• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सभामुखद्वारा कम्बोडियाका प्रधानमन्त्रीसँग भेट

by
१० मंसिर २०८१,
0
सभामुखद्वारा कम्बोडियाका प्रधानमन्त्रीसँग भेट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नोम पेन्ह (कम्बोडिया) । पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री सम्देच हुन मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए । यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ । नेपाल र कम्बोडियाबीच २०७५ सालमा नै हवाइ सम्झौता भएको थियो ।

भेटमा दुवै देशका नागरिकबीच आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणको लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा दिए ।

प्रधानमन्त्री मानेटले साना राष्ट्रहरूको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को अन्तर–संसदीय सभा उत्कृष्ट मञ्च भएको बताउँदै आफू समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे । भेटलाई दुई देशबीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरको रुपमा हेरिएको छ ।

सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गरेका छन् । कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिकाबीच सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो । भेटमा दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रीय सहयोग र साझा चासोका विषयमा सहकार्यको सम्भावनाबारे छलफल भएको थियो ।

सभामुखले नेपाली शान्ति प्रक्रियाको अद्वितीय सफलताको अनुभव बाँड्दै दुवै देशले साझा हितका क्षेत्रमा थप समझदारी र साझेदारी गर्न सक्ने धारणा राखेका थिए । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीसँग भेट गरेका थिए ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ ओ पूर्ण सत्रमा सम्बोधन गरेका थिए । सभामुख मंगलबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

Previous Post

सस्तियो सुन, एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

Next Post

आफ्नो चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले गरे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

१७ असार २०८३,
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
फिचर-ब्यानर

अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

१७ असार २०८३,
कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण
आवाज

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

१७ असार २०८३,
तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
आर्थिक

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

१७ असार २०८३,
फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
Load More
Next Post
आफ्नो चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले गरे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल

आफ्नो चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले गरे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In