गराइएको हो ।

यसैबीच गत असोज दोस्रो साताको बाढी, पहिरोमा वेपत्ता भएकाको परिवारलाई मृतक सरह राहत दिइने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिले जिल्लामा बेपत्ता छ जनाको परिवारलाई राहत दिइने जनाइएको हो । २०८१ असार ३१ गते मन्त्रिपरिषद्को बैठकमा बाढी, पहिरोमा बेपत्ता भई १० दिनसम्म पनि फेला पर्न नसकेका तर यकिन भएकाको हकमा मृत्यु भएसरह राहत उपलब्ध गराउने निर्णयअनुसार समितिले जिल्लाका वेपत्ताको परिवारलाई सो राहत दिने निर्णय गरेको हो ।

समितिका अनुसार बाढी, पहिरोको घटनामा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ को छ वर्षीया अप्रिया तामाङ र तीन वर्षीया प्रिया तामाङ, चौंरीदेउराली गाउँपालिका–६ को ४० वर्षीया शान्ता रिमाल, धुलिखेल नगरपालिका–८ को ४२ बर्षिया गीता श्रेष्ठ, बेथान्चोक गाउँपालिका–४ को ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ को देवीमाया स्याङ्गतान रहेका छन् ।

वेपत्ताका परिवारलाई प्रतिमृतक रु दुई लाखका दरले सङ्घीय सरकार तथा प्रदेश सरकारसमेत राहत दिइने निर्णय गरिएको समितिको संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बाढी, पहिरोबाट जिल्लाका ७९ जनाको मृत्यु भएको थियो । समितिले जाडोको मौसम शुरु भइसकेकाले बाढी पीडितका लागि न्यानो कपडालगायतका सामग्री उपलब्ध गराउने समेत निर्णय गरेको थियो । जिल्लाको ११ स्थानीय तहमा रु नौ करोड २५ लाख अनुदान उपलब्ध गराइएको जनाएको छ । यस्तै केन्द्रीय सरकारका तर्फबाट ज्यान गुमाएका परिवारलाई यसअघि नै प्राप्त रु दुई लाखका दरले रकम उपलब्ध गराइसकिएको जिल्ला प्रशासन कार्यालले जनाएको छ ।

यसैबीच नमोबुद्ध नगरपालिकाको आठ सय ४५ बाढी, पहिरो पीडितलाई संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)द्वारा प्राप्त सहयोग रकमबाट राहत विरतण गरिएको छ । प्रभावित परिवारलाई युनिसेफले नगरलाई एकमुष्ठ रुपमा उपलब्ध गराएको रु एक करोड ५० लाख ४० हजार पाँच सयबाट नगरले वडागत रुपमा पीडित परिवारलाई प्रदान गरेको हो । नगर प्रमुख कुन्साङ लामाले युनिसेफबाट प्राप्त आर्थिक सहयोगबाट सबै वडाका विपद् प्रभावितलाई राहत–रकम प्रदान गरिएको बताए । नगरका चार सय ५३ प्रतिपरिवारले रु १५ हजार तथा तीन सय ९२ परिवारले रु २० हजारका दरले राहत–रकम पाएका हुन् । युनिसेफबाट राहत रकम प्राप्त गर्ने परिवारले सङ्घीय सरकारबाट घोषित अल्पकालीन राहत भने पाउने छैनन्।

बाढी, पहिरोबाट नगरका पाँच सय ३० घर पूर्ण तथा तीन सय १५ घर आंशिक रुपमा क्षति भएको जनाइएको छ । नगरका अनुसार बाढी, पहिरोबाट तीन हजार तीन सय ८५ जना प्रभावित भएको जनाइएको छ । यस्तै बाढी, पहिरोले नगरको एक विद्यालय पूर्ण तथा ४७ विद्यालयमा आंशिक क्षति पुगेको छ भने एक सय १९ खानेपानी आयोजनामा क्षति पुगेको छ । युनिसेफले यसअघि काभे्रपलाञ्चोककै बेथानचोक गाउँपालिकाको दुई वटा वडाका दुई सय ६९ परिवारलाई राहत–रकम प्रदान गरेको थियो भने केही दिनभित्र मण्डनदेउपुर नगरका करिब नौ सय परिवारलाई उक्त राहत–रकम प्रदान गर्ने जनाएको छ ।

विशेष गरी ठूलो क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिका खोज, उद्धार तथा राहत ब्यवस्थापनपछि पुनर्बास एवं आवास निर्माणका लागि यकिन तथ्याङ्क सङ्कलन कार्यमा लागेको जनाएका छन् । कृषि–पशु, शिक्षा, सडक, सञ्चार तथा विद्यत्का क्षेत्रमा क्षति पुर्‍याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको हो । घटनाको दुई महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुन सकेको छैन । जिल्लाको बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई नेपाल सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

जिल्लाका १३ स्थानीय तहमा कुन स्थानीय तहमा कति क्षति भयो भन्ने आधिकारिक विवरण जिल्लास्थित कुनै पनि सरकारी निकायसँग छैन । जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार आठ सय ४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै तीन हजारदेखि ३५ सय घर पुनर्निर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।

तीन दर्जन सरकारी भवन तथा साही संख्यामा सार्वजनिक भवन पूर्णरुपमा क्षति भएको जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले भने बाढी, पहिरोले पुर्‍याएको जनधनको यकिन विवरण नबुझाएकाले सरकारद्वारा तत्कालीन राहत तथा पुनर्बासका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आउने सरकारी राहत उपलब्ध गराउन नसकिएको जनाएको छ ।

यसैबीच विपद् व्यवस्थापनका लागि जिल्लाका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट विशेष अधिवेशनको आयोजना गरी संशोधन थालेका छन् । गत असोज दोस्रो साताको बाढी, पहिरोका कारण जिल्लामा जनधनको ठूलो क्षति भएपछि राहत तथा पुनर्बासका लागि यहाँका स्थानीय तहले बिनियोजत बजेट कटौती गर्न थालेका हुन् । हालसम्म जिल्लास्थित रोशी र बेथानचोक गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि चालु आवको बजेट संशोधन गरी विपद् कोषमा बजेट व्यवस्थापन गरेका छन् ।

जाडोयाम शुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढी, पहिरो प्रभावितलाई थप राहात प्रदान गर्न गाउँसभाको विशेष अधिवेशनले छुट्टै बजेट ब्यवस्थापन गरेको जनाइएका छन् । बेथानचोक गाउँपालिकाले विशेष गाउँ अधिवेशनको आह्वान गरी चालु आवमा बिनियोजित रु रु ६४ करोड १२ लाख बजेटमा रु नौ करोड ३१ लख ८७ हजार कटौती गरी विपद् ब्यवस्थापन कोषका लागि छुट्याएको छ ।

यस्तै रोशी गाउँपालिकाको १५औं अधिवेशनले बाढी, पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि चालु आवको योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् व्यवस्थापन गर्न गत कात्तिक ३० गते नै निर्णय गरेको छ । गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छ भने विपद् कोष रु दुई करोड ८० लाखको बनाएको छ ।

Previous Post

२०७९ सालमा बनिसक्नुपर्ने नारायणघाट–बुटवल सडकखण्डको काम मंसिरमा पुनः शुरु

Next Post

यस्तो शहर, जहाँ कहिल्यै १२ बज्दैन

सम्बन्धित खबर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
Load More
Next Post
यस्तो शहर, जहाँ कहिल्यै १२ बज्दैन

यस्तो शहर, जहाँ कहिल्यै १२ बज्दैन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In