• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्णालीमा किसानका दु:ख उस्तै, एकीकृत कृषि प्रयोगशाला आफैँ बिरामी

by
५ कार्तिक २०८१,
0
कर्णालीमा किसानका दु:ख उस्तै, एकीकृत कृषि प्रयोगशाला आफैँ बिरामी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत : कर्णालीमा स्थापना भएको एकीकृत कृषि प्रयोगशाला नाम मात्रको भएको छ। १० जिल्लाका बहुसंख्यक किसानको भविश्य र कृषिमा दिशाबोध गर्ने उद्देश्य बोकेको प्रयोगशाला गुमनाम हुँदा नागरिकहरु मर्कामा परेका छन्।

वर्षेनी कर्णालीका किसानले लगाएको अन्नबालीमा रोगको प्रकोप देखिए पनि प्रयोगशाला बेखबर रहेको आरोप लाग्दै आएको छ। कर्णाली सरकारको मताहातमा रहेको प्रयोगशाला कृषि क्षेत्रमा प्रयोगमा आउन नसकेको गुनासो रहेको छ।

अघिल्लो वर्षदेखि सुर्खेतनको सिम्ता गाउँपालिका भित्र लगाएको धान बालीमा मरुवा रोग लाग्दा उत्पादनमा गिरावट आउन थाले पनि हालसम्म समस्याको समाधान तर्फ जान नसकेको पाइएको छ।

पाक्नै लागेको धानबालीमा रोग लागेपछि समस्या भएको कृषकले बताए पनि प्रयोगशालाबारे किसानहरु बेखबर छन्।  बाली भित्र्याउने समयमा रोगबाट संक्रमित हुँदा किसानहरुले आम्दानी ह्वात्तै घट्ने सम्भावना रहेको किसान यज्ञ रोकायले बताए।

गाउँपालिकाको सबैभन्दा बढी धान उत्पादन हुने वडा नम्वर ५ , ९,८ , नम्बरमा मा समस्या देखिएको आफू घरमा जाँदा देखेको एकीकृत कृषि प्रयोगशालाका नयाँ कार्यालय प्रमुख चित्रबहादुर रोकायले जानकारी दिए। रोयकाले भने, ‘यो  मरुवा रोग हो। पात सुक्ने, बाला चुँडिएर जाने, गेडा  नै नलाग्ने समस्या हुने गर्छ। ९० प्रतिशत बालीमा क्षति पुग्न सक्ने सम्भावना हुने गर्छ। सिम्तामा चाँही ५० प्रतिशत धानबालीमा क्षती पुग्ने मैले देखेको छु।’

 अघिल्लो वर्षसमेत मरुवा रोगले यहाँको धानबालीमा समस्या बनाएको पाइए पनि किसानहरुले खबर नगरेको उनले जानकारी दिए। सिम्ताको सबैभन्दा बढी धान उत्पादन हुने ठाउँमा मरुवाको आक्रमण हुँदा किसानहरु भारी मात्रामा पीडित भएको उनले थपे। बिउबाटै यो रोगको संक्रमण हुने उनले जानकारी दिए।

कृषि प्रयोगशाला किन प्रभावकारी हुन सकेन?

२०७५ साल असोज २४ मा बिउको गुणस्तर नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिन एकीकृत कृषि प्रयोगशाला   स्थापना गरिएको थियो। प्रयोशालाले कर्णाली प्रदेशका १० जिल्लाका विभिन्न कृषक समूह, बिउ कम्पनी, सहकारी, कृषि विकास कार्यालयहरू र फार्म केन्द्रहरूमा उत्पादित बिउ, बाली निरीक्षण, बीज प्रमाणीकरण आदि गर्ने लक्ष्य छ। तर स्थापना भएदेखि हाल सम्मा कर्णालीका किसानले यसको लाभ लिन नसकेको देखिन्छ।

प्रयोगशालाको अगुवाईमा कृषि विकास कार्यालयमार्फत  स्थानीय तह, तथा कृषि क्षेत्रमा कार्य गर्ने विभिन्न संघ संस्थाहरू संग समन्वय गरी दिगो रूपमा माटोमा भएको उर्वराशक्ति बढाउने उदेश्य भएपनि सो हाल सम्मा हुन सकेको छैन।

माटो विश्लेषण सर्वेक्षण र अध्ययनको आधारमा विभिन्न समस्याहरूको पहिचान गर्ने र समाधानका उपायहरू पत्ता लगाई सिफारिस गरी कृषि प्रसार कार्यलाई सहयोग पुयाउने प्रदेश सरकारको लक्ष्य अझै प्रयोगशालाबाट हुन सकेको छैन। सामान्य रूपमा माटो परीक्षणको शिविर राखिए पनि कर्णालीका सबै जिल्लामा यसको प्रभाव तथा कार्यक्रमहरु सञ्चालन हुन सकेको छैन।

माटोमा आउने विभिन्न किसिमका विकृति अमिलोपना, नुनिलोपना सुधारका लागि कृषि चुन तथा हरियो मल सिफारिस गर्ने भनिए पनि त्यो व्यवहारमा लागू हुन सकेको छैन। माटोको उर्वराशक्ति वृद्धिका लागि हरियो मल, प्राङ्गारिक मल, गोबर मल, रासायनिक मलले खेलेको भूमिकाबारे कृषकहरूलाई अवगत गराउने उदेश्य राखिएको थियो।

एकीकृत कृषि प्रयोगशाला भित्र बिउ विजन प्रयोगशाला, माटो तथा मल परीक्षण प्रयोगशाला र बाली संरक्षण प्रयोगशाला सञ्चालन रहेका छन्। तर नतिजाविहीन प्रयोगशाला हुँदा कर्णालीका नागरिकले यसको अनुभूति गर्न नसकेको अवस्था रहेको छ।

लथालिंग भएको प्रयोगशालालाई सुचारु गरी कर्णालीको कृषि क्रान्तिमा टेवा पुर्‍याउने उद्देश्यमा लाग्न सके यसको नतिजा राम्रो आउने कुरामा दुई मत नरहेको सरोकारवालाहरु बताउँछन्। भर्खरै मात्र सरुवा भएर आएका कार्यालय प्रमुख चित्रबहादुर रोकायले आफूले कर्णालीका जनताका लागि भारी मात्रामा काम गर्ने बताए।

प्रयोगशालामा रहेका केही उपकरणहरु सञ्चालनमा छन्, केही छैनन्, सबैलाई गति दिनका लागि आफ्नो ध्यान त्यहाँ केन्द्रीत भएको उनले बताए।

Previous Post

मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो

Next Post

चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य

सम्बन्धित खबर

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
Load More
Next Post
चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य

चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In