• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

    अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

    मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

    मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

    गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

    गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

    सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

    सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    सम्पत्ति छानबिन आयोगसम्बन्धी सर्वोच्चको आदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटक पर्खिरहेको घलेगाउँ

by
२४ भदौ २०८१,
0
पर्यटक पर्खिरहेको घलेगाउँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ । विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरूको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रूपमा महत्त्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्द्री सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका –३ मा पर्दछ ।

यस गाउँमा जिल्लाभरमै सबैभन्दा बढी पर्यटक आउने गर्छन् । मुलुककै पहिलो स्मार्ट भिलेज, खुसी गाउँ र दक्षिण एसियाकै नमुना गाउँको रूपमा परिचित छ । जिल्लाका धेरै गुरुङ गाउँहरूले पर्यटकीय सम्भावना बोकेका छन् । यीमध्ये घलेगाउँ फरक शैली र पर्यटन क्षेत्रमा फड्को मार्दै जिल्लाकै उदाहरणीय गाउँको रूपमा परिचित छ । यतिबेला यहाँका स्थानीय एवं घरबास (होमस्टे) सञ्चालकहरू पर्यटकको पर्खाइमा छन् । दैनिक दुई सय देखि तीन सय पर्यटक आगमन हुने यहाँ बर्खा लागेसँगै पर्यटकको आगमन ह्वात्तै घटेपछि सुनसान जस्तै बनेको छ । त्यसैले घरवास सञ्चालकहरू यतिबेला वर्खायाम सकिने क्रमसँगै पर्यटकको स्वागत, सत्कार गर्न आतुर भएका हुन् ।

ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव तथा घरवास सञ्चालक दीर्घराज घलेले असार लागेसँगै पर्यटक नहुँदा सुनसान रहेको यस गाउँमा अब बर्खा सकिन लागेकाले मौसम सफा हुने, यहाँ आउने बाटोहरू सफा हुने भएकाले पर्यटक आउने बेला हुन लागेको बताए । यहाँका घरवास सञ्चालकले यतिबेला सुत्ने कोठाहरू सफा गर्ने, पर्यटकका लागि आवश्यक सामग्री तयार गर्न थालेको उनको भनाइ छ । घरवास सञ्चालक हेमकुमारी गुरुङले भनिन्, “बर्खा लागेर तीन महिना पर्यटक ठप्प जस्तै हुँदा दुई चार पैसासमेत आम्दानी छैन, अब बर्खा सकिन लाग्यो पर्यटक आउने र आम्दानी हुने पर्खाइमा छौँ ।”

यहाँका अधिकांश घरवास सञ्चालकको मुख्य आम्दानीको स्रोत नै पर्यटन हो । यहाँ पर्यटकीय सिजनमा प्रति घरवासले ५० हजारभन्दा बढी आम्दानी गर्छन् । पर्यटक नहुँदा फुर्सदिला बनेका घरवास सञ्चालक पर्यटक पर्खँदै उनीहरूका लागि आवश्यक अर्ग्यानिक सामग्रीको तयारीमा व्यस्त छन् । गाउँमा आएका पर्यटकलाई स्थानीयले स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने गर्दछन् । अनि गुन्द्रुक, मकै भटमास, कोदोको सेलरोटी, चियालगायत परिकारहरू खुवाउँछन् । स्वागत र विभिन्न परिकारहरू पर्यटकलाई दिएपछि गुरुङ संस्कृतिको गीत तथा नाचहरू प्रस्तुत गरी पर्यटकलाई भरपुर मनोरञ्जन दिलाउँछन् ।

पर्यटकलाई घरमा लगेर गुरुङ संस्कारमा आधारित घाटु, कृष्ण चरित्र नाच, घ्याबे्र, लामा, सोरठीलगायतका परम्परागत नृत्यहरू प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो । यसबाट आफ्ना संस्कार र संस्कृतिको जर्गेना हुने र पर्यटकले यसबारे जानकारीसँगै मनोरञ्जन लिने गरेको पर्यटन व्यवस्थापन समिति, घलेगाउँका अध्यक्ष तथा क्होलासोथर गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर घलेले बताए ।

पर्यटकको पर्खाइमा बसेका घलेगाउँबासीहरु पर्यटक आगमन हुँदा उत्साहित हुने उनको भनाई छ । घलेगाउँमा घरवासको क्षमताभन्दा बढी पर्यटक आउने बेलामा अन्य छिमेकी गाउँका घरवासमा पठाउने गरेको उनले जानकारी दिए । उक्त समितिका अनुसार विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरवास (होमस्टे) सञ्चालनमा छन् ।

एक रातमा तीन सय जना बास बस्ने क्षमता छ । साथै यहाँ दुई वटा होटल सञ्चालनमा छन् । घरवासमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइ राख्न जुटेका उनीहरूको जातीय पहिचानसहित सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गर्दछन् ।

विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । स्मार्ट भिलेज तथा खुसी गाउँ घोषणा केही वर्षअघि भइसकेको छ ।

नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन भएको गाउँ हो यो । यस गाउँमा करिब एक सय ३५ घरधुरी छन् । यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठ सय ३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), छ हजार नौ सय ६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, छ हजार नौ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार छ सय ७२ मिटर उचाइको बुद्ध हिमाल देखिन्छ ।

यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् । घलेगाउँ काठमाडौँबाट तनहुँको डुम्रे बजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा रहेको छ । बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ ।

Previous Post

जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान

Next Post

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

सम्बन्धित खबर

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती
आर्थिक

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

२७ असार २०८३,
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
आवाज

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

२७ असार २०८३,
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
आवाज

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

२७ असार २०८३,
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
आवाज

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

२७ असार २०८३,
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
आर्थिक

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

२७ असार २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

सम्पत्ति छानबिन आयोगसम्बन्धी सर्वोच्चको आदेश

२७ असार २०८३,
Load More
Next Post
बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In