• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

एनपिएल : हालसम्मको खेलमा मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?

by
२० मंसिर २०८१,
0
एनपिएल : हालसम्मको खेलमा मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। शनिबारदेखि काठमाडौंमा सुरू भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का सात वटा खेल सम्पन्न भइसकेका छन्।

एनपिएलमा पहिलो तथा उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज, तेस्रो खेलमा जानकपुर बोल्टस् र कर्णाली याक्स, चौथो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स र पाचौं खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भयो। यसैगरी बुधबार कर्णाली याक्स र काठमाडौं गुर्खाज र विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच पनि खेल भयो।

सात खेलमध्ये दुई/दुई खेल खेलेका जनकपुर बोल्ट्स र चितवन राइनोजले दुवै खेलमा जीत हात पारे। सुदूरपश्चिम रोयल्सले एक खेल जित्यो। विराटनगर किङ्ग्स तीन वटा खेल खेल्दा दुई वटामा हार व्यहोर्यो।

कर्णाली याक्स दुईवटै खेलमा पराजित हुँदा एक खेलमात्रै खेलेको पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले पहिलो खेलमै पराजय भोग्न पुगे। काठमाडौं गुर्खाजले दुई खेलमा एक खेल जित्यो भने एक खेलमा पराजित भयो।

एनपिएलका लागि ८ फ्रेन्चाइज टोलीले ‘लक्की ड्र’ मार्फत मार्की खेलाडी अनुबन्ध गरेका थिए। लक्की ड्रमार्फत काठमाडौंले बलर करण केसी, चितवनले अलराउन्डर कुशल मल्ल, विराटनगरले स्पिनर सन्दीप लामिछाने, पोखराले नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा पाएको थियो।

त्यस्तै, लुम्बिनीले कप्तान रोहित पौडेल, जनकपुरले ओपनर आसिफ शेख, कर्णालीले तीव्र गतिका बलर सोमपाल कामी र सुदूरपश्चिमले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की प्लेयरका रूपमा पाएको थियो। मार्की खेलाडीले हरेक सिजनमा समान २० लाख रूपैयाँ पाउने गरी टिमले उनीहरूसँग तीन वर्षको सम्झौता गरेको थियो।

एनपिएलमा अहिलेसम्म भएका सात खेलमा सबै टोली खेलिसकेका छन् । हालसम्म मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो त?

आसिफ शेख, जनकपुर बोल्ट्स

जनकपुरका कप्तान अनिल शाह भए पनि मार्की खेलाडी आसिफ शेख हुन् । आशिफ मार्की खेलाडी रहेकोे जनकपुर बोल्ट्सले जारी एनपिएलमा दुई खेल खेलेको छ । जनकपुरले दुवै खेलमा विजय हासिल गरेको छ ।

एनपिएलको पहिलो तथा उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेटले हरायो । तर, पहिलो खेलमा आशिफ शेखको प्रदर्शन खासै गतिलो भएन । उनी शून्य रनमै पभेलियन फर्किनु परेको थियो ।

जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा आइतबार कर्णाली याक्सको सामना गर्यो । कर्णालीविरूद्ध जनकपुर बोल्ट्सले सुरूदेखि नै आक्रामक ब्याटिङ गरेको थियो ।

जनकपुरका कप्तान अनिल शाह र मार्की खेलाडी आसिफ सेखले सानदार प्रदान गरे । उनीहरूले ८४ रनको साझेदारी गरे । अनिल र आसिफले गरेको साझेदारी जारी एनपिएलमा दुवै ओपनरले गरेको अहिलेसम्मको ठूलो साझेदारी पनि बन्यो ।

जनकपुरको जितमा आशिफले ३६ रनको योगदान दिएका थिए । उनले २९ बलमा दुई चौका र दुई छक्काका मद्दतले ३६ रन बनाए ।

कुशल मल्ल, चितवन राइनोज

नेपाली राष्ट्रिय टोलीका सदस्य कुशल मल्ल मार्की खेलाडी रहेकोे चितवन राइनोजले आफ्नो दुई खेलमध्ये दुबै खेलमा जित हात पारेको छ । पहिलो खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेट हरायो । काठमाडौँसँगको खेलमा मल्लले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । उनी ११ रनमा आउट हुन पुगे । तर, बलिङमा भने एक विकेट लिन सफल भए ।

चितवनले आफ्नो दोस्रो खेलमा मङ्गलबार पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले हरायो । कप्तानले पोखराविरूद्ध ३८ रनको योगदान दिए । सो क्रममा मल्लले ४ छक्का र एक चौकासमेत प्रहार गरे । तर, पोखराविरूद्ध २ ओभर बलिङ गरेका उनले एक विकेट पनि झार्न सकेनन् । उल्टै, ११ रन खर्चिन पुगे ।

सन्दीप लामिछाने, विराटनगर किङ्ग्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछाने विराटनगर किङ्ग्सको मार्की खेलाडी हुन् । सन्दीप लामिछाने नेतृत्वकोे विराटनगर किङ्ग्सले जारी एनपिएलमा तीन खेल खेलेको छ ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किङ्ग्स ८ विकेटले पराजित भयो । यो खेलमा सन्दीपले जनकपुरविरूद्ध ७ रन मात्रै प्रहार गरे । तर, बलिङतर्फ भने जम्न सकेनन् । उनले जनकपुरको एक विकेट पनि झार्न सकेनन् ।

