• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

by
१७ अशोज २०८१,
0
बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन। सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो ।

रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार बाढीले एक मान्छे गहिरो खाल्टो बनाएको थियो । उनले भने, “अब करिब पूर्ववतः अवस्थामा आयो, भोलिबाट रेष्टुरेन्ट सञ्चालनमा ल्याउन सकिन्छ ।”

हरेक वर्ष नदी तटीय क्षेत्रमा बाढी आउने भए पनि यस वर्ष अलि बढी क्षति भएको छ । “उहाँको सँगै १५ रेष्टुरेन्ट बाढीले असर पु¥याएको छ, रेष्टुरेन्ट सञ्चालकको छाता संस्था क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) का अध्यक्ष ध्रुव गिरीका अनुसार अधिकांश क्षति पुगेका रेष्टुरेन्ट मर्मत र सरसफाइ गरेर सञ्चालनमा आउन थालेका छन्”, उनले भने, “बाढीपछि अब हामी पर्यटकको पर्खाईमा छौँ ।”

बालुवा र पाँगो माटोले कतै भरिएको तथा कतै बाढीले खोतलेका ठाउँ र संरचना मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार राप्ती किनारका केही होटलमा नदीको बाढी पसेको थियो । ठूलो क्षति नभए पनि आंशिक क्षति केही होटलमा पुगेको थियो ।

होली लज, सपना भिलेज, होटल रिभर साइड लगायतका होटलमा बाढी पसेको थियो । ती होटलको पनि सरसफाइ र मर्मत गरिसकिएको उनले जानकारी दिए ।

उनले भने, “बाढीका कारण अहिले सौराहाका कुनै होटल बन्द छैनन् ।” गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले धेरै राजमार्गमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा परेको छ । गिरीका अनुसार अहिले सौराहामा बढीमा ५०० पर्यटक छन् । गत वर्ष यही समयमा दैनिक चार हजार बढी पर्यटक हुने गर्दथे । तीमध्ये आधा तेस्रो मुलुकका, ३० प्रतिशत नेपाली र २० प्रतिशत चिनियाँ पर्यटक हुने गरेको उनले जानकारी दिए ।

लामो समय बस्ने पर्यटकलाई भिसा निःशुल्क गर्न र चितवन राष्ट्रिय निकुञ्ज प्रवेशको टिकट काटेपछि सात दिन हुने व्यवस्था गर्न सकेमा पर्यटकको सङ्ख्या बढ्ने उनी बताउँछन् । अहिले हरेक दिन निकुञ्जको टिकट काट्नुपर्ने हुन्छ । टिकटको अवधि बढाएमा सौराहासहित पश्चिम चितवन, माडी र चेपाङ मार्गमा पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे यस वर्ष बाढी नआउँदा पनि उत्साह नदेखिएको भन्दै बाढी आएपछि थप प्रभावित भएको बताउँछन् । उनले भने, “विश्व बजारमा नेपालमा घुम्ने रुचि कम भएको पाइयो ।” विदेशी पर्यटकको सङ्ख्या घटेको र नेपाली आउने समयमा बाढीका कारण बाटो अवरुद्ध हुँदा समस्या भएको उनी बताउँछन् । उनले भने, “बाटो बन्द छन्, जहाजको टिकट महँगो छ, त्यो पनि पाइदैन, पर्यटक कसरी आउन सक्नु ?”

सङ्घका महासचिव गुणराज थपलिया यस वर्षको मुख्य यामको सुरुवातीमा पर्यटकको आगमनमा निकै आएको बताउँछन् । त्यसका कारण पर्यटनसँग सम्बन्धित क्षेत्र प्रभावित बनेको उनको भनाइ छ । सौराहामा ४५ निजी हात्ती छन् । ठूलो सङ्ख्यामा जीप, डुङ्गा सबै प्रभावित बनेका छन् । यहाँका १३८ होटल, १०० हाराहारी रेष्टुरेन्टमा अर्बौको लगानी छ । थपलियाका अनुसार एकै रातमा छ हजार ६०० भन्दा बढी अट्न सक्ने क्षमता सौराहामा छ । यद्यपि पर्यटक नहुँदा समस्या भएको उनी बताउँछन् ।

Previous Post

डुबान प्रभावित विनयी त्रिवेणीको बगुवन राहतको पर्खाइमा

Next Post

विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

सम्बन्धित खबर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

१६ असार २०८३,
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
फिचर-ब्यानर

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

१६ असार २०८३,
जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति
फिचर-ब्यानर

जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

१६ असार २०८३,
Load More
Next Post
विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In