• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

metakhabar by metakhabar
२९ साउन २०८३,
0
आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसरसुदूरपश्चिम, २९ साउनः बिहानको पहिलो घाम चुरेका डाँडामाथि फैलिएको छ । तल कर्णाली नदीको नीलो घुम्ती, छेवैमा बर्दियाको घना जङ्गल र टाढासम्म देखिने कैलालीको समथर भूभाग । पाइलटले हावाको दिशा नियाल्दै प्याराग्लाइडरको ‘क्यानोपी’ फुकाउँछ । केही सेकेन्डमै ऊ जमिनबाट छुट्टिएर आकाशतिर उक्लिन्छ । तलका गाउँहरू साना बिन्दुमा बदलिन्छन् । कर्णाली नदी चाँदीको धर्सो झैँ देखिन्छ । नदीले बनाएका टापु, चुरेका हरिया डाँडा, थारू बस्ती र तराईका फाँट आँखैअगाडि फैलिन्छन् ।

यो दृश्य हाल कल्पनामा मात्र सीमित छ तर कैलालीको राजकाँडा–डुडेझारी क्षेत्रमा गरिएको पूर्वसम्भाव्यता अध्ययनले यही कल्पनालाई व्यावहारिक सम्भावनाका रूपमा अघि सारेको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको उक्त अध्ययनले यहाँ प्याराग्लाइडिङ सञ्चालनका लागि भौगोलिक, प्राविधिक, मौसम, वातावरणीय तथा पर्यटनका आधार रहेको निष्कर्ष निकाल्दै सम्भावित उडान र अवतरण क्षेत्रसमेत पहिचान गरेको छ ।

अध्ययनले प्याराग्लाइडिङलाई एउटा साहसिक खेलका रूपमा मात्र नभई निर्माणाधीन जाल्पादेवी केबुलकार, कर्णाली नदी, चिसापानी, टीकापुर पार्क, थारू संस्कृति, होमस्टे र बर्दिया राष्ट्रिय निकुञ्जलगायत गन्तव्यसँग जोड्नसके कर्णालीवारी नयाँ पर्यटन ‘सर्किट’ निर्माण गर्न सकिने सम्भावना औँल्याएको छ ।

अध्ययनले देखाएको आकाश
प्याराग्लाइडिङका लागि आकाश मात्र पर्याप्त हुँदैन । भूगोल, हावाको अवस्था, उडान दूरी, ‘टेकअफ–ल्यान्डिङ’ क्षेत्र र सुरक्षा सबैको संयोजन आवश्यक हुन्छ । यही आधारमा गरिएको अध्ययनले कैलालीको राजकाँडा–डुडेझारी क्षेत्रलाई सम्भावनायुक्त देखाएको हो ।

अध्ययन प्रतिवेदनअनुसार मोहन्याल गाउँपालिका–७ स्थित राजकाँडाको मालिका÷जाल्पादेवी मन्दिर आसपासको भिरालो क्षेत्र वा हात्तीढुङ्गालाई सम्भावित उडान क्षेत्रका रूपमा पहिचान गरिएको छ । चुरे पहाडको टाकुरामा रहेको यो क्षेत्रमा लम्की बजारबाट कच्ची मोटरबाटो तथा चिसापानीबाट पैदलमार्ग हुँदै पुग्न सकिन्छ । हाल चिसापानीबाट यस क्षेत्रमा पुग्ने जाल्पादेवी केबुलकार निर्माणाधीन छ ।

अवतरणका लागि लम्कीचुहा नगरपालिका–३ को डुडेझारी क्षेत्र प्रस्ताव गरिएको छ । खुला भूभाग र उडान क्षेत्रसँगको भौगोलिक अवस्थाले यहाँ प्याराग्लाइडिङका लागि आवश्यक आधार रहेको अध्ययनको निष्कर्ष छ । चुरे पर्वत र कर्णाली नदी उपत्यकाको भौगोलिक संरचनाका कारण ‘भ्याली विन्ड’, ‘रिज लिफ्ट’ र ‘थर्मल एक्टिभिटी’ जस्ता हावाका अवस्था सिर्जना हुनसक्ने देखिएको छ । तर ‘टर्बुलेन्स’, ‘रोटर इफेक्ट’ र ‘विन्ड सियर’को जोखिम रहेकाले विभिन्न मौसममा परीक्षण उडान र थप प्राविधिक अध्ययन आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ ।
अध्ययन टोली प्रमुख प्राडा प्रेम शर्मा सम्भाव्यता देखिनु र व्यावसायिक उडान सुरु हुनुबीच अझै महत्त्वपूर्ण चरण बाँकी रहेको बताउनुहुन्छ । “अध्ययनले सम्भावनाको आधार देखाएको छ । व्यावसायिक रूपमा काम अगाडि बढेमा यहाँको सम्भावना अवसरमा बदलिन सक्छ”, उहाँ भन्नुहुन्छ ।

