• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धौलागिरिका घुम्ती गोठ सङ्कटमा

    धौलागिरिका घुम्ती गोठ सङ्कटमा

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

metakhabar by metakhabar
३ चैत्र २०८२,
0
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पाकिस्तानले आइतबार दक्षिणी अफगानिस्तानका केही सैन्य संरचना र आफूले ‘आतङ्कवादी लुकेका स्थान’ भनेका क्षेत्रहरूमा हवाई आक्रमण गरेको जनाएको छ । दुई देशबिच बढ्दो तनावको बीचमा पाकिस्तानले उक्त कारबाही गरेको हो ।

सुरक्षा स्रोतका अनुसार अफगानिस्तानको कान्दाहारमा तालिबान प्रशासनका सर्वोच्च नेता हिबतुल्ला अखुन्दजादाको घर नजिकैको प्राविधिक सहयोग र उपकरण भण्डारण स्थललाई पाकिस्तानी सेनाले लक्षित गरी नष्ट गरेको बताइएको छ । स्रोतहरूले उक्त स्थललाई सैन्य गतिविधिसँग सम्बन्धित पूर्वाधार भएको उल्लेख गरेका छन् ।

पाकिस्तानी पक्षले अर्को आक्रमण कान्दाहारमा रहेको एउटा सुरुङमा केन्द्रित रहेको दाबी गरेको छ । उक्त सुरुङ अफगान तालिबान र पाकिस्तानविरुद्ध सक्रिय लडाकू समूहले प्रयोग गर्ने गरेको आरोप पाकिस्तानले लगाएको छ ।

कान्दाहारका स्थानीय बासिन्दाहरूले आक्रमणका क्रममा आकाशमा लडाकू विमान उडिरहेको देखिएको र राति विस्फोटको आवाज सुनेको बताएका छन् । एक स्थानीयले भने, “सैन्य विमानहरू पहाडमाथि उडे, त्यसपछि विस्फोट भयो र आगो बलिरहेको देखियो ।”

कान्दाहारको दक्षिणपूर्वमा पर्ने स्पिन बोल्डक क्षेत्रमा पनि हवाई आक्रमणको आवाज सुनिएको बासिन्दाहरूले बताएका छन् । त्यस्तै पूर्वी सीमावर्ती प्रान्त खोस्तमा शनिबार राति झडप भएको अधिकारीहरूले बताए ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार उक्त आक्रमणले कान्दाहारस्थित लागुऔषध पुनर्स्थापना केन्द्र र खाली कन्टेनरहरूमा केही क्षति पुर्याएको छ । उनले भने, “पाकिस्तानले लक्षित गरेको स्थलहरू यी दुई ठाउँबाट धेरै टाढा छन् ।”

यसअघि पाकिस्तानले अफगानिस्तानबाट गरिएको भनिएको मानवविहीन विमान आक्रमणलाई विफल पारेको दाबी गरेको थियो । उक्त आक्रमण शुक्रबार राति रोकिएको बताइएको छ । अधिकारीहरूका अनुसार राजधानी इस्लामाबाद नजिकै रावलपिन्डीमा रहेको पाकिस्तानी सैन्य मुख्यालयसहित कम्तीमा तीन स्थानलाई लक्षित गरी आक्रमण प्रयास गरिएको थियो ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीको कार्यालयले अफगान तालिबानले सर्वसाधारणलाई लक्षित गरेर ‘रेड लाइन पार गरेको’ आरोप लगाउँदै त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ ।

पाकिस्तानमा भएका आक्रमणपछि इस्लामवादी चरमपन्थी समूहहरूलाई लक्षित गर्दै गत महिनादेखि पाकिस्तानले अफगानिस्तानविरुद्ध सैन्य कारबाही सुरु गरेको हो । तर तालिबान सरकारले भने अफगान भूमिबाट कुनै आतङ्कवादी गतिविधि सञ्चालन भएको वा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरेको छ । पाकिस्तानले भने आफ्नो कारबाही सर्वसाधारणलाई लक्षित नगरेको दाबी गरेको छ ।

हालका हप्ताहरूमा सीमा क्षेत्रमा बारम्बार झडपहरू भइरहेका छन् । यसले व्यापारमा अवरोध सिर्जना गरेको छ र नजिकका बासिन्दाहरूलाई आफ्नो घर छोड्न बाध्य बनाएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसनले सार्वजनिक गरेको विवरणअनुसार फेब्रुअरी २६ यता भएका झडपहरूमा कम्तीमा ७५ जना सर्वसाधारणको मृत्यु भएको छ भने १९३ जना घाइते भएका छन् ।

Previous Post

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

Next Post

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

metakhabar

metakhabar

सम्बन्धित खबर

धौलागिरिका घुम्ती गोठ सङ्कटमा
आर्थिक

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

४ असार २०८३,
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
आवाज

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

४ असार २०८३,
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
Load More
Next Post
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In