• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डोजरे विकासले महाविनाश

by
१९ अशोज २०८१,
0
डोजरे विकासले महाविनाश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अहिले पहिरोका कारण मुलुकका अधिकांश राजमार्ग र सडक दैनिक जसो अवरुद्ध हुने गरेका छन् । मुलुकले केही समययता पहिरोका कारण जनधनको ठुलो क्षति बेहोरिरहेको छ । हरेक गाउँ र टोललाई मुख्य सडक वा राजमार्गसँग जोड्न सुरु गरिएको ‘डोजरे विकास’ का कारण पहिरो आई राजमार्गहरू क्षतविक्षत हुन थालेका छन् ।

राजमार्गसँग जोडिएका गाउँ र टोलमा अव्यवस्थित सडकका कारण मुलुकभरका राजमार्ग र मुख्य सडक पहिरोले थिलथिलो बन्न लागेका छन् । त्यसै कारण सडकमा पहिरो जाने, भासिने र अवरुद्ध हुने समस्याले जनधनको क्षति पनि हुने गरेको छ ।

राजमार्गसम्म पहुँचमार्गका रूपमा गाउँ र टोलमा निर्माण भइरहेका सडक नै वर्षाको समयमा खहरे खोला बनी लेदो र गेग्य्रानसहित बग्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल खण्ड, बिपी राजमार्ग, पुष्पलाल राजमार्ग ९मध्य पहाडी लोकमार्ग०, अरनिको राजमार्ग, कान्ति लोकपथ, नारायणगढ–मुग्लिङ सडकखण्डलगायत राजमार्ग नराम्ररी बिग्रन थालेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले कुनै अध्ययनबिना केही वर्षयता गाउँटोलमा निर्माण भइरहेका सडकहरू तथा ती सडकहरूलाई राजमार्ग तथा मुख्य सडकसँग जोड्ने गतिविधिका कारण अहिले मुलुकभरिका राजमार्ग तथा सडकहरू पहिरोले थिलोथिलो बन्न पुगेको बताए । पहुँचमार्गका रूपमा निर्माण भइरहेका सडकका कारण पहिरो गई मुलुकभरका राजमार्ग क्षतविक्षत बनाएको उनको भनाइ छ । पहुँचमार्गका रूपमा गाउँटोलमा निर्माण भइरहेका सडक कारण माथिबाट गेग्य्रान र लेदोसहित पहिरो आउने गरेको उनले बताए । सचिव शर्माका अनुसार माथिबाट आउने पहिरोका कारण सम्बन्धित ठाउँको ‘क्याचमेन्ट’ मा नै परिवर्तन आउने गरेको छ ।

पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्द इस्तियाक राईले भौगार्भिक अध्ययनबिना स्थानीय तहमार्फत गाउँटोलमा जथाभाबी भइरहेको सडक निर्माण र ती सडकहरूलाई जसरी पनि मुख्य सडक र राजमार्गहरूसँग जोडिने प्रवृत्तिले पहिरोको समस्या दिनका दिन बढ्दै गएको बताए ।

सङ्घीय सरकारमार्फत हुने गरेको सडकको निर्माण आवश्यक अध्ययन गरेर मात्र गर्ने गरिन्छ तर स्थानीय तह र कतिपय ठाउँमा प्रदेश सरकारबाट पनि निर्माण गरिने सडकहरूका लागि प्रायः अध्ययन गरिएको पाइँदैन । जहाँ पायो त्यहीँ डोजर चलाएर ट्र्याक खोलिएको र सडक निर्माण गरिएको पाइएको छ । जसका कारण राजमार्गहरूमा पहिरोको समस्या बढ्दै गएको छ । उनले मुख्य सडक र राजमार्गमा हुने गरेको क्षति रोक्न बेग्लै कानुनको आवश्यकतासमेत औँल्याए ।

पूर्वमन्त्री राईले आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा रहँदा स्थानीय तहद्वारा अध्ययनबिना सडक निर्माणमा रोक लगाइए पनि स्थानीय तहले कानुनी रूपमा आफ्नो क्षेत्राधिकार भएको भन्दै जथाभाबी सडक निर्माण रोक्न नसकिएको स्मरण गरे । त्यसै गरी अनियन्त्रित रूपमा डाँडाकाँडामा रहेका रुखहरूको कटान पनि पहिरोको कारण रहेको उनको भनाइ छ । पूर्वसचिव तथा सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजङ्ग थापाले अध्ययनबिना स्थानीय सडकहरू जथाभाबी निर्माण गर्दा पहिरो निम्तिएको बताए । सडकसँगै विभिन्न गाउँटोलमा निर्माण भइरहेका पहुँच मार्गहरू पहिरोको मुख्य कारण भएको उनको भनाइ छ । उनले पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबिना नै यस प्रकारका टोले सडक निर्माण हुने गरेको बताए ।

सार्वजनिक सडक ऐन, २०३१ अनुसार राजमार्ग वा मुख्य सडकसँग जोडिएर कुनै संरचना निर्माण गर्नु परेमा तथा पहुँच सडक निर्माण गर्नुपूर्व सडक विभागसँग सहमति लिनुपर्ने हुन्छ तर अहिलेसम्म कुनै पनि स्थानीय तहले त्यस्तो सहमति लिएका छैनन् । ऐनको उल्लङ्घन गरेको अवस्थामा कारबाही गर्ने प्रावधान रहे पनि सडक विभागले अहिलेसम्म कसैलाई कारबाही गर्न सकेको छैन । गोरखापत्र दैनिकमा समाचार छ ।

Previous Post

लमजुङ जाँदै गरेको हाइलक्स दुर्घटना, एकको मृत्यु

Next Post

श्रीलंकन एयरलाइन्सको लापरबाहीले नेपाली खेलाडी बिचल्लीमा

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
श्रीलंकन एयरलाइन्सको लापरबाहीले नेपाली खेलाडी बिचल्लीमा

श्रीलंकन एयरलाइन्सको लापरबाहीले नेपाली खेलाडी बिचल्लीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In