• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार

by
२७ भदौ २०८१,
0
संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा बर्सेनि जीर्ण बन्दै गइरहेको छ । वि.सं. १९८४ मा खड्कशम्शेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक गर्भा दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो ।

सरोकारवाला निकायले संरक्षणमा चासो नदिँदा ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार दिन प्रतिदिन खण्डहरमा परिणत हुँदै गएको स्थानीयले बताए ।

राणाकालीन दरबार जीर्ण हुँदै जाँदा पानी चुहिएर पर्खाल भत्किसकेको स्थानीय प्रेम गुरूङले बताए । लामो समयदेखि भवन प्रयोगविहीन बनेपछि भत्किँदै गएको भन्दै दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको उनले जानकारी दिए ।

ऐतिहासिक दरबारको संरक्षण गर्नसके पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको गुरूङले उल्लेख गर्नुभयो । “राणाकालमा निकै चहलपहल हुने गर्भा दरबारमा २०३२ सालपछि सुनसान बन्दै गएको छ । उक्त दरबारमा २०३३ सालपछि कोही पनि बास नबसेका यहाँका जेष्ठ नागरिकहरु बताउनुहुन्छ”, उनले भने ।

हावापानी, मौसम र भौगोलिक रुपमा उपयुक्त स्थान भएकाले राणाशासकले गर्भालाई रोजेको हुनसक्ने स्थानीयको बुझाइ छ । पम्परागत ईट्टामा मासको गाह्रो लगाएर निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् ।

दश रोपनी क्षेत्रफलमा फैलिएको उक्त दरबार तीन खण्ड र तीन तले छ । तत्कालीन राणा शासकले सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुइँतले सुरुङसमेत बनाएको छ । सुरुङ अहिले पुरिएको छ ।

राणा शासक पोत उठाउन खैराला दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैँनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेका जानकारहरुले बताउँने गरेका छन् ।

ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा रु ६० लाख, आव २०७६/७७ मा रु ५० लाख बजेट विनियोजन गरेको थियो ।

बजेट विनियोजन गरे पनि प्राविधिक कठिनाइका कारण बजेट कार्यान्वन हुन नसकेको पूर्वमुख्मन्त्री दीर्घ सोडारीले बताए । सो दरबार पुरातत्व विभागअन्तर्गत पर्ने भएकाले आफू मन्त्री हुँदा दरबार संरक्षणका लागि विभागको टोली ल्याएर स्थलगत अवलोकन गराएको सोडारीले बताए ।

“विभागको टोलीले स्थलगत अध्ययन गरेर त्यसको सम्पूर्ण जानकारी लिएर फर्केको हो”, सोडारीले भने, “पुरातत्व विभागले दरबारको मर्मतसम्भारका लागि के गर्दैछ भन्ने कुराको सोधखोज भने गरिएको छैन ।”

चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा राखेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । गर्भा दरबार संरक्षण गरी पर्यटन प्रवर्द्धनको योजना बनाइएको उनले उल्लेख गरे ।

पालिकासँग पर्याप्त बजेट नहुँदा प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिएको भन्दै बजेट सुनिश्चित भएपछि योजना कार्यान्वयन गरिने उनले बताए ।

Previous Post

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

Next Post

नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु

सम्बन्धित खबर

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
आवाज

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

२४ असार २०८३,
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
जीवन शैली

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

२४ असार २०८३,
आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
आवाज

आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

२४ असार २०८३,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

२४ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

२४ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

२४ असार २०८३,
Load More
Next Post
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु

नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In