• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

    काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

    काठमाडौँ–मुग्लिन सडकको फुर्केखोलामा वैकल्पिक सडक मर्मतसम्भारका लागि पाँच घण्टा बन्द हुने

    काठमाडौँ–मुग्लिन सडकको फुर्केखोलामा वैकल्पिक सडक मर्मतसम्भारका लागि पाँच घण्टा बन्द हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रचारप्रसार तथा पर्यटन पूर्वाधार कमीले धनकुटाका मगर र जनजाति सङ्ग्रहालय ओझेलमा

metakhabar by metakhabar
१७ अशोज २०८३,
0
प्रचारप्रसार तथा पर्यटन पूर्वाधार कमीले धनकुटाका मगर र जनजाति सङ्ग्रहालय ओझेलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा। संस्कृति, इतिहास र पहिचानलाई जोगाइराख्ने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति सङ्ग्रहालय अहिले ओझेलमा परेका छन् । बाहुल्य बसोबास रहेका स्थानीय समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएका यी सङ्ग्रहालय पर्याप्त प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र पूर्वाधारको अभावका कारण ओझेलमा परेका हुन् ।

चौबिसे गाउँपालिका–२ मुढेबासस्थित डाँडागाउँमा रहेको मगर सङ्ग्रहालयमा मगर समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका एक सयभन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक सामग्री सङ्ग्रह गरिएको छ । सङ्ग्रहालयभित्र प्रवेश गर्दा पुराना भाँडाकुँडा, परम्परागत वेशभूषा, बाजागाजा, काठका सामग्री, कृषि औजार तथा हातहतियारले मगर समुदायको जीवनशैली, रहनसहन र इतिहासलाई जीवन्त बनाउने गरेको छ । तर, यस्ता अमूल्य सम्पदाको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या भने ज्यादै न्यून रहेको छ ।

मगर समुदायको मौलिक संस्कृति संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्ना परम्परा र इतिहाससँग परिचित गराउन सङ्ग्रहालय निर्माण गरिएको गाउँपालिकाकी उपाध्यक्ष टङ्कमाया पाङ्मी मगरले बताउनुभयो । उहाँका अनुसार चार वर्षअघि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत प्राप्त १० लाख रुपैयाँबाट सङ्ग्रहालय निर्माणको काम सुरु गरिएको थियो । ‘हामीले मगर समुदायका लोप हुन लागेका सामग्री सङ्कलन गरेर सुरक्षित राखेका छौँ । तर पर्याप्त प्रचारप्रसार हुन सकेको छैन ।’ उहाँले भन्नुभयो, ‘सङ्ग्रहालयसँगै होमस्टे सञ्चालन गर्ने योजना पनि थियो । होमस्टे सञ्चालनको कार्यक्रम कार्यान्वयन हुन नसक्दा पर्यटक आकर्षित गर्न सकिएको छैन् ।’

धनकुटा जिल्लामै मगर समुदायको उल्लेख्य बसोवास रहेको मुढेबासमा स्थापना गरिएको मगर सङ्ग्रहालय स्थानीय संस्कृति संरक्षणको केन्द्र बन्न सक्ने सम्भावना रहेको छ । तर पर्यटनसँग जोड्ने स्पष्ट योजना नहुँदा अवलोकनकर्ताको कमी भएको स्थानीय प्रेमबहादुर मगरले बताउनुभयो ।