सम्भावना केबल उडानको होइन
नेपालको पर्यटनमा हिमाल, पदयात्रा, जलयात्रा, धार्मिक तथा प्राकृतिक गन्तव्यले प्रमुख स्थान ओगटेका छन् । पोखरा क्षेत्रले प्याराग्लाइडिङलाई पर्यटनको महत्त्वपूर्ण आधार बनाइसकेको छ तर पश्चिम नेपालका धेरै प्राकृतिक सम्भावना अझै चर्चामै सीमित छन् ।

सुदूरपश्चिममा कर्णाली र महाकालीजस्ता नदी, चुरेका वन, जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदा प्रशस्त छन् । यी सबैलाई जोडेर पर्यटकको बसाइँ लम्ब्याउने साहसिक गतिविधि सञ्चालन हुन सकेका छैनन् । यही अभावबीच राजकाँडा–डुडेझारीको प्याराग्लाइडिङले नयाँ सम्भावना देखाएको अध्ययन कम्पनी सिके रिसर्च एण्ड ग्रिनरी प्रमोशन प्रालिका कार्यकारी निर्देशक छिन्दुम भोटेले बताउनुभयो ।

प्याराग्लाइडिङ पाइलट तथा ‘इन्स्ट्रक्टर’ रामप्रसाद राईका अनुसार यहाँको प्राकृतिक दृश्य आफैँमा पर्यटन उत्पादन बन्न सक्ने आधार हो । “माथिबाट हेर्दा कर्णालीको बनोट सप्तकोशी जस्तै छ । नदीले बनाएको दृश्य र डाँडावरिपरिको दृश्य निकै मनमोहक छ । त्यसलाई चिन्न सक्नुपर्छ र व्यावसायिक योजना अगाडि सार्नुपर्छ, जसले स्थानीय अर्थतन्त्रलाई एउटा महत्त्वपूर्ण आकार दिनसक्छ”, उहाँ भन्नुहुन्छ ।

प्याराग्लाइडिङको वास्तविक सम्भावना उडानपछि सुरु हुने आर्थिक गतिविधिमा देखिन्छ । पाइलट, प्रशिक्षक, गाइड र ग्राउन्ड स्टाफ प्रत्यक्ष रोजगारीका क्षेत्र हुन् । होटल, होमस्टे, यातायात, रेष्टुरेन्ट, फोटोग्राफी, हस्तकला, कृषि तथा स्थानीय उत्पादनको बजार विस्तार भने अप्रत्यक्ष लाभका क्षेत्र हुन् । “चिसापानी पर्यटनको केन्द्र बन्ने सम्भावना देख्छु । त्यसले आन्तरिक पर्यटक मात्रै होइन, छिमेकी भारतबाट पनि साहसिक पर्यटकलाई आकर्षित गर्नसक्छ । एउटा नीति तथा योजना बनाएर काम गरेमा यहाँको आकाशले रोजगारी सिर्जना र अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो निष्कर्ष हो”, अध्ययन टोलीका सदस्यसमेत रहेका राई भन्नुहुन्छ ।

मोहन्याल गाउँपालिका–७ का वडाध्यक्ष नवराज कठायत व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन भए स्थानीयस्तरमा रोजगारी र आम्दानीको नयाँ आधार बन्न सक्ने बताउनुहुन्छ । “समुदायको सहभागितामा यस योजनालाई अघि बढाउन सके मोहन्याललगायत यस क्षेत्रको सामाजिक–आर्थिक रूपान्तरणमा टेवा पुग्ने हाम्रो विश्वास छ”, उहाँ भन्नुहुन्छ ।

