• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विभिन्न देशका मन्त्रीहरुसँग पर्यटनमन्त्री पाण्डेको भेटवार्ता

by
२७ भदौ २०८१,
0
विभिन्न देशका मन्त्रीहरुसँग पर्यटनमन्त्री पाण्डेको भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन् ।

भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनसम्मेलनको साइडलाइन भेटघाटका क्रममा विहीबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा सो विषयमा छलफल गरेका हुन् ।

भेटका क्रममा मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सहित तीनवटा अन्तर्राष्ट्रिय विमान सञ्चलनमा रहेकाले भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले भारतका विभिन्न शहरबाट नेपाली शहरहरुमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरेका थिए ।

उनले पोखरा नेपालका पर्यटकीय राजधानीका रुपमा विकसित भई रहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रभण गरे पछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिनन शहरबाटट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गनुपर्ने विषयमा जोड दिएका थिए ।

यसैबीच बुधबार भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भएको भेटका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न भारतीय मन्त्रीसँग आग्रह गरेका थिए ।

सो क्रममा भातरीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीचको प्रभावकारी अपासी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशबीचको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिएका थिए ।

भेटमा विगतमा दुई देशका संस्कृति तथा पर्यटनमन्त्रीहरुबीच सांस्कृतिक सम्बन्ध मजबुत बनाउने विषयमा एक सझादारी पत्रमा हस्ताक्षर भएको र अहिले त्यसको म्याद सकिएकाले त्यसलाई थप परिमार्जन सहित पुन नवीकरण गर्ने विषयमा छलफल भएको थियो ।

भेटका क्रममा मन्त्री पाण्डेले नेपाल र भारतबीच रहेका नाट्य प्रतिष्ठान कला प्रतिष्ठान जस्ता निकायबीच सांस्कृतिक तथा प्राज्ञिक ज्ञान आदानप्रदान गर्ने जस्ता विषयमा पनि छलफल भएको थियो ।
भारत र नेपलाबीच मानवीय तथा सांस्कृति विषयसँग समबन्धित स्रोतहरु कतै न कतै एक अर्कासँग जोडिएको हुँदा ती विषयमा थप खोज अनुसन्धान गरी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुबै देशका संस्कृतिमन्त्रीबीच छलफल भएको थियो ।

सो भेटका क्रममा पर्यटन तथा संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप गहिराईमा पुर्याउन सकिने विषयमा विचारहरु आदानप्रदान भएको थियो ।

यसै गरी साइडलाइन बैठकका क्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) दुईपक्षीय,म क्षेत्रीय बहुपक्षीय निकायका प्रतिनिधिहरुसँगको बेग्ला बेग्लै भेटमा नेपालले हवाई सुरक्षाका विषयमा शुरु गरेका नीतिगत सुधार लगायत विषयमा मन्त्री पाण्डेले जानकारी गराएका थिए ।

सोही क्रममा आइकाओका इरोपियन युनियन एभियशन सेफ्टिी एजेन्सी (इएएसए) का प्रतिनिधिहरुलाई सरकारले नागरिक उड्डयनका क्षेत्रमा सेवा प्रदायक र नियामक निकायलाई अलग गर्ने विषयमा कानुन निर्माणको कामलाई तीब्रता दिएको र आईकाओको हवाई सुरक्षा अडिटमा गरेको सुधार लगायतका विषयमा जानकारी गराएका थिए ।

भेटका क्रममा भएका गहन छलफलमा नेपालले हवाई उड्डयन क्षेत्रलाई थप विश्वसनीय, सबल र सुरक्षित बनाउन देखाएको तदारुक्ता, कानुनी तथा संरचनागत सुधार जस्ता विषयले नेपालका नागारिक उड्डयन क्षेत्रको आत्मविश्वास अभिवृद्धि भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुले जनाएका छन् ।

आजै दक्षिण कोरियाका नागरिक उड्डयन, भूमि , पूर्वाधार उपमन्त्री जो जोङओनसँग भएको भेटमा नेपाल वायुसेवा निगमका विमानले सिधै कोरियामा उडान गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

सोही क्रममा बुधबार मन्त्री पाण्डेले भियतनामका यातायाता उपमन्त्री ली आन ट्वानसँग पनि द्विपक्षीय भेट गरेका थिए । भेटका क्रममा नेपाल र भियतनामबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने लगायतका नागरिक उड्डयनका क्षेत्रमा आपसी सहयोग अभिवृद्धिका विषयमा छलफल भएको थियो ।

यसैगरी मन्त्री पाण्डेले जापानका भूमि, पूर्वाधार, यातायात तथा पर्यटन राज्यमन्त्री कोनोसुकी कोकुबासँग भेट गरेका थिए । भेटका अवसरमा दुईदेशबीच नागरिक उड्डयन,पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र मानवीय संसाधन विकास लगायतका विषयमा थप सहयोग अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

यी भेटघाटका क्रममा भियतनामबाट जापान र कोरिया लगायतका देशबाट नेपालमा सिधै हवाई उडान गर्न सकिने वातावरण तयार भएको र सरकारले त्यसका लागि आवश्यक प्रवन्ध गरेको कुरा मन्त्री पाण्डेले जानकारी गराएका थिए ।

मन्त्री पाण्डेले बुधबार नयाँ दिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरि दूतावासका अधिकारीहरुसँगको भेटमा दुई देशबीच नागरिक उड्डयन, संस्कृति र पर्यटनका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल गरेका थिए ।

Previous Post

असल ऋणी नपाएपछि बैंकरलाई तनाव, अस्वस्थ प्रतिस्पर्धा बढ्ने खतरा

Next Post

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In