• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रथम राष्ट्रिय बाँस सम्मेलन : राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार

by
२२ मंसिर २०८१,
0
प्रथम राष्ट्रिय बाँस सम्मेलन : राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ । नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन १५ देखि १७ गतेसम्म दिक्तेल बजारमा आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन-२०८१’को अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभाका सभामुखलाई एक–एक थान बाँसको कुर्सी उपहार दिने तयारी गरिएको हो ।

बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न/गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। “उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सी उपहार दिने भनेर कार्यपालिका बैठकले निर्णय गरिसकेका छौँ । निर्णयको प्रतिलिपिसहितको जानकारीपत्र राष्ट्रपतिसहित सबै उच्च पदस्थ व्यक्तिलाई पठाइसक्यौँ । उपहार दिने कुर्सी यही मङ्सिर २८ गतेदेखि वडा नं ६ नेर्पामा बनाउन सुरु गरिनेछ”, उनले भने, “उच्च पदस्थ व्यक्तिलाई उपहार दिने भनेपछि कुर्सी बनाउने क्रममा सुरक्षा संवेदनशीलता तथा कुनै कानूनी समस्या आउन सक्छ । त्यसका लागि सुरक्षा संयन्त्र परिचालन गरी सहजीकरण गर्ने वातावरण मिलाई दिन सम्बन्धित निकायमा अनुरोधसमेत गरेका छौँ ।”

प्रत्येक वडाबाट बाँससँग काम गर्ने १५ जना विज्ञ व्यक्तिहरू वडाले छनोट गर्ने र नगरबाट प्रोत्साहित गरेर छनोट भएका व्यक्तिहरूले सम्मेलनमा प्रदर्शनी गर्न र उच्च पदस्थ व्यक्तिहरूलाई उपहार दिने बाँसको कुर्सी बनाउने जनाइएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’मा उपयोगविहीन बाँसको संरक्षण, व्यवस्थापन, दिगो उपयोग र उद्यमशीलता विकास गरी पर्यावरण संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गर्दै समृद्ध नगरपालिका र राष्ट्र बनाउने उद्देश्य राखिएको नगर उपप्रमुख विशन राईले जानकारी दिए ।

राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाका वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन समितिका संयोजक एवम् वडा नं १० पाथेकाका वडाध्यक्ष मुगाधन राईको संयोजकत्वमा स्थानीय समितिसमेत गठन गरिएको छ । गत कात्तिक पहिलो साता नै आयोजना गर्ने भनिएको प्रथम राष्ट्रिय बाँस सम्मेलन सोही अवधिमा देशभर आएको भीषण वर्षा तथा बाढी पहिरोका कारण रोकिएकाले आगामी फागुन दोस्रो सात सम्पन्न गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वटा वडा भएको) दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले यसअघिबाटै बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्रीको प्रवर्द्धन गर्दै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने नगरपालिकाले बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री तथा उद्योगलाई प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएपछि बाँसका सामग्री उत्पादन गर्ने उद्योगहरूसमेत वृद्धि हुँदै गएको छ ।

बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवम् उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका स्थानीय बासिन्दा एवम् उद्यमीले उत्पादन गरेका बाँसका विभिन्न प्रकारका घरेलु सामग्री दिक्तेलस्थित शपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ ।

नगर प्रमुख भट्टराई र उपप्रमुख राईले आफ्नो कार्यकक्षमा स्थानीयस्तरमा उत्पादन गरिएका बाँसकै फर्निचर प्रयोग गरेका छन्। अघिल्लो नगर सरकारका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले प्रयोग गरेको आयातित फर्निचर हटाएर नगरप्रमुख भट्टराई र उपप्रमुख राईले स्थानीय बासिन्दा एवम् उद्यमीले स्थानीयस्तरमै उत्पादन गरेका बाँसका फर्निचर खरिद गरेर प्रयोग गरेका हुन् ।

नगरभित्र अत्यधिक मात्रामा मलीबाँस, ढुङ्ग्रो र भालु बाँससहित चोया बाँस, वन बाँस, करौँती बाँस, मालिङ्गो बाँस, सिगानो बाँस, निगालो बाँस, मुक्तियालीलगायत १३ किसिमका बाँस पाइन्छन् । पूर्वी पहाडी जिल्ला खोटाङमा पशुपालनका लागि घाँस, घरेलु सामग्री निर्माण तथा सांस्कृतिक काममा समेत बाँस उपयोग गरिँदै आइएको छ ।

बाँसको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष केपी भट्टराईको पहलमा गत जेठमा काठमाडौँमा भएको सरोकारवाला व्यक्तिहरूको भेलाले दिक्तेल बजारमा पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन गर्ने निर्णय गरेको थियो । सम्मलेलनका लागि वन, वातावरण तथा प्रविधि मन्त्रालयका पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा समिति गठन गरिएको छ ।

Previous Post

भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास

Next Post

प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी वातावरण बनेको सन्देश दिन सफल भएको छ: अध्यक्ष ढकाल

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी वातावरण बनेको सन्देश दिन सफल भएको छ: अध्यक्ष ढकाल

प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी वातावरण बनेको सन्देश दिन सफल भएको छ: अध्यक्ष ढकाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In