• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वन नजिकैको गाउँलाई बचाउन तारजाली

by
३० भदौ २०८१,
0
वन नजिकैको गाउँलाई बचाउन तारजाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज। वन नजिकै बसोबास भएको गाउँलाई वन्यजन्तुबाट बचाउन तारजाली लगाइएको छ ।

मानव वन्यजन्तुबीचको द्वन्द्व रोक्न र स्थानीयका विभिन्न बालीमा नोक्सानी हुन नदिन बाँकेका तीन सामुदायिक वनमा उक्त तार जाली लगाइएको हो ।

शमशेरगञ्ज सब डिभिजन वन कार्यलयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जिल्लाको राप्तीसोनारी गाउँपालिकामा रहेका अशोक सामुदायिक वन उपभोक्ता समूह, जनकल्याण सामुदायिक वन उपभोक्ता समूह र जनमुखी सामुदायिक वन उपभोक्ता समूहमा तार जाली लगाइएको जानकारी दिए ।

“वनसँग जोडिएका धेरै गाउँ छन्, तर अहिले चार गाउँलाई ध्यान दिएर तारजाली गरेका हौं, बजेट थप भएपछि अझै विस्तार गरिनेछ”, उनले भने । जनमुखी सामुदायिक वनको तीनतर्फ वन भएको र बीचमा गाउँ रहेको उल्लेख गर्दै सुवेदीले सो स्थानमा बदेलको आतङ्क रहेको उनले जानकारी दिए ।

वन अधिकृत सुवेदीले बाँके राष्ट्रिय निकुञ्ज नजिकका तीन सामुदायिक वन उपभोक्ता समूहका वन क्षेत्रभित्र पर्ने कम्दी जैविक मार्ग अन्तर्गतका मानव बस्तीका चार सयभन्दा बढी घरधुरी लाभान्वित हुने गरी तारजाली लगाइएको बताए ।

तीन सामुदायिक वनका वन क्षेत्र र बस्तीबीच तीन हजार आठ सय ५० मिटर लम्बाइ रहेको तारजाली जडान गरिएको उनले उल्लेख गरे । त्यसबाट चार सय ६७ स्थानीय घरधुरी लाभान्वित भएको वन अधिकृत सुवेदीको भनाइ छ ।

तारजाली जडान कार्यक्रमअन्तर्गत राप्तीसोनारी–२ टिकुलीपुरस्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समूहमा एकीकृत भू–परिधि व्यवस्थापन आयोजना (इलम)सँगको समन्वयमा एक हजार पाँच सय मिटर तारजाली जडान गरिएको छ । १८ लाख ७८ हजार तीन सय ४० इलम र छ लाख ७० हजार दुई सय ८९ समूहको गरी कुल २५ लाख ४८ हजार छ सय २९ को लागतमा उक्त तारजाली निर्माण गरिएको उनले बताए ।

त्यसैगरी राप्तीसोनारी–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहमा पनि इलमको सहकार्यमा तारजाली जडान गरिएको छ । सो वन समूहमा एक हजार पाँच सय मिटर लामो तारजाली जडान गरिएको छ । त्यसबाट एक सय ३२ घरधुरी लाभान्वित भएका छन् । इलमको १२ लाख २० हजार नौ सय ७६ र समुहको नौ लाख ५९ हजार तीन सय ३७ गरी कुल २१ लाख ८० हजार तीन सय १३ लागतमा तारजाली निर्माण भएको वन अधिकृत सुवेदीले उल्लेख गरे ।

अशोक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भगानुसिंह थारुले तारजाली निर्माण भइसकेपछि स्थानीय पनि सुरक्षित भएको र बालीसमेत ढुक्कसँग भित्र्याउन पाएकामा खुशी व्यक्त गरे । उनले तारजाली हुनुभन्दा पहिले बाघ, बँदेल, स्याल तथा वनबिरालो लगायतका जनावरबाट क्षति व्यवहोर्नुपरेकाले अहिले त्यसबाट छुटकारा मिलेको बताए ।

Previous Post

किन रद्द भयो ठुला १० वाणिज्य बैंकको बाह्य लेखापरीक्षण प्रक्रिया ?

Next Post

स्थिर नीति भएमात्र निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न सक्छ : अध्यक्ष ढकाल

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२५ असार २०८३,
Load More
Next Post
स्थिर नीति भएमात्र निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न सक्छ : अध्यक्ष ढकाल

स्थिर नीति भएमात्र निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न सक्छ : अध्यक्ष ढकाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In