• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

    काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

    काठमाडौँ–मुग्लिन सडकको फुर्केखोलामा वैकल्पिक सडक मर्मतसम्भारका लागि पाँच घण्टा बन्द हुने

    काठमाडौँ–मुग्लिन सडकको फुर्केखोलामा वैकल्पिक सडक मर्मतसम्भारका लागि पाँच घण्टा बन्द हुने

    अवरुद्ध बेनी-जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    अवरुद्ध बेनी-जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    प्रचारप्रसार तथा पर्यटन पूर्वाधार कमीले धनकुटाका मगर र जनजाति सङ्ग्रहालय ओझेलमा

    प्रचारप्रसार तथा पर्यटन पूर्वाधार कमीले धनकुटाका मगर र जनजाति सङ्ग्रहालय ओझेलमा

    धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

    धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘कहाँ जाने बहिनी भनेर सोध्यो भने दार्जिलिङ घुम्न जान हिँडेको भन्छन्’

by
२१ भदौ २०८१,
0
‘कहाँ जाने बहिनी भनेर सोध्यो भने दार्जिलिङ घुम्न जान हिँडेको भन्छन्’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वी नाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बाहनामा नेपाली किशोरीलाई भारतको विभिन्न शहरमा पुर्‍याउने गरिएको पाइएको छ ।

कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीलाई माइती नेपालका सीमा निगरानीकर्ताले जाँच गरेर सुरक्षित रूपमा घर फर्काइरहेको माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए ।

‘विगत सात महिनामा हामीले काँकडभिट्टा बोर्डरमा निगरानी गर्दा १८ वर्षमुनिका एक सय १९ जना नाबालिगलाई उद्धार गरेका छौँ’, उनले भने, ‘उद्धार गरिएका ती अधिकांश किशोरी छन् । उनीहरूलाई मानव बेचबिखनमा संलग्न गिरोहले रोजगारीको बहानामा फकाएर भारत लैजाँदै थियो ।’

पछिल्लो समय मानव बेचबिखनको शैली फेरिएको जनाउँदै उनले नेपाली युवतीलाई भारतीय भूमि पुर्‍याएर भिजिट भिसामार्फत घरेलु कामदारका लागि हङ्कङ र खाडी मुलुक लैजाने प्रवृत्तिसमेत बढेको बताए । माइती नेपालले मानव बेचबिखनका लागि भइरहेका आपराधिक गतिविधि रोक्न सीमामा निगरानी बढाएको समेत जनाएको छ ।

‘एक दशक पहिलेको कुरा गर्ने हो भने नाकाबाट लुकीछिपी नेपाली किशोरीहरूलाई भारत पुर्‍याएर सिधै यौन शोषण हुने कोठीमा बन्धक बनाइन्थ्यो’, उनले भने, ‘श्रम शोषण गर्ने शैली बदलिएको छ । सामाजिक सञ्जालबाट अपत्यारिलो तलब पाइने जागिरको लोभ देखाउने र भारत लगेर जबर्जस्ती श्रम शोषण गर्ने गिरोहको चलखेल अचेल बढेको पाइएको छ ।’

सन् २०२४ को जनवरीदेखि जुलाईसम्मको सात महिनामा माइती नेपालले पूर्वीनाका काँकडभिट्टामा भारत जाँदै गरेका छ हजार सात सय ९१ जनालाई सीमामा रोकेर जाँच गरेको जनाएको छ । यसमध्ये आठ सय एक जनालाई परामर्शपछि सुरक्षित रूपमा फर्काइएको छ ।

सीमामा रोकेर जाँच गरेर फर्काइएका आठ सय एक जनामध्ये १८ वर्ष मुनिका एक सय १९ जना नाबालिग थिए । माइती नेपालको तथ्याङ्कअनुसार सोही अवधिमा काँकडभिट्टा नाकाबाट उद्धार गरेर सुरक्षित रूपमा २२ जना नाबालिगलाई घर पुर्‍याइएको छ ।

उक्त अवधिमा भारतको विभिन्न शहरमा जोखिमपूर्ण श्रम शोषणमा परेका चार जना नाबालिगलाई उद्धार गरेर नेपाल ल्याइएको घिमिरेले जानकारी दिए । माइती नेपालले काँकडभिट्टालगायत विभिन्न नाकामा निगरानीका लागि कर्मचारी परिचालन गर्दै आएको छ । उनीहरूले भारत जान लागेका बालबालिका र शङ्कास्पद व्यक्तिहरूलाई तत्कालै सोधपुछ र जाँच गर्दै आएका छन् ।