लम्कीचुहा नगरपालिका–३ का अध्यक्ष लबबहादुर शाही पनि प्याराग्लाइडिङलाई जल पर्यटन, केबुलकार र राष्ट्रिय निकुञ्जको सफारीसँग जोडेर समग्र पर्यटन विकासका रूपमा अघि बढाउनुपर्ने बताउनुहुन्छ । “सम्भावनाको कुरा मात्रै गरेर हुँदैन । प्रदेश सरकारले त्यसको सार्थकताका लागि बाँकी काम अघि बढाउनुपर्छ । त्यसमा स्थानीयस्तरमा सहयोग गर्न हामी तयार छौँ”, उहाँ भन्नुहुन्छ ।

उडान एउटा, गन्तव्य धेरै
राजकाँडा–डुडेझारीको प्याराग्लाइडिङको ठूलो सम्भावना यसलाई छुट्टै गतिविधिका रूपमा नभई वरपरका गन्तव्य जोड्ने पर्यटन उत्पादनका रूपमा विकास गर्नुमा देखिन्छ । राजकाँडाबाट उडान गर्दा कर्णाली नदी, चिसापानी, चुरेका वन, तराईका फाँट र बस्तीको दृश्यावलोकन गर्न सकिन्छ । त्यसमा जाल्पादेवी मन्दिर र केबुलकार, चिसापानीको ¥याफ्टिङ, कायाकिङ तथा अन्य जल पर्यटन, टीकापुर पार्क, थारू संस्कृति, होमस्टे र स्थानीय परिकार जोड्न सकिन्छ ।

पश्चिमतर्फ घोडाघोडी ताल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पर्यटन सञ्जाल विस्तार गर्न सकिने सम्भावना रहेको अध्ययन टोली प्रमुख प्राडा शर्मा बताउनुहुन्छ । “कर्णाली पुल, कर्णाली नदी, बर्दिया राष्ट्रिय निकुञ्ज, मोहना नदीका डल्फिन, थारू संस्कृति, टीकापुर पार्क, स्थानीय परिकारदेखि शुक्लाफाँटाको बाह्रसिङ्गेसम्मलाई जोडेर पर्यटकीय सञ्जाल विस्तार गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ ।

यसरी एउटा प्याराग्लाइडिङ उडान बहुदिने पर्यटन ‘प्याकेज’मा बदलिन सक्छ । पर्यटक उडेर फर्किने मात्र होइन, केबुलकार चढ्ने, मन्दिर जाने, नदीमा रमाउने, होमस्टेमा बस्ने, स्थानीय खाना खाने र स्थानीय उत्पादन खरिद गर्ने अवस्थामा पुग्न सक्छ । यसले पर्यटकको बसाइँसँगै स्थानीय बजारमा हुने खर्च पनि बढाउन सक्छ । लम्कीचुहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपककुमार तिमिल्सिना पर्यटकको बसाइँ र स्थानीय बजार विस्तार हुने भएकाले यस क्षेत्रमा निजी लगानी बढाउनुपर्ने बताउनुहुन्छ ।

केबुलकारसँगै नयाँ पर्यटन उत्पादन
राजकाँडा–डुडेझारीको प्याराग्लाइडिङ सम्भावनालाई निर्माणाधीन जाल्पादेवी केबुलकारले थप अर्थपूर्ण बनाएको छ । केबुलकार र प्याराग्लाइडिङ एउटै पर्यटन उत्पादनका दुई फरक अनुभव बन्न सक्छन्—एउटाले पर्यटकलाई पहाडको टाकुरासम्म पु¥याउने र अर्कोले त्यही उचाइबाट आकाशको यात्रा गराउने । जाल्पादेवी केबुलकार प्रालिका अध्यक्ष चन्द्रराज ढकाल सरकारले प्राविधिक तथा नीतिगत आधार तयार गरे निजी क्षेत्र सहकार्यका लागि तयार रहेको बताउनुहुन्छ । “सरकारले नीति बनाउने, निजी क्षेत्रले लगानी गर्ने र स्थानीय समुदायले अपनत्व लिने अवस्था बनेमा सम्भावनालाई अवसरमा बदल्न सकिन्छ । अहिले त्यहाँ जाने आधार तयार गर्न हामी केबुलकार निर्माणको अन्तिम चरणमा छौँ । त्यसपछि तीनै पक्ष मिलेर सम्भावित थप क्रियाकलाप गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ ।

