• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

metakhabar by metakhabar
२ भदौ २०८३,
0
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। विदेश जाने र सहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने फरक छ ।

दश वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल सञ्चालन गर्नुभयो । व्यापार राम्रै चले पनि २१ वर्षपछि उहाँ फेरि आफ्नै जन्मथलो फर्किनुभयो । अहिले मालढुङ्गा–बेनी सडक छेउमा श्रेष्ठ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर हाँस, लोकल कुखुरा, बोइलर कुखुरा र तरकारी उत्पादन गरिरहनुभएको छ ।

फार्मसँगै किराना पसल पनि सञ्चालनमा छ । विदेशको अनुभव, सहरको व्यवसाय र गाउँको माटोलाई जोडेर उद्यम गरिरहेका चिरञ्जीवीको जीवनयात्रा धेरैका लागि अनुशरणयोग्य बनेको छ ।

“एसएलसीसम्मको अध्ययन गरी रोजगारीको लागि १० वर्ष कतारमा बिताएर फर्किएपछि बुबा सुवास र आमा मीनाले गर्दै आएको तरकारीखेतीलाई बजारीकरणमा साथ दिन बागलुङ बजारमा ११ वर्ष तरकारी पसल चलाए”, उहाँले भन्नुभयो, “बजारको व्यापार सन्तोषजनक र सफल भए पनि २१ वर्षपछि जन्मथलो फर्किएर बुबाआमासँगै सात महिनाअघि सुरु गरेको फार्मबाट उत्साही छु ।”

आफन्तको तीन रोपनी जग्गा भाडामा लिएर रु २५ लाख लगानीमा हाँस, कुखुरापालन र व्यवसायका लागि संरचना बनाएका श्रेष्ठ परिवारले थप चार रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारीखेती गरेका छन् ।

बुबाआमाले फर्सेमा उत्पादन गरेको तरकारी बागलुङमा बजारीकरण गरेका चिरञ्जीवी र उहाँकी श्रीमती रितुले रामरेखामा घर बनाउनुभयो । एक जना छोरालाई उच्च शिक्षा अध्ययनका लागि क्यानडा पठाउनुभएको छ भने अर्का छोरा काठमाडौँमा आइटी विषयमा स्नाकोत्तर अध्ययन गरिरहेका चिरञ्जीवीले बताउनुभयो ।

तरकारीको तुलनामा सजिलो हुने र धौलागिरि क्षेत्रमा नयाँ भएकाले हाँस र कुखुरापालन सुरु गरेको श्रेष्ठले बताउनुभयो । “दुई चरणमा प्रतिकिलो रु छ सयका दरले करिब चार सय हाँस बिक्रीबाट भएको आम्दानीले सात महिनाको दाना खर्च उठ्यो, एक सय वटा लोकल कुखुरा पनि बिक्री गरेको छ”, उहाँले भन्नुभयो, “सुरुआती आम्दानीले उत्साही बनाएको छ ।”

उहाँको फार्ममा हाल चार सय ५० वटा हाँस र एक सय ५० लोकल साकिनी र कोइलर जातका कुखुरा छन् । दुई वटा गाई पालेका उनिहरुले दैनिक छ लिटर दूध बिक्री गर्छन् । कुखुरा र हाँसको अण्डा पनि बिक्री हुन्छ । म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजार नजिकै भएकाले हाँस र कुखुरालाई बजारको समस्या छैन् ।

उहाँले चिनियाँ मसकोवी जातको हाँस पाल्नुभएको छ । तीन महिना पालेपछि तीन किलोग्रामभन्दा बढी तौल हुन्छ । श्रेष्ठले हाँसको चल्ला पनि आफ्नै फार्ममा उत्पादन गर्न थाल्नु भएको छ । स्थानीयस्तरमै हाँसपालन सुरु भएपछि टाढाको बजारबाट मगाउनु नपरेको बेनी नगरपालिका–१ रत्नेचौरको रेष्टुरेष्ट व्यवसायी दिनेश रावलले बताउनुभयो । उहाँका अनुसार हाँसको मासुको छोइला उपभोक्ताको रोजाइमा परेको छ ।

चिरञ्जीवीका बुबा सुवास र आमा मीना छोराबुहारीले बूढेशकालमा जन्मथलो फर्किएर साथ र साहरा दिएकोमा खुसी व्यक्त गर्नुभयो । “एउटा परिवार दुईतिर हुँदा दुःख भएको थियो”, सुवासले भन्नुभयो, “विदेशको राम्रो कमाइ हुने जागीर र बजारको सुविधा त्यागेर छोराबुहारी गाउँ फर्किएकोमा हार्मीलाई गर्व लागेको छ ।”

तरकारीखेतीलाई निरन्तरता दिने र हाँसपालनलाई थप विस्तार गर्ने चिरञ्जिवीको योजना छ । उहाँहरुका छिमेकी सावित्री खत्रीले धेरै मानिसहरु सुविधा र अवसरको खोजीमा बजार झर्ने र विदेशिने गर्दा गाउँबस्ति सुनसान भइरहेको अवस्थामा चिरञ्जीवीले गाउँमै सम्भावना देखाउने प्रयास गरेर सकारात्मक सन्देश प्रवाह गराउनुभएको बताउनुभयो ।

Previous Post

अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

Next Post

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री

metakhabar

metakhabar

सम्बन्धित खबर

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति
समाचार

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

२ भदौ २०८३,
समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
समाचार

समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

२ भदौ २०८३,
चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण
समाचार

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

२ भदौ २०८३,
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
समाचार

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

२ भदौ २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री

२ भदौ २०८३,
अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति
फिचर-ब्यानर

अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

२ भदौ २०८३,
Load More
Next Post
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In