• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री प्रचण्डको ‘दौरा सुरुवाल’ सन्देश

by
१२ पुस २०७९,
0
प्रधानमन्त्री प्रचण्डको ‘दौरा सुरुवाल’ सन्देश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नाटकीय रूपमा राजनीतिमा उलटफेर भएपछि आइतबार अपराह्न नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त भए ।

नवनियुक्त प्रधानमन्त्री दाहालको सोमबार अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको थियो ।

यसअघि दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी अध्यक्ष दाहाललाई यसपटक तेस्रोपटक प्रधानमन्त्री हुने राजनीतिक माहोल खडा भयो । पद तथा गोपनीयताको शपथ समारोहमा नवनियुक्त प्रधानमन्त्रीले नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर सहभागी हुने चर्चा आज बिहानदेखि चलेको थियो । प्रधानमन्त्री दाहालको सचिवालयले नै सो विषयलाई बाहिर प्रचारमा ल्याएको थियो ।

बिहानदेखिको चर्चालाई सही साबित गर्दै प्रधानमन्त्री दाहाल सोमबार तेस्रोपटक पद तथा गोपनीयताको शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगे ।

यसअघि दुईपटक प्रधानमन्त्री भए पनि उनले दौरा सुरुवाल लगाएका थिए । समान्यतया, कोट पाइन्ट लगाउन रुचाउने अध्यक्ष दाहालले नयाँ परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा लगाएका पोसाकको पनि राम्रै चर्चा परिचर्चा भएको छ ।

नेपाल बहुसांस्कृतिक एवं बहुभाषिक विविधतासहितको देश हो । हरेक जातजातिका आ–आफ्नै वेशभूषा र पहिरन रहेको छ । त्यसले आ–आफ्नो विविधतासहितको परिचय दिएको छ ।

प्रधानमन्त्री दाहालले पनि यसअघिका प्रधामनन्त्रीले जस्तै दौरा सुरुवालमा पद तथा गोपनीयताको शपथ लिएर नयाँपनको सुरुआत गरेका छन् ।

यसअघि सामान्यतया सार्वजनिक समारोहमा दौरा सुरुवाल नलगाएका प्रधानमन्त्रीले यसपटक पोसाक प्रयोगमा पनि नयाँपन दिएका छन् । प्रधानमन्त्रीले मात्रै नभई उपप्रधानमन्त्रीत्रयले पनि पद तथा गोपनीयताको शपथ लिँदा सोही पोसाक लगाएका थिए ।

दौरा सुरुवाल नेपाल र भारतको सिक्किम, दार्जिलिङ आदि क्षेत्रमा प्रख्यात र प्रचलित पोसाकका रूपमा रहेको छ । दौरा लामो बाहुला भएको र अगाडि छातीमा दुई फेर गरी दुवैतिर बाँध्न मिल्ने कुमदेखि घुँडासम्मको हुन्छ । सदियौँदेखि पहाडी भेगमा बढी प्रयोग हुँदै आएको पोसाक । त्यसमाथि कोट र शिरमा ढाका वा भादगाउँले टोपी पनि लगाउने प्रचलन छ ।

विसं १६८० को दशकमा सिद्धिनरसिंह मल्लले एउटा रेखाचित्रमा तुना बाँधेको पोसाक पहिरेको देखिन्छ । कैयौँ मल्लकालीन मूर्तिमा पनि यो पोसाक देखिन्छ । ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकबोधकद्रापी शब्द उल्लेख छ । यसलाई भाषाका जानकारहरूले ‘लबेदासरहको’ भन्ने अर्थमा व्याख्या गरेका छन् ।

सोही द्रापीबाट दौरा भएको मानिन्छ । यो दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँध्ने गरी व्यवस्था मिलाइएको हुन्छ । दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टि छेउमा सेप्टी लगाएर त्यसलाई सिइएको हुन्छ । यसमा आठवटा तुना हुन्छन् । ती तुना चार ठाउँमा बाँधिन्छ ।

हालै मात्र नेकपा ९एमाले०का तर्फबाट प्रतिनिधि सभा सदस्यलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दौरा सुरुवाल नै लगाउन भनिएको थियो ।

काठमाडौँको जयबागेश्वरीमा दौरा सुरुवालको पसल चलाउँदै आएका केशव भट्टराई राज्यका तर्फबाट नै राष्ट्रिय पोसाकको प्रवर्द्धनका लागि थप अभियान चलाउनुपर्ने बताउँछन् ।

उनका अनुसार चाडबाडको समय, दसैँ, तिहार र विवाह व्रतबन्धको समयमा बढी चासो र कारोबार हुने दौरा सुरुवालप्रति नेताहरूको लगाव बढ्दै जानुलाई सकारात्मक रूपमा नै लिनुपर्छ ।

राष्ट्रिय पोसाकको प्रवर्द्धनका लागि नेपाली सबैको सार्थक पहल हुनुपर्ने भट्टराईको भनाइ छ । लगाउन सजिलो तथा जुनसुकै मौसममा पनि प्रयोग गर्न सकिने भएकाले दौरा सुरुवालको आफ्नै महत्त्व र विशेषता छ ।

-रमेश लम्साल/रासस

Previous Post

कति छ मंगलबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

समर्थन फिर्ताको धम्कीपछि रविले पाए गृहमन्त्री

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
समर्थन फिर्ताको धम्कीपछि रविले पाए गृहमन्त्री

समर्थन फिर्ताको धम्कीपछि रविले पाए गृहमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In