• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

    खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने : अमेरिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

    खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने : अमेरिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी

by
१६ अशोज २०८१,
0
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण सिन्धुलीको गड्तिर भेगमा सडक, पुल, भवन, खानेपानीलगायत पूर्वाधार र कृषिबालीमा ठूलो नोक्सानी भएको छ । यस भेगका विभिन्न क्षेत्रमा आवासीय तथा व्यावसायिक भवन डुबानमा परेका छन् भने विद्यालय भवन र स्वास्थ्य संस्थाहरु पनि ठूलो सङ्ख्यामा प्रभावित भएका छन् । खानेपानी र विद्युत् आपूर्तिमा समस्या देखिएको छ । पाक्ने बेलाको धानबालीमा नदी र खोला पसेर क्षति पुर्‍याएको छ ।

विपद्पछि तीनवटै तहका सरकारको सहयोग र समन्वयमा प्राथमिकता निर्धारण गरी राहत तथा पुनःस्थापनाका कार्यक्रमहरू सुरु गरिएका छन् । घर आवास नै गुमाएका परिवारहरूलाई अस्थायी आवास र खाद्यान्नलगायत आधारभूत आवश्यकताका सामग्री वितरणमा स्थानीय सरकार जुटेका छन् । यसै सन्दर्भमा सिन्धुली जिल्लामा बाढीपहिरो र डुबानले गरेको क्षति,राहत तथा पुनःस्थापना तथा विपद् पछिको व्यवस्थापनको अवस्थाबारे त्यहाँका जनप्रतिनिधिसँग गरेको कुराकानीको सम्पादित अंश :

‘विपद् प्रभावितलाई दसैँअघि नै घर पस्ने वातावरण बनाउँछौँ’: सांसद लेखनाथ दाहाल

बाढी, पहिरो र डुबानका कारण सिन्धुली जिल्लाको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा मात्रै करिब एक हजार ५०० बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको छ । विपद्का कारण जिल्लाका यी तीनवटा पालिका सबैभन्दा बढी प्रभावित भएका छन् । त्यस्तै, सुनकोशी गड्तिर क्षेत्रमा मात्रै करिब छ सय बिघा खेतीयोग्य जमिनमा सुनकोशी नदी र रोशी खोलाले पुरेर बालीनालीमा क्षति पुर्‍याएको छ । खेत खण्डहरमा परिणत भएका छन् ।

जल्लामा प्राकृतिक प्रकोपको असर अकल्पनीय र क्षति ठूलो छ । छोटो समयमा आधुनिक र पर्यटकीय सहरतर्फ उन्मुख भइरहेका खुर्कोट, नेपालथोक र मूलकोटमा अर्बौंको लगानीमा खोलिएका होटल र रिसोर्टमा ठूलो क्षति पुगेको छ । फाँटहरू नदी कटानमा परेका छन् । निजी घर, विद्यालय, वडा कार्यालयलगायत संरचना र बस्ती डुबानमा परेर क्षति पुगेको छ । बाढीले घर पुरिएकाले घरभित्रका सामानहरू के–कस्तो अवस्थामा छ भन्ने हालसम्म यकिन नभएकाले पीडितहरू चिन्ता छन् ।

कैयौँ घरका सटर बाढीको बालुवाले छोपेको छ । अहिले प्रभावित क्षेत्रमा १०/१२ वटा ‘ब्याकहो लोडर’ र डोजर लगाएर पुरिएको र बिगे्रभत्केको ठाउँको मर्मतसम्भार गर्ने कार्य भइरहेको छ । जनतालाई दसैँ अगाडि घरभित्र पस्ने वातावरण बनाउने लक्ष्यका साथ पुन:निर्माण र उद्धार कार्यलाई तीव्र तुल्याइएको छ । नदी कटान भएको ठाउँमा व्यवस्थित योजनासहित वैकल्पिक मार्ग निर्माण गर्ने र कोशी किनारलाई तटबन्ध गर्ने कार्यलाई प्राथमिकतामा राखेर धमाधम काम सुरु भएको छ ।

नेपालथोकदेखि भकुण्डेसम्म मुख्य रुपमा सडकमा ठूलो समस्या छ । करिब तीन किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ । त्यस स्थानमा वैकल्पिक मार्ग बनाएर सवारी आवागमन सहज बनाउने प्रयासमा लागेका छौँ । सुनकोशी माथिको सित्खा, खुर्कोट र रोशीका विभिन्न ठाउँमा पक्की पुलसमेत बाढीले बगाएको अवस्था छ ।

बाटो मर्मतका लागि भाडामा लिइएका लोडर, डोजरहरू स्थानीय सरकारबाट इन्धनको व्यवस्था मिलाइएको छ । खानेपानी र विद्युत्को ठूलो समस्या समाधान हुँदै गएको छ । यो समस्या केही दिनभित्रै हल हुनेछ । सबै स्थानीय सडकहरू क्षतिग्रस्त छन् । सडकसँगै विद्युत्का पोलहरू पनि ढलेका छन् । रोशी र कोशीदेखि फिक्कलसम्ममा ५२ वटा विद्यालय भत्केको र डुबानमा परेको प्रारम्भिक विवरण आएको छ । केही स्वास्थ्य चौकीका बाहिरी पर्खालहरू भत्किएका छन् ।

