• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रचण्डले छिमेकीसँगको कूटनीतिक सम्बन्धमा ल्याउँलान् सुधार ?

by
१८ पुस २०७९,
0
छिट्टै निजगढ विमानस्थलको निर्माण सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री नियुक्ति भएलगतै पुष्पकमल दाहाल प्रचण्डले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने र सम्बन्ध सुधार गरेर अगाडि बढ्ने बताए पनि त्यसलाई व्यवहारमा उतार्न उनले कतिको पहल गर्लान् रु भन्ने प्रश्न र चासो सर्वत्र देखिएको छ । प्रधानमन्त्री नियुक्ति भएलगतै चीनले सुरुमा बधाई दिए पनि दक्षिणी छिमेकी भारतले भने केही दिनपछि बधाई दियो ।

पछिल्ला वर्षमा नेपालमा पश्चिमा राष्ट्रहरू विशेषगरी अमेरिका र चीनबीचको रणनीतिक प्रतिस्पर्धा बढेर गएको छ । जसमा भारतको जर्बजस्ती उपस्थिति छ । प्रधानमन्त्री नियुक्त भएलगतै उनले ‘नेपालमुखी’ परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले भारतीय समाचार संस्था एबीपी न्युजलाई दिएको अन्तर्वार्तामा आफू नेपालमुखी बन्ने बताएका हुन् । तर, उनले भनेअनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्न सक्छन् या सक्दैनन् त्यो भने अब आउने दिनेले देखाउने नै छ ।

त्यसो त प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा २०६५ मा नेपालबाट पहिलोपटक भारत भ्रमण गर्ने परम्परालाई तोड्दै चीन गएका थिए । त्यतिखेर उनी ओलम्पिक समापन समारोहमा सहभागी हुन चीन पुगे । प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाट हुने परम्परा तोडेकोमा दक्षिणी छिमेकी असन्तुष्ट भएको बुझेपछि दाहालले ‘पहिलो राजनीतिक भ्रमण भारतबाट गर्ने’ भन्नुपरेको थियो । तैपनि, भारतसँग दाहालको सम्बन्ध राम्रो हुन सकेन । पछिल्लो समय दाहालले भारतसँग सम्बन्ध सुमधुर बनाउने प्रयास गरिरहेका छन् ।

नेपालको भारतसँग रहेका समस्या र चुनौती एकातिर छन् भने नेपाल नै माध्यम भएर अमेरिका र चीनको प्रतिस्पर्धा अर्कोतिर छ । दुई ठूला देशले अघि सारेका रणनीतिक योजना, एमसीसी र बीआरआईमा नेपाल पक्ष राष्ट्र भइसकेको छ । दुईव टा परियोजनाको कार्यान्वयन गर्न सरकारलाई चुनौती छ ।

प्रचण्डलाई लामो समयदेखि भारतसँग बिग्रिएको सम्बन्ध सुधार र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने चुनौती छ । दुई छिमेकी मुलुकमध्ये भारतसँग लामो समयदेखि सीमा, पारवहान, पानीको विवादलगायत दर्जनौं समस्या छन् । यी विवादलाई प्रचण्ड नेतृत्वको सरकारले कूटनीतिक वार्ताबाट कसरी हल गर्न सक्छन् भन्ने चासोको विषय छ ।

नेपाल—भारतको प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन दुई वर्षदेखि अलपत्र परेको छ । केपी ओली प्रधानमन्त्री हुँदा बनेको प्रबुद्ध समूहको प्रतिवेदन नरेन्द्र मोदीले बुझ्न नमान्दा अलपत्र परेको हो । सो विषयमा प्रचण्डले आफ्नो पहलकदमी कसरी अगाडि बढाउलान् रु त्यो पनि चासोको विषय बनेको छ ।

प्रबुद्ध समूह ९ईपीजी०को दुईवर्षे समयावधि २०७५ असार २० मै सकिएको हो । काठमाडौंमा बसेको ईपीजी अन्तिम ९नवौं० बैठकमा दुवै पक्षका सदस्यले संयुक्त प्रतिवेदनमा हस्ताक्षर गरेका थिए । अन्तिम बैठकमा दुवै मुलुकका प्रधानमन्त्रीलाई औपचारिक कार्यक्रमबीच प्रतिवेदन हस्तान्तरण गर्ने तालिका तय भएको थियो ।

