• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुनहिलमा विद्युत् र खानेपानीको समस्या

by
१ मंसिर २०८१,
0
पुनहिलमा विद्युत् र खानेपानीको समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ ।

समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई समस्या भएको हो । यहाँ हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरी प्रकृतिमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।

घोडेपानीबाट बिहानै उकालो हिँडेर पुनहिल जाने क्रममा पदमार्गमा उज्यालोका साथै मोबाइल, क्यामेरालगायत सामग्री चार्ज गर्न विद्युत् तथा पिउन र शौचालयमा प्रयोग गर्ने पानी नहुँदा समस्या भएको काठमाडौँबाट आएका श्याम रञ्जितकारले गुनासो गरे ।

‘अध्यारोमा उकालो हिँड्न पदमार्गमा सडक बत्ती नहुँदा, मोबाइल, क्यामेरामा ब्याट्री सकिँदा विद्युतिय उपकरण चार्ज गर्ने सुविधा भए पर्यटकलाई सजिलो हुने थियो’, उनले भने, ‘पानीको अभावमा शौचालय जान पनि समस्या भइरहेको छ ।’

पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युत् आपूर्ति नियमित गर्न केही तल रहेको मूलबाट पानी तान्ने उद्देश्यले विसं २०८० पुसमा नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले घोडेपानीबाट १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलसम्म लाइन पुर्‍याएको थियो । स्थानीयले ‘मिटरबक्स’ जडानमा बेवास्ता गर्दा विद्युत् आपूर्ति रोकिएको केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए।

उनका अनुसार स्थानीयवासीको माग अनुसार पुनहिलमा करिब रु २५ लाख खर्चेर बिजुलीको लाइन पुर्‍याइएको हो । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले मिटरबक्स जडानका लागि गाउँपालिकाले बेवास्ता गरेको गुनासो गरे।

पुनहिलमा घोडेपानीबाट ग्यालिन, बोत्तल र ड्रममा बोकेर पानी लैजाने गरिएको छ । एक घण्टा लगाएर उकालोमा पानी बोकेर लैजानुपर्ने भएकाले पुनहिलमा तातोपानी, चिया, कफीको मूल्य बढी तिर्नुपरेको पर्यटकले गुनासो गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पुनहिलको जग्गा गाउँपालिकाको नाममा नभएकाले यहाँ मिटरबक्स राख्न समस्या भएको बताए। पुनहिल र तातोपानी कुण्डलगायत पर्यटकीयस्थलमा विद्युत् आपूर्तिका लागि एकै पटक पाँच वटा मिटरबक्स खरिद गर्न लागिएको उनले बताए।

चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजारको अनुपातमा विदेशी र त्योभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गर्छन् ।

पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति ५० र विदेशीले रु एक सय ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि गाउँपालकाले रु ४० लाख एक सयमा ठेक्का लगाएको छ ।

Previous Post

न्यूजील्याण्डकी कान्छी सांसद हाना र हाका नृत्यको विश्वभर चर्चा

Next Post

हिउँद नलाग्दै सुक्न थाले खोला

सम्बन्धित खबर

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै
फिचर-ब्यानर

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

१६ भदौ २०८३,
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट
फिचर-ब्यानर

हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

१६ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१६ भदौ २०८३,
बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
Load More
Next Post
हिउँद नलाग्दै सुक्न थाले खोला

हिउँद नलाग्दै सुक्न थाले खोला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In