विराटनगर किङ्ग्स आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो अन्तरले हार्न पुग्यो । यो खेलमा पनि सन्दीपको प्रदर्शन खासै गतिलो हुन सकेन । सुदूरपश्चिमविरूद्ध ब्याटिङततर्फ ८ रन प्रहार गर्दा बलिङतर्फ एक विकेट पनि आफ्नो नाममा दर्ता गर्न सकेनन् ।

यस्तै, तेस्रो खेलमा भने विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो । यो खेलमा पनि मार्की खेलाडी सन्दीप न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङ । लुम्बिनीविरूद्ध ब्याटिङ तर्फ एक रनमै आउट हुँदा बलिङतर्फ भने एक विकेट लिन सके ।

सोमपाल कामी, कर्णाली याक्स

जारी एनपिएलमा दुई खेल खेलेको कर्णाली याक्सको प्रदर्शन पनि खासै गतिलो देखिएन । कर्णाली याक्सले दुई खेलमा दुवै खेल हार्न पुगेको छ ।

पहिलो खेलमा कर्णाली याक्स जनकपुरसँग ८ विकेटले पराजित हुन पुग्यो । यो खेलमा मार्की खेलाडी कामीको प्रदर्शन सन्तोषजनक नै रह्यो । उनले १३ बलमा एक छक्का र तीन चौका प्रहार गर्दै २९ रनको योगदान दिएका थिए । तर, बलिङतर्फ भने जम्न सकेनन् ।

दोस्रो खेलमा कर्णाली याक्स काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित हुन पुग्यो । यो खेलमा कामीले ब्याटिङ नगरे पनि काठमाडौँविरूद्ध एक विकेट लिन भने सफल भए ।

करण केसी, काठमाडौँ गुर्खाज

जारी एनपिएलमा काठमाडौँ गुर्खाजले दुई खेल खेलेको छ । जसमध्ये एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार भोगेको छ । पहिलो खेलमा काठमाडौँ गुर्खाज चितवन राइनोजसँग ५ विकेटले हार्न पुग्यो ।

पहिलो खेलमा मार्की खेलाडी केसी न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङ तिर । केसीले काठमाडौँ गुर्खाजविरूद्ध ब्याटिङतर्फ एक रन बनाएर आउट भएका थिए भने बलिङतर्फ भने जम्न सकेनन् ।

यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलार्ई तीन विकेटले पराजित गर्यो । यो खेलमा केसीको प्रर्दशन सानदार नै थियो । काठमाडौँविरूद्ध केसीले ब्याटिङतर्फ १० बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन बनाएका थिए भने बलिङतर्फ एक विकेट लिन सफल भए ।

दीपेन्द्रसिंह ऐरी, सुदूरपश्चिम रोयल्स

जारी एनपिएलमा एक खेल खेलेकोे सुदूरपश्चिम रोयल्सले पहिलो खेलमै सानदार प्रर्दशन गर्यो । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गर्यो ।

यो खेलमा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको प्रर्दशन सानदार नै रह्यो । उनले अर्धशतक पारी खेले । विराटनगरविरूद्ध सुदूरपश्चिमका ऐरिले अविजित रहँदै २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाएका थिए । बलिङतर्फ भने एक विकेट हात पार्न सकेनन् । उल्टै २ ओभरमा ९ रन खर्चिन पुगे ।

कुशल भुर्तेल, पोखरा एभेन्जर्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओेपनर समेत रहेका कुशल भुर्तेल एनपिएलको टोली पोखरा एभेन्जर्सका मार्की खेलाडी हुन् । तर, जारी एनपिएलमा पोखराको सुरूवात राम्रो हुन सकेन ।

एक खेल खेलेको पोखराले पहिलो खेलमै चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले हार्नु पर्यो । यो खेलमा मार्की खेलाडी कुशल भुर्तेल पनि चल्न सकेनन् । राइनोजविरूद्ध ब्याटिङतर्फ उनी पहिलो बलमै आउट हुन पुगे । बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिए । तर, खेलमा उनले तीन वटा क्याच भने समाते ।

रोहितकुमार पौडेल, लुम्बिनी लायन्स

एनपिएलको टोली लुम्बिनी लायन्सका मार्की खेलाडी रहेका रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पनि हुन् ।

रोहित नेतृत्वको लुम्बिनी लायन्सले एनपिएलमा एउटा मात्रै खेल खेलेको छ । पहिलो खेलमै लुम्बिनी लायन्स विराटनगरसँग २ विकेटले पराजित भयो ।

लुम्बिनीका लागि पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन् । तर, बलिङ भने गरेनन् ।

Previous Post

रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा

Next Post

रामेछापको सुन्तलाले बजार पाएन

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
रामेछापको सुन्तलाले बजार पाएन

रामेछापको सुन्तलाले बजार पाएन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In