यस्तै चौबिसे गाउँपालिका–७ डाँडाटोलमा रहेको जनजाति सङ्ग्रहालयको अवस्था पनि उस्तै छैन । २०७५ सालमा निर्माण गरिएको यस सङ्ग्रहालयमा विशेषगरी लिम्बू समुदायको संस्कार, संस्कृति र जीवनशैलीसँग सम्बन्धित सामग्री राखिएका छन् । साथै याखा, मगरलगायत अन्य जनजातिका सांस्कृतिक सामग्रीसमेत सङ्ग्रह गरिएको छ । सङ्ग्रहालयसम्म पुग्न सडक सुविधा रहेकाले साना तथा ठूला सवारीसाधन सहजै पुग्न सक्छन् । भौतिक पहुँच भए पनि पर्यटकको आगमन भने अपेक्षाअनुसार हुन सकेको छैन । सङ्ग्रहालय निर्माण मात्र गरेर संस्कृति संरक्षणको उद्देश्य पूरा नहुने र त्यसलाई पर्यटनसँग जोड्दै नियमित प्रवर्द्धन गर्न आवश्यक गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले बताउनुभयो । ‘सङ्ग्रहालयमा महत्वपूर्ण सांस्कृतिक सम्पदा सुरक्षित छन् । तर त्यसबारे धेरैलाई जानकारी छैन ।’, अध्यक्ष चेम्जोङले भन्नुभयो, ‘प्रचारप्रसार, पर्यटन प्याकेज र स्थानीय सहभागितालाई जोड्न सकियो भने यी सङ्ग्रहालयले गाउँपालिकाको पहिचान स्थापित गर्न सक्छन् भन्ने लागेको छ ।’

सङ्ग्रहालय केवल पुराना वस्तु राख्ने ठाउँ मात्र होइन, समुदायको इतिहास, सभ्यता र पहिचानको जीवित अभिलेख रहेको अध्यक्ष चेम्जोङको भनाइ छ । यस्ता संरचनालाई विद्यालयस्तरीय शैक्षिक भ्रमण, सांस्कृतिक महोत्सव, स्थानीय कला–संस्कृति प्रदर्शन तथा होमस्टेसँग जोड्न सके पर्यटन विकाससँगै स्थानीय आर्थिक गतिविधि पनि बढ्ने अध्यक्ष चेम्जोङले बताउनुभयो । त्यसो त धनकुटाको चौबिसे गाउँपालिका प्राकृतिक सुन्दरता, जैविक विविधता र जातीय सांस्कृतिक विविधताले सम्पन्न क्षेत्र हो । यहाँ रहेका सङ्ग्रहालयलाई पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सके स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीयको रहेको छ ।

सङ्ग्रहालय निर्माणमा लगानी गरिसकेपछि त्यसको दीर्घकालीन सञ्चालन, व्यवस्थापन र प्रचारप्रसारमा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको स्थानीय दलबहादुर मगरले बताउनुभयो । अन्यथा संस्कृति जोगाउने उद्देश्यले निर्माण गरिएका यस्ता संरचना सधैँ सुनसान हुने र लगानीको उचित प्रतिफलसमेत प्राप्त नहुने उहाँको भनाइ छ । आवश्यक प्रवर्द्धन, पर्यटन पूर्वाधार र प्रभावकारी व्यवस्थापन हुन सके यी सङ्ग्रहालय स्थानीय पहिचानका मात्र होइन, प्रदेशकै महत्वपूर्ण सांस्कृतिक पर्यटन गन्तव्य बन्न सक्ने पर्याप्त सम्भावना बोकेको स्थानीय जीवन याखाको भनाइ छ ।

Previous Post

धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

Next Post

अवरुद्ध बेनी-जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

metakhabar

metakhabar

सम्बन्धित खबर

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते
समाचार

दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

१७ अशोज २०८३,
नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण
समाचार

नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

१७ अशोज २०८३,
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
समाचार

पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

१७ अशोज २०८३,
काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना
समाचार

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

१७ अशोज २०८३,
काठमाडौँ–मुग्लिन सडकको फुर्केखोलामा वैकल्पिक सडक मर्मतसम्भारका लागि पाँच घण्टा बन्द हुने
समाचार

काठमाडौँ–मुग्लिन सडकको फुर्केखोलामा वैकल्पिक सडक मर्मतसम्भारका लागि पाँच घण्टा बन्द हुने

१७ अशोज २०८३,
Load More
Next Post
अवरुद्ध बेनी-जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी-जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In