काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेस गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्।
शीतलनिवासमा आयोजित एक कार्यक्रमबिच पदक विजेता पलेसालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
पलेसाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिइएको थियो। सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै देशको शीर उँचो भएको र अर्को पटक स्वर्ण पदक अपेक्षा गरेको बताए।
सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबुआमा र खेल संघका पदाधिकारीहरुको सहभागिता थियो।













