• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

    नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

    थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

    थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

    घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

    घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढीपहिरो : काभ्रेमा प्रारम्भिक राहत वितरण गरिँदै

by
१७ अशोज २०८१,
0
बाढीपहिरो : काभ्रेमा प्रारम्भिक राहत वितरण गरिँदै

बाढीले जगसहित पल्टाएको घर काभ्रेपलाञ्चोक, १५ असोजः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ रोशीस्थित कोलाँती बजारमा शनिबार रोशी खोलाको बाढीले जगसहित पल्टाएको साढे दुईतले घर । खोला किनारमा अवस्थित यो बजारका करिब दर्जन घर–पसल बाढीले बगाएपछि हाल बगरमा परिणत भएको छ । तस्बिरः राजकुमार पराजुली÷रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक। केही दिनअघिको बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई चाँैंरीदेउराली गाउँपालिकाले ५० हजार आर्थिक राहत दिने निर्णय गरेको छ ।

उक्त गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाले विपद्मा परी घर क्षति भई खानबस्न समस्यामा परेका परिवारलाई क्षतिको विवरण सङ्कलन गरी पुनःनिर्माणमा लागिने निर्णय भएको प्रवक्ता धनबहादुर तामाङले बताए ।

यस्तै गाउँपालिकामा अवरुद्ध मुख्य सडक खुलाउने र क्रमशः बाँकी शाखा सडक खुलाइने जनाइएको छ । पनौती नगरपालिकाले प्रतिमृतक परिवारलाइ तत्काल २५ हजार राहत प्रदान गर्ने निर्णय गरेको छ । नगरले तत्कालका लागि विभिन्न सङ्घसंस्था, व्यक्तिको सहयोगमा सङ्कलित राहतबाट प्रतिपरिवार दुई थान त्रिपाल, चामल एक बोरा (२५ किलो), तीन साबुन, एक लिटर तेल प्रदान गरेको छ ।

अविरल वर्षापछिको बाढीपहिरोका कारण बढी मानवीय र भौतिक क्षति भएको पनौती नगरले विपद् पछिको ‘राहत र पुनःस्थापना’का लागि विभिन्न निर्णय र कदम अघि बढाएको हो ।

पनौतीमा बाढीपहिरोमा परी १८ को मृत्यु र २५ जना गम्भीर घाइते भएको पनौतीमा दुई हजारभन्दा बढी पशुचौपाया मरेका छन् । रोशी खोलाको तटीय क्षेत्रमा रहेका करिब पाँच सय घर बगाएका छन् भने करिब दुई सय घरमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ । अधिकांश सडकमा क्षति हुँदा दूध तथा तरकारी ढुवानी हुनसकेको छैन । चालु आर्थिक वर्षमा विनियोजित योजना हाललाई स्थगन गरी राहत र क्षतिग्रस्त क्षेत्रको निर्माणमा लाग्ने निर्णय भएको पनौतीका नगरप्रमुख रामशरण भण्डारीले बताए।

उनका अनुसार निजी र नगरको साझेदारीमा मोटर बाटो पुनःनिर्माण गर्न थालिएको, क्षतिग्रस्त विद्युत्का खम्बा पुनःनिर्माण गरी विद्युत् आपूर्ति नियमित, खानेपानीका लागि क्षति भएका क्षेत्रमा पाइप वितरण गर्नुका साथै तत्कालका लागि ट्याङ्करबाट पानी वितरण गरिएको छ । पनौती क्षेत्रका सात पक्की पुल र एक झोलुङ्गे पुल पूर्ण क्षति भएको, तीन स्वास्थ्य चौकी र २० विद्यालयमा क्षति भएको जनाइएको छ ।

यस्तै धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिकाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने तयारी गरेका छन् । धुलिखेल नगरले नगर क्षेत्रभित्र बाढीपहिरोबाट क्षति पुगेका परिवारलाई राहत उपलब्ध गराउन रु एक करोडको कोष स्थापना गर्ने निर्णय गरेको हो । यसका लागि नगरपालिकाले मानवीयलगायत क्षतिको विस्तृत विवरण सङ्कलन गर्न प्रत्येक वडामा प्राविधिकसहितको टोली परिचालन गरेको छ ।

यसैगरी मण्डनदेउपुर नगरले मृतक परिवारलाई ५० हजारका दरले आर्थिक सहयता गर्ने निर्णय गरेको छ । नगरपालिकाले घाइतेलाई निःशुल्क उपचार गरिरहेको छ । बनेपा नगरले तत्काल वडामा विपद् व्यवस्थापन समितिमार्फत क्षतिको विवरण सङ्कलन गरी सोही विवरणका आधारमा विपद्मा परी मृत्यु हुनेका परिवारलाई जनही ३० हजार, घाइतेलाई २० हजार, पूर्णक्षति भएको घरलाई १० हजार, गोठलाई पाँच हजार, उच्च जोखिममा परेको घरलाई पाँच हजार, पूर्णरुपमा घर क्षति भई अन्यत्र बसोबास गर्ने परिवारलाई १० हजार, दुहुनो गाई वा भैँसी मरेकाको परिवारलाई १० हजार र बाच्छाबाच्छी बाख्राको हकमा भने प्रति पाँच हजारका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले समन्वय, खोज तथा गैर खाद्य सामग्रीको व्यवस्थापन, पूर्वाधार, खाद्य कृषि तथा पशुपक्षी, आश्रयस्थल, स्वास्थ्य तथा पोषण, शिक्षा, बजार अनुगमन, सुरक्षा, खानेपानी सरसफाइ तथा स्वच्छन्दता र सामाजिक संरक्षण लगायतका विषयमा नेतृत्व गर्ने निकायलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार उद्धार, उपचार, पुनःस्थापना, राहातलगायतका कार्यलाई प्राथमिकीकरण गर्दै राहात र पुनःस्थापनाका लागि तत्काल वडासचिव, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतमार्फत तथ्याङ्क सङ्कलन गरी एकद्धार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ ।

बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरणकार्य जारी नै राखिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । उनका अनुसार कार्यालयमा विभिन्न निकाय एवं सङ्घसंस्थाबाट प्राप्त राहत सामग्री प्राथमिकताका आधारमा वितरण गरिन्छ ।

काभ्रेपलाञ्चोकमा पछिल्लो विवरणअनुसार ७० जनाको मृत्यु भएको छ । घटनामा छ जना बेपत्ता भएका छन् भने ७५ जना घाइते भएका छन् । मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो । घटनामा हालसम्म ३१ महिला, २५ पुरुष, आठ बालक र छ बालिकाको मृत्यु भएको हो ।

Previous Post

सिमानामा गोली चलाउँदा नेपालीसहित ६ जनाकाे मृत्यु, १२ जना घाइते

Next Post

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित
फिचर-ब्यानर

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

३० बैशाख २०८३,
थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान
फिचर-ब्यानर

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

३० बैशाख २०८३,
घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर
फिचर-ब्यानर

घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

३० बैशाख २०८३,
Load More
Next Post
मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In