• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राज्यको स्वीकृतिविना दाताबाट सहयोग ल्याउदै स्थानीय प्रतिनिधि संस्था

by
२३ मंसिर २०८१,
0
राज्यको स्वीकृतिविना दाताबाट सहयोग ल्याउदै स्थानीय प्रतिनिधि संस्था
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुनै पनि सामाजिक संघसंस्थाले दातृ निकायबाट आर्थिक वा जिन्सी सहयोग लिँदा नेपाल सरकारले तोकेको निकायबाट अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । तर, स्थानीय सरकारका जनप्रतिनिधिका संस्था नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले भने राज्यका कुनै पनि निकायबाट स्वीकृति नै नलिई दातृ निकायबाट भटाभट आर्थिक सहयोग लिएर खर्च गर्ने गरेका छन् ।

६ महानगर र १२ उपमहानगरपालिकासहित मुलुकभर २९३ नगरपालिका छन् । उनीहरू आबद्ध नगरपालिका संघ छ । त्यस्तै, मुलुकभरका ४६० गाउँपालिकाको सहकार्यमा गठित गाउँपालिका राष्ट्रिय महासंघ छ । यी दुई संस्थाले जनवरीयता (करिब एक वर्षमा) मात्रै दातृ निकायबाट सवा ११ अर्ब सहयोग (उपलब्ध गराएको मात्र) लिएका छन् । राज्यका कुनै पनि निकायको अनुमतिबेगर लिएको यो रकममध्ये साढे आठ करोड खर्चसमेत गरिसकेका छन् ।

नगरपालिका संघले यो वर्ष (अंग्रेजी वर्ष) सात करोड ७९ लाख ९४ हजार २२३ रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेको छ । जसमध्ये पाँच करोड २४ लाख १३ हजार २८१ रुपैयाँ खर्च गरिसकेको छ । संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले दातृ निकायबाट आर्थिक सहयोग लिँदा सरकारको कुनै पनि निकायबाट स्वीकृति नलिएको र लिनुपर्ने आवश्यकता पनि नरहेको बताए । उनले भने, ‘नगरपालिका संघले प्रत्येक वर्ष दातृ निकायबाट आर्थिक सहयोग लिने गर्छ । सहयोग लिँदा संघले सरकारको निकायबाट स्वीकृत लिनुपर्ने जरुरी छैन । किनकि यो अन्य संघसंस्थाजस्तो होइन, राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत दर्ता भएको संस्था हो ।’

तर, नियमित कार्यक्रम सञ्चालनका लागि संघले जारी गरेको नेपाल नगरपालिका संघ (पहिलो संशोधन) विधान, २०७७ मा विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सहयोग प्राप्त गर्नुअघि अनिवार्य रूपमा नेपाल सरकारको अनुमति लिनुपर्ने व्यवस्था छ । उक्त विधानको दफा २१ मा भनिएको छ, ‘विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सहयोग प्राप्त गर्नुअघि संघले नेपाल सरकार अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्नेछ ।’ तर, संघले कुनै पनि दातृ निकायबाट आर्थिक सहयोग लिनुअघि हालसम्म अर्थ मन्त्रालयको स्वीकृति लिएको छैन । संघका अध्यक्ष ढुंगाना भने दातृ निकायले नै अर्थ मन्त्रालयसँग सहयोग गर्न स्वीकृत लिएको हुनाले संघले लिनुनपर्ने तर्क गर्छन् । उनी भन्छन्, ‘दातृ निकायले नै सहयोग गर्न अर्थ मन्त्रालयसँग पहिल्यै स्वीकृति लिएका हुन्छन् । त्यसैले हामीले लिइराख्नुपर्ने जरुरी छैन । हामी अन्य संघसंस्थाजस्तो होइन ।’

नगरपालिका संघजस्तै गाउँपालिका महासंघले पनि सरकारको कुनै पनि नियकाबाट स्वीकृति नलिई यो वर्ष तीन करोड ५५ लाख ३३ हजार १८९ रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेको छ । जसमध्ये तीन करोड २३ लाख ५३ हजार ८६४ रुपैयाँ खर्च गरिसकेको जनाएको छ । महासंघका महासचिव खिमबहादुर थापाले दातृ निकायबाट रकम लिएको, तर सरकारको कुनै पनि निकायबाट हालसम्म स्वीकृति नलिएको स्वीकार गरे । उनले भने, ‘महासंघले विभिन्न दातृ निकायबाट आर्थिक सहयोग प्राप्त गर्छ । त्यस्ता रकम प्राप्त गर्नुअघि महासंघले सरकारको कुनै पनि निकायबाट स्वीकृत लिएको छैन । लिनु आवश्यक पनि छैन । किनभने महासंघ समाज कल्याण ऐनअन्तर्गत दर्ता भएको संस्था होइन । जुन जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ । स्वीकृति लिनुपर्ने उनीहरूले हो । हामीले होइन ।’

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले कुनै पनि संघसंस्थाले दातृ निकायबाट आर्थिक सहयोग लिँदा सरकारले तोकेको निकायबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताए ।

नगरपालिका संघ र गाउँपालिका महासंघले विनास्वीकृति लिएका अधिकांश आर्थिक सहायता गोष्ठी, नीति–निर्माण र सेमिनारमा खर्च गर्ने गरेका छन् । जस्तैः द एसिया फाउन्डेसनले नगरपालिका संघलाई ०२३ मार्चदेखि ०२४ डिसेम्बरसम्मका लागि ८५ लाख ४६ हजार ४४२ रुपैयाँ आर्थिक सहायता दिएको छ । यो रकम क्षमतावृद्धि, रणनीति निर्माण, वार्षिक योजना निर्माण, गोष्ठीलगायतमा खर्च भएको छ । त्यसमध्ये पनि अधिकांश रकम सुशासनका निम्ति क्षमता विकासमा खर्च हुन्छ ।

संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले भने, ‘दातृ निकायबाट प्राप्त रकम क्षमतावृद्धि, रणनीति निर्माण, वार्षिक योजना निर्माणलगायतमा खर्च हुने गरेको छ । केही रकम विकास निर्माणमा पनि खर्च हुन्छ ।’

फाउन्डेसनले गाउँपालिका महासंघलाई पनि सोही अवधिमा दुईपटक गरी एक करोड ४२ लाख ३३ हजार ५८६ आर्थिक सहयोग गर्‍यो । उक्त रकम पनि विचार गोष्ठी, सेमिनार, नीति तथा योजना निर्माणमै खर्च भयो । महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेले दातृ निकायबाट प्राप्त अधिकांश रकम सुशासनमा क्षमता विकास गर्ने उद्देश्यले खर्च हुने बताइन् । रोचक त के भने स्थानीय सरकारलाई सुशासनका निम्ति नीति निर्माणमा क्षमता अभिवृद्धि गर्न आर्थिक सहायता दिने एसिया फाउन्डेसन आफैँले भने विनास्वीकृति परियोजना सञ्चालन गर्दै आएको छ ।यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

Previous Post

मह बेचेर एक याममा १२ लाख आर्जन

Next Post

‘बेत्रावती सन्धि’स्थलको संरक्षण थालियो

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
‘बेत्रावती सन्धि’स्थलको संरक्षण थालियो

‘बेत्रावती सन्धि’स्थलको संरक्षण थालियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In