• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

    चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ

    चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१५ अर्बमा स्तरोन्नति गरिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

by
२९ कार्तिक २०८१,
0
त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम अघि बढाएको छ। एसियाली विकास बैंकबाट सहयोग लिई करिब १५ अर्ब रूपैयाँको लगातमा स्तरोन्नतिको काम भइरहेको छ ।

आइकाओको मापदण्डअनुसार विमानस्थलभित्र विभिन्न क्षेत्रलाई संवेदनशील क्षेत्रका आधारमा वर्गीकरण गरी स्तरोन्नति गर्न लागिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ विस्तार भइरहेको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले बताए।

करिब तीन वर्षदेखि विमानस्थल स्तोरन्नतिको काम भइरहेकोमा अबको पाँच महिना भने विमानस्थलको एकदमै संवेदनशील क्षेत्रमा काम हुने आयोजना प्रमुख श्रेष्ठले बताए। ‘विमानस्थल विस्तारको काम तीन वर्षदेखि नै भइरहेको छ’, उनले भने, ‘अहिले विमानस्थलको ट्याक्सी वे’,‘इन्टरनेसनल एप्रोन’ र ‘ह्याङ्गर एप्रोन’ जुन एकदमै संवेदनशील क्षेत्रहरू हुन्, त्यसको काम भइरहेको छ ।’

उनले रनवेबाट दायाँबायाँ ७५ मिटर दूरीसम्मको क्षेत्र अति संवेदनशील भएकाले सुरक्षा संवेदनशीलतालाई विचार गरी सो क्षेत्रभित्र काम भइरहेको बताए।

रनवेबाट दायाँबायाँ ७५ मिटर दूरीसम्मको विमानस्थल सञ्चालनमा रहेको समयमा निर्माण कार्य गर्ने उपकरण चलाउन मिल्दैन। आयोजना प्रमुख श्रेष्ठका अनुसार ७५ मिटरभित्र आठ स्थानमा नयाँ एक्जिट ट्याक्सी वे जोड्नुपर्ने भएकाले १० घण्टा विमानस्थल बन्द गरेर र ७५ मिटरभन्दा बाहिरको क्षेत्रमा भने रात, दिन गरी निर्माण कार्य काम भइरहेको छ।

‘अबको पाँच महिना विमानस्थल रनवेबाट ७५ मिटर क्षेत्रभित्र काम हुन्छ’, उनले भने, ‘त्यसपछि संवेदनशील क्षेत्रको काम सकिन्छ र विमानस्थल सधैं खुला हुन्छ ।’ स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि हुने पनि उनले बताए।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन क्षेत्रको विमानस्थलको स्तरोन्नतिको काम भइरहेको छ। आयोजना प्रमुख श्रेष्ठले उत्तरतर्फ रनवेबाट पाँच सय मिटर र दक्षिणतर्फ १२ सय मिटरसम्म ‘ट्याक्सी वे’ छैन। साथै रनवे र ‘ट्याक्सी वे’ बीचमा आयल निगमका गाडीहरू हुन्छन्। जसले गर्दा ‘ट्याक्सी वे’ मा अवरोध हुन्छ।

यस्तै अहिलेको ‘ट्याक्सी वे’ आइकाओको मापदण्ड अनुसार छैन। ‘ट्याक्सी वे’ स्तरोन्नति भएपछि ट्याक्सीहरू रनवेसम्मै पुगेर यात्रुहरूलाई लिन र पुर्‍याउन सकिन्छ। जसले गर्दा रन वे चाँडै खाली हुने र अन्य उडानहरूले अवतरण गर्न समय पाउने उनले बताए। यो समाचार नागरिक दैनिकमा छ

Previous Post

उपनिर्वाचन : पाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक

Next Post

न्यूजील्याण्डविरुद्ध कुशल र आभिश्काको शतक, श्रीलंकाको शानदार जित

सम्बन्धित खबर

स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता
समाचार

स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

१० असार २०८३,
रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह
फिचर-ब्यानर

रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

१० असार २०८३,
रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन
फिचर-ब्यानर

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

१० असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

१० असार २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

१० असार २०८३,
चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ
अन्तर्राष्ट्रिय

चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

१० असार २०८३,
Load More
Next Post
न्यूजील्याण्डविरुद्ध कुशल र आभिश्काको शतक, श्रीलंकाको शानदार जित

न्यूजील्याण्डविरुद्ध कुशल र आभिश्काको शतक, श्रीलंकाको शानदार जित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In