भारतको दार्जिलिङ, सिलिगुढी घुम्न जाने र नातेदारको घरमा पाहुना खान जाने भन्ने बहाना बनाएर गिरोहले नेपाली किशोरीहरूलाई नाका कटाउने गरेको माइती नेपालको सीमा निगरानीकर्ता गङ्गा मगरले बताइन् ।

‘कहाँ जाने बहिनी भनेर सोध्यो भने कोहीले दार्जिलिङ घुम्न जान हिँडेको भन्छन् भने कोहीले आन्टीको घरमा पाहुना लाग्न गएको भनेर हामीलाई झुक्याउन खोज्छन्’, सीमा निगरानीकर्ता मगरले भनिन्, ‘उनीहरूको हाउभाउ र बोलाइबाटै हामीलाई उनीहरूलाई कसैले प्रलोभनमा पारेर भारत लैजाँदैछ भन्ने थाहा भइहाल्छ । घर ठेगाना, जाने ठाउँको नाम र कामको प्रकृति सोधीखोजी गरेपछि उनीहरूको अवस्था खुलिहाल्छ । भारत लैजाने गिरोहले नै उनीहरूलाई बोर्डरमा ढाँट्न सिकाएको हुन्छ । १८ वर्षमुनिका किशोरीलाई हामी कडा निगरानीमा राख्छौँ ।’

केही वर्षयता काँकडभिट्टा नाकाबाट लुकीछिपी भारतको सिलिगुढी आसपास पुर्‍याएर नेटवर्किङ धन्धामा नेपाली किशोरीलाई फसाउने प्रवृत्ति बढेको माइती नेपाल काँकडभिट्टाका संयोजक घिमिरेले बताए । भारतको सिलिगुढी, चेन्नाइलगायत शहरमा पुर्‍याएर ३० हजार भारु मासिक तलब दिने लोभ देखाएर नेपाली चेलीलाई फसाउने गरिएको र लगिसकेपछि होटल, रेस्टुराँ र घरेलु कामदारका रूपमा बन्धक जस्तो बनाएर काममा लगाउने गरिएको धेरै गुनासो आउने गरेको उनले जानकारी दिए ।

पश्चिम नेपालको जुम्ला, बाजुरा, दाङलगायत जिल्लाबाट ऋण काढेर रोजगारी खोज्दै आएका किशोरी इम्पोरियम, ग्लोबल, नेस्क्ट ग्रिप, आर्ज ट्रेडलगायत विभिन्न नेटवर्किङ धन्धामा आफ्नो भएभरको सबै रकम डुबाएर विचल्लीमा पर्ने गरेको माइती नेपालको सम्पर्कमा उद्धार भएकाहरूले बताउने गरेका छन् ।

Previous Post

घाइते अवस्थामा देखिएको चितुवा मृत फेला

Next Post

जुम्लाको हिमा गाउँपालिका साक्षर घोषणा

सम्बन्धित खबर

पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
समाचार

पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

१७ अशोज २०८३,
काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना
समाचार

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

१७ अशोज २०८३,
काठमाडौँ–मुग्लिन सडकको फुर्केखोलामा वैकल्पिक सडक मर्मतसम्भारका लागि पाँच घण्टा बन्द हुने
समाचार

काठमाडौँ–मुग्लिन सडकको फुर्केखोलामा वैकल्पिक सडक मर्मतसम्भारका लागि पाँच घण्टा बन्द हुने

१७ अशोज २०८३,
अवरुद्ध बेनी-जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
समाचार

अवरुद्ध बेनी-जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

१७ अशोज २०८३,
प्रचारप्रसार तथा पर्यटन पूर्वाधार कमीले धनकुटाका मगर र जनजाति सङ्ग्रहालय ओझेलमा
समाचार

प्रचारप्रसार तथा पर्यटन पूर्वाधार कमीले धनकुटाका मगर र जनजाति सङ्ग्रहालय ओझेलमा

१७ अशोज २०८३,
धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित
समाचार

धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

१७ अशोज २०८३,
Load More
Next Post
जुम्लाको हिमा गाउँपालिका साक्षर घोषणा

जुम्लाको हिमा गाउँपालिका साक्षर घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In