कार्यकारी निर्देशक भोटे पनि केबुलकारसँग सहकार्य गरेर व्यावसायिक उठानका लागि काम हुन सके थोरै लगानीमा छिट्टै लाभ लिने अवस्था बन्ने बताउनुहुन्छ । “प्रदेश सरकारले नीतिगत, प्राविधिक र कानुनी आधार तयार गरिदिएमा हाल सञ्चालनमा रहेको केबुलकारसँगै सहकार्य गरेर छिटो काम हुनसक्छ । त्यसले कबुलकार चढेर गएको मान्छे, प्याराग्लाइडिङ चढेर फर्किने, जङ्गल सफारी, कर्णालीमा ¥याफ्टिङ गरेर एउटै यात्रामा मनोरञ्जन लिने अवसर छ । त्यसको उपयोग गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

अब कार्यान्वयनको पालो
सम्भाव्यता अध्ययनले आकाश देखाएको छ । निजी क्षेत्रले लगानीको इच्छा देखाएको छ । स्थानीय तहले रोजगारी र पर्यटन विकासको सम्भावना देखेका छन् । निर्माणाधीन केबुलकारले पूर्वाधारको अर्को आधार थप्दैछ, तर यी सबै सम्भावनालाई व्यावसायिक पर्यटनमा बदल्न अब कार्यान्वयनको चरण सुरु गर्नुपर्नेछ । प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख डबलबहादुर बोहराका अनुसार व्यावसायिक उडानअघि पूर्वाधार, सुरक्षा प्रणाली, मौसमसम्बन्धी थप तथ्याङ्क, परीक्षण उडान, दक्ष पाइलट, हवाई क्षेत्रसम्बन्धी स्वीकृति र आपत्कालीन व्यवस्थापन सुनिश्चित गर्नुपर्नेछ ।

विस्तृत लागत–लाभ विश्लेषण र वित्तीय प्रक्षेपणसहित थप अध्ययन पनि आवश्यक रहेको उहाँको भनाइ छ । “सुरक्षित उडानका लागि स्पष्ट नीति, ‘टेकअफ–ल्यान्डिङ’ क्षेत्र व्यवस्थापन, आपत्कालीन उद्धार प्रणाली, बीमा, हवाई क्षेत्रसम्बन्धी स्वीकृति र दक्ष जनशक्ति आवश्यक छ । यस्तै, निजी क्षेत्रसँग साझेदारीको स्पष्ट ढाँचा र स्थानीय समुदायको क्षमता विकास पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसमा थप काम गर्छौं”, उहाँले भन्नुभयो ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष तिमिल्सिना स्थानीय समुदायको जीवन र सुदूरपश्चिमको पर्यटन अर्थतन्त्रमा योगदान पुग्ने गरी निजी क्षेत्र र सरकारले आवश्यक सहकार्य गरी चाँडै पूर्वाधार निर्माण र लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । “पर्यटक आएर मात्र अर्थतन्त्र बन्दैन । पर्यटकले गर्ने खर्च स्थानीय होटल, होमस्टे, यातायात, खाना, गाइड, हस्तकला र कृषि उत्पादन हुँदै समुदायभित्र कति समय र कति तहसम्म घुम्छ भन्ने कुराले वास्तविक लाभ निर्धारण गर्छ । त्यसको तयारीका लागि पनि सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो ।

सुदूरपश्चिम लामो समयदेखि प्राकृतिक सम्भावना भएर पनि पर्यटनको मूल प्रवाहबाट टाढा रहँदै आएको छ । राजकाँडा–डुडेझारीको अध्ययनले भने कर्णालीको किनारदेखि चुरेको टाकुरासम्म पर्यटनको नयाँ सम्भावनालाई आकाशसँग जोडेको छ । अब सरकार, निजी क्षेत्र र समुदाय एउटै दिशामा अघि बढ्न सके सुदूरपश्चिमको आकाशमा उड्ने प्याराग्लाइडर केबल साहसिक पर्यटनको साधनमा सीमित हुनेछैन । त्यो स्थानीय रोजगारी, लगानी, बजार र पर्यटन सर्किट जोड्ने नयाँ पर्यटन अर्थतन्त्रको उडान बन्न सक्छ ।

Previous Post

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

Next Post

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

metakhabar

metakhabar

सम्बन्धित खबर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च
फिचर-ब्यानर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

२३ भदौ २०८३,
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
फिचर-ब्यानर

‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

२३ भदौ २०८३,
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
फिचर-ब्यानर

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

२३ भदौ २०८३,
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
समाचार

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

२३ भदौ २०८३,
काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन
समाचार

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

२३ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
फिचर-ब्यानर

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

२३ भदौ २०८३,
Load More
Next Post
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In