साथै पहिले भारतीय प्रधानमन्त्रीलाई र त्यसपछि काठमाडौंमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने समझदारी थियो । तर, भारतीय पक्षको अनिच्छाका कारण ईपीजी प्रतिवेदन ‘औचित्यहीन’ बन्न लागेको छ । यो विषयलाई प्रचण्ड सरकारले ईपीजि प्रतिवेदनलाई अगाडि बढाउन भूमिका खेल्नु पर्नेछ ।

प्रधानमन्त्री तहमा भएको सहमतिअनुसार नेपाल–भारतका १९५० लगायतका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन २०७३ सालमा ईपीजी गठन गरिएको थियो । यसबीचमा ईपीजीका भारतीय पक्षका एक सदस्य बीसी उप्रेतीको निधन भइसकेको छ । अहिलेको अवस्थामा नेपालले परराष्ट्र नीतिलाई प्राथमिकतामा राखेर भारतसँग सघन वार्ता गर्नुपर्ने कूटनीतिज्ञको भनाइ छ । यो अवस्थामा सरकारले वार्ता गर्न नसके नेपाल र भारतबीच तिक्तता रहिरहने कूटनीतिज्ञ बताउँछन् ।

केपी शर्मा ओली सरकारको पालामा नेपालको लिम्पियाधुरासहितको नक्सा जारी भए पनि जमिन फिर्ता भएको छैन । प्रचण्ड नेतृत्वको सरकारले नेपालको भूमि फिर्ता गर्न कूटनीतिक पहल कसरी थाल्छन् महत्वपूर्ण विषय हो । भारतले जम्मु कश्मीरलाई समेटेर २५ कात्तिक २०७६ मा नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गर्दा नेपालको भूभाग पनि समेटिएपछि दुई देशको कूटनीतिक सम्बन्धमा तिक्तता आएको थियो ।

त्यसपछि नेपालले ७ जेठ २०७७ मा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको संवादहीनताको अवस्थासम्म पुगेको थियो । नक्सा जारीपछिको तिक्तता अझै पनि बाँकी रहेकाले अब देउवा सरकारले जमिन फिर्ताका लागि कूटनीतिक वार्ता गर्नुपर्नेछ ।

त्यस्तै, भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत रोकेको पानीको बहाव र पारवाहन समस्या समाधानका लागि प्रचण्ड सरकारले कूटनीतिक माध्यमबाट हल गर्नुपर्नेछ । यो अवस्था रहिरहे समस्या झनै बल्झने खतरा छ । कोभिड–१९ पछि शिथिल भएको अर्थतन्त्र अझै पुरानो अवस्थामा फर्कन सकेको छैन । नेपाललाई पूर्वाधार क्षेत्रमा विदेशी आर्थिक सहायता चाहिएको छ । नेपालको राष्ट्रियहित र स्वार्थलाई केन्द्रमा राखेर पूर्वाधार निर्माणमा सहयोग भित्र्याउने चुनौती पनि दाहाल सरकारसामु छ ।

नेपाल अहिले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को अध्यक्ष छ । भारत–पाकिस्तानको विवाद र अफगानिस्तानमा आएको तालिवान सरकारलाई मान्यता नदिइँदा सार्क निष्क्रिय छ । हरेक दुई वर्षमा हुनुपर्ने सार्क शिखर सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएपछि हुन सकेको छैन । शिखर सम्मेलन गर्ने वातावरण बनाउन र फागुन तेस्रो साता खाली हुन लागेको सार्क महासचिव पदमा नयाँ व्यक्तिलाई समयमै ल्याउन प्रचण्ड नेतृत्वको सरकारले समयमै पहल गर्नुपर्नेछ ।

Previous Post

निर्माण सम्पन्न भएको डेढ वर्षपछि पूर्वीनाकामा ६ लेनको ‘मितेरी पुल’ सञ्चालन

Next Post

गृह मन्त्रालयको प्रमुख सल्लाहकारमा देवेन्द्र बजगाईंको चर्चा, को हुन् बजगाईं ?

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
गृह मन्त्रालयको प्रमुख सल्लाहकारमा देवेन्द्र बजगाईंको चर्चा, को हुन् बजगाईं ?

गृह मन्त्रालयको प्रमुख सल्लाहकारमा देवेन्द्र बजगाईंको चर्चा, को हुन् बजगाईं ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In