प्रदेश र सङ्घ सरकारबाट राहत र पुनःस्थापनाको प्रतीक्षामा छौँ । उधारोमा काम गरिएको छ । आवश्यक स्वास्थ्यकर्मी परिचालन, इन्धनलगायत सुविधाका लागि विभिन्न निकायसँग समन्वय भइरहेको छ । सामूहिक भोजन र अत्यावश्यक सामग्रीसहित राहतका प्याकेट पनि वितरण गराइएको छ । तत्कालका लागि दाल चामल, नुनतेल जस्ता आधारभूत खाद्य सामग्री स्थानीय सरकारबाट उपलब्ध गराइएको छ ।

‘सडक खुलाउने कार्य प्राथमिकतामा छ’: राजकुमार बराल, उपाध्यक्ष–फिक्कल गाउँपालिका

फिक्कलमा नदी कटान र डुबानबाट निकै ठूलो क्षति भएको छ । खेतीयोग्य जमिनमा नदीको भङ्गालो पसेका छन् । केही घर बगाएको छ । पालिकाको सुम्नाङबेँसी, झहरे, सोखुबेँसी, सर्किनीबेँसी, बान्द्रेबेँसीलगायत स्थान बढी प्रभावित भएका छन् । विद्यालय भवन, झोलुङ्गे पुल, स्वास्थ्यचौकीहरुमा क्षति पुगेको छ ।

उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रम सुरु भइसकेका छन् । अब व्यवस्थित रुपमा कसरी जाने भनेर सर्वदलीय बैठक बोलाएर त्यसको निर्णयका आधारमा हामी अघि बढ्छौँ । क्षतिका आधारमा राहत दिनेगरी तयारी भइरहेको छ । डोजरहरू प्रयोग गरेर बाटो खोल्ने काम भइरहेको छ । हामी सडक खुलाउन लागिरहेका छौँ ।

‘खुर्कोटमा ३५ घर पूर्ण रुपमा क्षति भएका छन्’: ज्वालाप्रसाद न्यौपाने, उपाध्यक्ष–गोलन्जोर गाउँपालिकाका

पालिकाको खुर्कोट क्षेत्रमा मात्र करिब ३५ घरमा क्षति हुँदा ६२ परिवार पूर्ण रुपमा प्रभावित भएका छन् । त्यो क्षेत्रमा ४० वटाको हाराहारी पसलमा क्षति पुगेको छ । के–कति धनजनको क्षति भएको भन्ने विवरण सङ्कलन हुँदैछ । त्यस्तै, बलेनी क्षेत्रमा ११ घर डुबाएको छ । मुर्की, च्याकुटारबेँसी, र बलेनीका तीनवटा प्राथमिक विद्यालय डुबानमा परेका छन् । पालिकाको छ नम्बर वडा कार्यालयमा पनि बाढी पसेर क्षति पुगेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत हैबार, हर्देनी, कुखुरेटारमा ठूलो पहिरोका साथै त्यहाँका झोलुङ्गे पुलमा क्षति पुगेको छ । खुर्कोटका दुईवटा र दिङदिङको माथिल्लो क्षेत्रको पुल बगेको छ । मध्यपहाडी राजमार्ग पुरैजसो पुनः निर्माण गर्नुपर्ने भएको छ । सबै बिग्रिएको छ । त्यसमा करोडौँ खर्च हुने देखिएको छ । सिन्धुलीमा सुनकोशीपछि गोलन्जोर गाउँपालिकामा बढी क्षति देखिएको छ ।

गोलन्जोर गाउँपालिका क्षेत्रको मध्यपहाडी राजमार्गमा भएको अवरोध हटाउन दुईवटा डोजर प्रयोजन भइरहेका छन् । मङ्गलबार अक्करेभीर क्षेत्रको अवरोध हटाइएको छ । नेपालथोकबाट घुर्मीसम्म बिपी राजमार्ग र मध्यपहाडी राजमार्गका धेरै ठाउँमा सडक भत्किएको, भासिएको, माथिबाट पहिरो खसेर ठूलो क्षति भएको छ । सडक भएको ठाउँमा नदीको भङ्गालो र खोलो पसेको छ ।

गोलन्जोरको मात्र करिब ३० बिघा धान खेतमा क्षति पुगेको छ । खुर्कोट, दिङदिङ्, हैबार, मुर्की, कुखुरेटारलगायत क्षेत्र बढी प्रभावित भएका छन् ।

Previous Post

खोटाङ : अवरुद्ध सडक निर्माणका लागि गाउँपालिका अध्यक्ष लोकेन्द्र राईद्धारा ५० लाख बराबरको आपतकालिन बजेट माग

Next Post

सुख्खा पहिरोले कन्टेनर डिब्बामा क्षति

सम्बन्धित खबर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
फिचर-ब्यानर

खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

१६ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१६ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने : अमेरिका

१६ असार २०८३,
Load More
Next Post
सुख्खा पहिरोले कन्टेनर डिब्बामा क्षति

सुख्खा पहिरोले कन्टेनर डिब्बामा क्षति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In