• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

metakhabar by metakhabar
१० असार २०८३,
0
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ ।

प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिनुभएको हो ।

राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिनुभएको हो । शाहलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रुपमा हेरिन्छ । उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिनुभएको थियो ।

शाहले जेनजी आन्दोलनको मर्मअनुसार वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ सफल राजनीतिज्ञ मात्र नभई चलचित्र निर्देशक, निर्माता तथा सञ्चारकर्मीका रूपमा पनि परिचित हुनुहुन्छ ।

प्रधानमन्त्री शाहका निकट राजनीतिक सहयात्रीका रूपमा चिनिनु भएका शाह पछिल्लो समय सरकारको राजनीतिक तथा रणनीतिक सल्लाहकारका रूपमा सक्रिय हुनुहुन्छ । वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय, नीतिगत बहस, राजनीतिक संवाद तथा सङ्गठन विस्तारका विषयमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको प्रेस संयोजक बजगार्इंले जानकारी दिनुभयो । सार्वजनिक चर्चाभन्दा कार्यसम्पादनमा विश्वास गर्ने ढकाल पछिल्लो समय पार्टी समायोजन, सुशासन अभियान तथा प्रशासनिक सुधारका महत्वपूर्ण अभियानमा नेपथ्यबाट सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका व्यक्तिका रुपमा चिनिनुहुन्छ ।

उहाँ काठमाडौँ महानगरपालिकामा पनि सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा शाहसँगै कार्यरत हुनुहुन्थ्यो । उहाँले महानगरपालिकामा सूचना प्रणाली विकास, ‘डिजिटल’ प्रशासन तथा ‘डाटा’मा आधारित निर्णय प्रक्रियालाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । महानगरभित्र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानमा उहाँको योगदान उल्लेखनीय थियो ।

ढकालले जेनजी आन्दोलनपछिको राजनीतिक पुनर्संरचना र सहकार्य प्रक्रियामा प्रमुख सूत्रधारका रूपमा काम गर्नुभएको थियो । वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको समन्वय तथा संवाद प्रक्रियामा उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । यही कारणले पनि उहाँ पार्टीभित्र रणनीतिक योजनाकार र समन्वयकर्ताका रूपमा परिचित हुनुहुन्छ ।

प्रेस सहजकर्ता बजगाईंका अनुसार प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी ढकाललाई रास्वपाभित्र नीतिगत विषयमा दक्ष युवा नेतृत्वका रूपमा चिनिन्छ । ढकाल सार्वजनिक नीति, रणनीतिक योजना तथा अन्तरमन्त्रालय समन्वयका क्षेत्रमा काम गरिरहनुभएको छ ।

उहाँले हालै बेलायतको प्रतिष्ठित शैक्षिक संस्था ‘लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’बाट ‘विश्व स्वास्थ्य नीति’ विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी नेपाल फर्किनु भएको हो । उक्त अध्ययनमा उहाँले उत्कृष्ट नतिजासहित विशिष्ट श्रेणी हासिल गर्नुभएको छ ।

Previous Post

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

Next Post

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

metakhabar

metakhabar

सम्बन्धित खबर

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
आवाज

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

१० असार २०८३,
स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता
समाचार

स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

१० असार २०८३,
रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह
फिचर-ब्यानर

रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

१० असार २०८३,
Load More
Next Post
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In