• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान

    अस्पताल भवन निर्माण अलपत्र

    अस्पताल भवन निर्माण अलपत्र

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ठेट शब्द र मौलिक लयमा गीति सिर्जना गर्ने दुतराजको ‘रेशम’ मा भेडा गोठालोको प्रेमकथा

by
७ कार्तिक २०८१,
0
ठेट शब्द र मौलिक लयमा गीति सिर्जना गर्ने दुतराजको ‘रेशम’ मा भेडा गोठालोको प्रेमकथा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– ग्रामिण परिवेश र जीवनलाई मौलिक लयमा ढाल्न खप्पिस छन्, गायक प्रकाश दुतराज । उनको गीति रचना मात्र होइन, स्वर र प्रयुक्त भिडियोमा समेत गाउँबस्तीको दुख सुखका कथा, व्यथाहरु र त्यहाँको सौन्दर्य झल्कन्छन् । आधुनिक परिवेशको स्वाद चाखेकाहरु समेत प्रकाशका गीति सिर्जनाले गाउँबस्तीसँग बसेको स्मरणका तिर्खा मेटाउँछन् ।

‘आरने,’ ‘बैनी झ्यालैमा,’ ‘घर कता हो बैनीको,’ ‘जाम भो माइली,’ ‘रिमै’ जस्ता उनका गीति सिर्जनामा ग्रामिण बस्तीमा ओझेल परेका लोकलयहरुका माया पिरतीदेखि सिमान्तकृत वर्गका कथाव्यथा चित्रण भएका हुन्छन् । उनका सिर्जनाहरुलाई आम दर्शक/स्रोताले पनि भरपूर माया दिएका छन् ।

आम दर्शक/स्रोताको यही मायालाई संगाल्दै यतिबेला भने प्रकाशले ग्रामिण सौन्दर्यमा फुलेको मायाप्रेमकै कथालाई समेटेर ‘रेशम’ गीत ल्याएका छन् । दशैंको छेकोमा सार्वजनिक भएको गीतमा भेडा गोठालोको मर्मस्पर्शी प्रेमकथालाई प्रस्तुत गरिएको छ । गीतलाई आम दर्शक/स्रोताले अत्यधिक रुचाएका छन् । सार्वजनिक भएको दुई साता नबित्दै गीतले हालसम्ममा ७.३ मिलियन भ्युज बटुलिसकेको छ ।

सामाजिक सञ्जाल टिकटकमा यही गीतमा भिडियो बनाउनेको लहर छ । यसअघि सार्वजनिक भएको उनको गीत ‘रिमै’मा हालसम्ममा ४६ मिलियन भ्युज छ । जुन गीतमा राउटे समुदायको कला, संस्कृति, जीवन र प्रेम कथालाई समावेश गरिएको छ ।

उनको पछिल्लो गीत ‘रेशम’ मा शब्द तथा सङ्गीत प्रकाशकै रहेको छ भने उनलाई स्वरमा साथ गायिका मेलिना राईले दिएकी छिन् । धादिङको उत्तरी भेग रुबी भ्यालीमा छायाङ्कन गरिएको गीतको भिडियोमा लेकाली परिवेश र सौन्दर्यलाई निकै उत्कृष्ट ढङ्गले देखाइएको छ । एक भेडी गोठालो युवकसँग बसेको प्रेम र वियोगलाई गीतको भिडियोमा देख्न सकिन्छ । भिडियोमा प्रकाशसँगै बिमला लिम्बूको अभिनय देख्न सकिन्छ ।

गायन र गीत रचनामा समेत स्थापित प्रकाश अभिनयमा समेत उत्तिकै दखल छन् । उनका लोकप्रिय गीतहरुमा उनको गायनसँगै अभिनयलाई आम सङ्गीतप्रेमीहरुले रुचाएका छन् । अनिल मानन्धरको छायाङ्कन रहेको भिडियोको कथा, नृत्य निर्देशन भने मौसम हिमालीले गरेका छन् ।

म्याग्दीका प्रकाशले ६० को दशकमा औपचारिक रुपमा साङ्गीतिक जीवनको शुरुवात गरेका थिए । गाउँघर र मेलापातमा गुञ्जिने लोकभाका, ग्रामिण जीवनका लय र त्यहाँका पीडाहरुमै उनका गीति सिर्जनाका स्रोतहरु हुन् । गाउँबस्तीमा बोलिने ठेट शब्द तथा लयहरु अनि मौलिक दृश्यहरु नै उनको गीति सिर्जनाका विशेषताहरु हुन् ।

वि.सं.२०६६ सालमा ‘सिमसिम पर्‍यो पानी’ गीतबाट साङ्गीतिक यात्रा थालनी गरेका उनले ‘जाम माया बेनीको बजार,’ ‘फूलवाली,’ ‘पछ्यौरीको तातो,’ ‘चोली मैलो भो’ लगायतका गीतहरु सङ्गीतप्रेमीहरु माझ ल्याएका छन् ।

Previous Post

वार्षिक सात टन मह उत्पादन, १६ लाखको कारोबार

Next Post

बढ्दै गएको जेनेरेसन ग्यापलाई कसरी कम गर्ने, यस्ता छन् उपायहरु

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आर्थिक

हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान

१६ असार २०८३,
अस्पताल भवन निर्माण अलपत्र
आर्थिक

अस्पताल भवन निर्माण अलपत्र

१६ असार २०८३,
चितवनका विद्यार्थी धान रोप्न सिक्दै
आवाज

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

१६ असार २०८३,
फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश
आवाज

फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

१६ असार २०८३,
आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
Load More
Next Post
बढ्दै गएको जेनेरेसन ग्यापलाई कसरी कम गर्ने, यस्ता छन् उपायहरु

बढ्दै गएको जेनेरेसन ग्यापलाई कसरी कम गर्ने, यस्ता छन् उपायहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In