• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छविलाल जोशीको प्रश्न : एकल चेक मार्फत ६५ करोड हिनामिना गर्ने रविलाई किन पक्राउ नगरेको ?

by
८ अशोज २०८१,
0
छविलाल जोशीको प्रश्न : एकल चेक मार्फत ६५ करोड हिनामिना गर्ने रविलाई किन पक्राउ नगरेको ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको आजबाट बयान सुरु भएको छ । प्रहरीले सरकारी वकिल कार्यालयमा लगेर जोशीको बयान सुरु गरेको हो । सहकारी ठगी, सङ्गठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरण लगायत मुद्दा कारबाहीका लागि सिफारिस भएकाले आवश्यक छानबिन प्रक्रिया सबै विषयमा केन्द्रित भएर गर्ने प्रहरीले जनाएको छ ।

सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीले रवि लामिछानेलाई पक्राउ नगरेर आफुलाई मात्र पक्राउ गरेको भन्दै प्रहरीको ध्यानाकर्षण समेत गराएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पक्राउ गरेर पोखरा पठाउने क्रममा पूर्वडिआइजी जोशीले ‘सञ्चालकलाई पक्राउ गरेको तर एकल रूपमा चेक काट्ने र रकम अपचलन गर्नेलाई कहिले पक्राउ नगरेको भन्दै आक्रोस व्यक्त गरेका छन् । उनका अनुसार रास्वपा सभापतिलाई पनि प्रहरीले त्तत्काल पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडी बढाउन माग गरेका छन् । पक्राउ परेका जोशीले पूर्व गृहमन्त्री एवम रास्वपा सभापतिले उक्त कम्पनीको प्रवन्ध निर्देशक भएर एकलोटी चेक काटेर विभिन्न पाँच वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकम हिनामिना गरेको बताएका छन् ।

‘करोडौं रूपैयाँ उडाउनेलाई सरकारले उन्मुक्ति दिन नहुने भन्दै उनले सरकारको समेत ध्यानाकर्षण गराएका छन् । आफुलाई पक्राउ गरेर रविलाई बचाउने खेल खेल सरकारको सकरात्मक सन्देश बाहिर नजाने भन्दै उनले आक्रोस व्यक्त गरेका छन् ।समितिले जोशीसहित गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको छ।कास्की प्रहरीले अनुसन्धानका लागि समय लिन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाँदा बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए। तर संभव भएन् ।
‘
विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएलगत्तै त्यसलाई सरकारसमक्ष पठाउन सभामुखले निर्देशन दिएका थिए। सरकारले पनि तुरुन्तै निर्णय गरेर सम्बन्धित मन्त्रालयलाई कारबाही अघि बढाउन निर्देशन दिएको थियो। समितिले दिएको प्रतिवेदनअनुसार उनीहरूले सुप्रिम, सूर्यदर्शन, सानोपाइला, सहारा र स्वर्णलक्ष्मी सहकारी बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम लगी ठगी गरेका थिए।

सहकारीबाट मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रूपैयाँ ऋण प्रवाह भएको समितिका सभापति सूर्य थापाले सार्वजनिक रूपमा यस्तौ बताउँदै रवि प्रचलित कानुन अनुसार कारबाहीको भागिदार हुनुपर्ने बताएका छन् । उक्त प्रतिवेदनमा समेत सोही कुरा उल्लेख गरिएको छ । तर रास्वपा सभापतिले सडकमा आफ्ना नेता तथा कार्यकर्ताको भिड जम्मा गरेर आफुले उन्मुक्ति पाउने आंकलन गरेका छन् । अहिले रविलाई बचाउन रास्वपाको सिङ्गो टिम नै लागेको छ ।

सरकारले कारबाहीका लागि सिफारिस भएका सभापति लामिछानेलाई अघिल्लो प्रचण्ड नेतृत्वको सरकारले झैँ उन्मुक्ति दिए कांग्रेस र एमाले मिलेर गठन भएको सरकारको औचित्य पुष्टि हुँदैन् । सरकारले कुनै पनि भ्रष्ट्राचारको आरोप लागेहरुलाई प्रचलित कानुन बमोजिम अनुसन्धानको दायरामा ल्याउनुपर्ने संवैधानिक मान्यता समेत रहेको छ । प्रतिवेदनमा रास्वपाका सांसद शिशिर ढकालले समेत हस्ताक्षर गरेका छन्। सञ्चालकको हैसियतले छविलाल जोशी र रवि लामिछानेको पनि रकम अपचलनमा संलग्नता पुष्टि भएको समितिको ठहर थियो। तर जोशी र लामिछानेले समितिको बैठकमा सहकारीमा आएको रकमबारे आफूहरूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका थिए।

सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। गोर्खा मिडिया दर्ता गर्दा २०७७ भदौ १० गते जिबी राई र छविलाल जोशीले ५०र५० प्रतिशत सेयर लगानी गरेको समितिको प्रतिवेदनमा उल्लेख छ। त्यसबेला सुरुमा पुँजी पाँच करोड राखिएको थियो।

पुँजी बढाएर १२ करोड पुर्‍याउने प्रक्रियामा छविले आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिएका थिए। त्यसपछि जिबीको ५०, छविलालको ३५ र रविको १५ प्रतिशत सेयर कायम भएको समितिको प्रतिवेदनमा उल्लेख छ। रविले सेयर लिन पनि सहकारीकै रकम प्रयोग गरेका थिए। छविलालले आफू प्रहरी परिसरमा कार्यरत रहँदा जिबीसँगै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग भेट भएको समितिलाई जवाफ दिएका छन्।

२०७५ सालमा सेवानिवृत्त भएपछि जोशी जिबीले चलाएको नेटवर्किङ व्यवसाय नेचर हब्र्समा जोडिएका थिए। उनीसँगै व्यावसायिक साझेदारका रूपमा पछि गोर्खा मिडिया नेटवर्कमा पनि साझेदारी गरेका थिए। समितिको प्रतिवेदनअनुसार छविले बुटबलको सुप्रिम सहकारीबाट दुई करोड ५० लाख रूपैयाँ ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए। वीरगन्जको सानो पाइला सहकारीबाट एक करोड ८६ लाख रूपैयाँ ऋण लिएका थिए। पछि मनमुटाव बढेपछि जोशीले गोर्खा मिडियाबाट अलग भएको दाबी गरेका छन् ।

आफूलाई पक्राउको तयारी गरेको सूचना थाहा पाएपछि आइतबार रातभर र सोमबार दिनभर कार्यकर्तावरिपरी जम्मा गरेर आफु सुरक्षामा रहेको बताउँदै आएका थिए । प्रहरीले आइतबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा रहेका लामिछानेलाई पक्राउ गर्ने सूचना दिएको थियो। त्यसपछि उनी आफ्ना नेताहरूसँग छलफलमा बसेका थिए। प्रहरीले लामिछानेको निवास र पार्टी दुवै ठाउँमा निगरानी बढाएको थियो। पक्राउ परिन्छ भनेर उनले आइतबारै कार्यकर्तालाई पार्टी कार्यालय आउन निर्देशन दिएका थिए।

आइतबार प्रहरीले उनलाई पक्राउ गर्ने अवस्था नबनेपछि रविले राति कार्यकर्तालाई सम्बोधन गरेर घरतिर लागेका थिए। त्यसबिचमा उनले आफूलाई पक्राउ नगरिदिन भन्दै कांग्रेस एमालेका नेताहरूसँग हारगुहार गरेका थिए। छविलाल र रविमाथि सहकारीबाट रकम ल्याएर ठगी गरेको, कम्पनी, कागजात किर्ते गरेको, संगठित अपराध, सम्पत्ति शुद्धीकरण तथा कम्पनी रजिस्ट्रार कार्यालयलाई छल गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। आइतबार काठमाडौंबाट पक्राउ गरेर सोही दिन साँझ पोखरा ल्याइएका उनलाई सोमबार म्याद थप गर्न जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो। प्रहरीले जोशीलाई १० दिन म्याद थपेर अनुसन्धान गर्न माग गरे पनि जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ।

अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए। सरकारले बनाएको सहकारी छानबिन समितिले सहकारीको रकम अपचलन गरेको भन्दै सो सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबहादुर राई (जिबी) छविलाल जोशी, रवि लामिछानेसहितलाई कारबाही गर्न सिफारिस गरेको छ। उनीहरूविरुद्ध सहकारी पीडितहरूले कास्की प्रहरीमा उजुरी हालेका छन्। तर अहिलेसम्म रास्वपा सभापति सहकारी प्रकरणमा पक्राउ पर्न सकेका छैनन् ।

Previous Post

भिमाद नगरपालिका खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने

Next Post

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In