• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापानले बनाउँदै विश्वकै शक्तिशाली सुपर कम्प्युटर

by
९ मंसिर २०८१,
0
जापानले बनाउँदै विश्वकै शक्तिशाली सुपर कम्प्युटर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। प्रविधि क्षेत्रको प्रतिस्पर्धा बढ्दै जाँदा जापानले विश्वकै पहिलो जेटा श्रेणीको सुपर कम्प्युटर निर्माणको तयारी थालेको छ। सो डिभाइस अहिले संसारमा उपलब्ध सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरभन्दा लगभग १००० गुणा बढी शक्तिशाली हुने दाबी गरिएको छ।

यसका लागि झन्डै ११० अर्ब जापानी एन अर्थात ७५० मिलियन अमेरिकी डलर (करिब ९७ अर्ब रुपैयाँ)भन्दा बढी लाग्ने अनुमान गरिएको छ। आगामी वर्ष अर्थात सन् २०२५ बाट निर्माण शुरू भएर २०३० मा प्रयोगका लागि तयार गर्ने जापानको लक्ष्य छ।

’फुगाकु नेक्स्ट’ नाम दिइएको परियोजना अन्तर्गतको उक्त सुपर कम्प्युटरले जेटाफ्लप्स गतिमा काम गर्न सक्नेछ। उदाहरणको लागि सो डिभाइसले प्रतिसेकेन्ड एक सेक्सटिलियन अर्थात १ को पछाडी २१ वटा शुन्य हुने संख्या बराबरको हिसाबकिताब प्रोसेस गर्न सक्नेछ।

अहिले संसारमा चल्तीमा रहेको अमेरिकाको फ्रन्टियर सुपर कम्प्युटरले १.२ एक्साफ्लप्स अर्थात एक क्विन्टिलियन (१ को पछिल्तिर १८ वटा शुन्य) को गतिमा प्रोसेसिङ गर्न सक्छ । यो सुपर कम्प्युटर सन् २०२२ देखि टेनेसीको ओके रिज ल्याबोरेटरीमा सञ्चालनमा आएको हो।

यस्तै, अमेरिकाको लरेन्स ल्याबमोरे नेशनल ल्याबोरेटरीमा रहेको एल क्याप्टेन नामक एक्साफ्लप्स सुपर कम्प्युटर नासाले निर्माण गरेको हो। यसले अमेरिकाको राष्ट्रिय सुरक्षासम्बन्धी विविध विषयमा काम गर्दै आएको छ। जापानको पछिल्लो महत्वाकांक्षी परियोजना रिकेन र फुजित्सु नामक कम्पनीहरूले बनाउनेछन् जसका लागि जापान सरकारले पहिलो वर्षको खर्चस्वरूप ४.२ अर्ब एन अर्थात २९ मिलियन अमेरिकी डलर विनियोजन गरिसकेको छ।

यो सुपर कम्प्युटर बनिसक्दा कम्प्युटिङ प्रविधिको क्षेत्रमा कोशेढुङ्गा हुने अनुमान गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स तथा विभिन्न ठूला र अत्यन्तै जटिल तथ्यांक समावेश हुने वैज्ञानिक शोध अनुसन्धानका लागि यो सुपर कम्प्युटर अत्यन्तै उपयोगी हुने ठानिएको छ। यसले जापानको जलवायु तथा मौसमसम्बन्धी मोड्युलिङ, औषधी र चिकित्सासम्बन्धी अन्वेषण लगायत उन्नत प्रविधिको भौतिक विज्ञान अध्ययन क्षमतालाई अझै प्रभावकारी बनाउनेछ।

उपयोगीताको हिसाबले अत्यन्तै आकर्षक मानिए पनि यो सुपरकम्प्युटरको प्रमुख चुनौती ऊर्जा अर्थात यसको सञ्चालनका लागि आवश्यक विद्युत रहनेछ। झन्डै ५००० टेराबाइट मेमोरी र क्लाउडमा आधारित लाखौंं जीबीको स्टोरेज आवश्यक पर्ने यो सुपर कम्प्युटर पूर्ण क्षमतामा चलाउन झन्डै २१ आणविक प्लान्ट वा २१ गिगावाट ऊर्जा आवश्यक पर्नेछ।

अमेरिकाका दुई ठूला माथि उल्लेखित सुपर कम्प्युटरसँगै हाल फुगाकुकै अर्को सुपर कम्प्युटर चौथो शक्तीशाली मानिन्छ। प्रतिस्पर्धामा अमेरिकापछि तेस्रो मानिने चीनको सनवे ताइहुलाइट भने चीनको उक्सीस्थित राष्ट्रिय सुपर कम्प्युटिङ केन्द्रमा रहेको छ।

यस्तै, ठूला सुपर कम्प्युटरको प्रतिस्पर्धामा फिनल्यान्डको एलयूएमआई भने शतप्रतिशत नवीकरणीय ऊर्जाबाट सञ्चालित छ। आर्टिफिसियल इन्टेलिजेन्स, अन्तरिक्ष र वैज्ञानिक अनुसन्धानको दौड बढ्दै जाँदा प्रविधिका उन्नत देशहरू आफ्नो प्रभुत्व देखाउन यस्ता डिभाइस निर्माणमा समेत अघि सरेका छन्।

Previous Post

अझै सम्पन्न भएन् ०६४ सालमा माधव नेपालले शिलान्यास गरेको रङ्गशाला

Next Post

मंगल ग्रहमा भेटियो लालसागर जत्तिकै पानीको भण्डार

सम्बन्धित खबर

बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
कृषि

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

१९ असार २०८३,
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

१९ असार २०८३,
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
मंगल ग्रहमा भेटियो लालसागर जत्तिकै पानीको भण्डार

मंगल ग्रहमा भेटियो लालसागर जत्तिकै पानीको भण्डार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In