काठमाडौं । नागढुंगा सुरुङ्ग मार्ग (त्रिभुवन राजपथ) को सिस्ने खोला क्षेत्रमा आंशिक रुपमा यातायात बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार एक सूचना प्रकाशित गरी नागढुंगा सुरुङ्ग मार्ग निर्माण आयोजनाबाट काठमाडौं– धादिङ सुरुङ मार्गको सिस्ने खोला (त्रिभुवन राजपथ) यही कात्तिक २९ देखि मंसिर ५ गतेसम्म बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक २० मिनेट बन्द र २० मिनेट खुला रहने जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालका अनुसार उक्त अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन बाहेकका सवारी साधन संचालनमा आंशिक रुपमा रोक लगाईएको छ ।













