विराटनगर । चार दिनअघि मृत नावालिग छोरीहरूलाई छाडेर बेपत्ता भएकी अस्मिता न्यौपाने झापाको बिर्तामोडमा भेटिएकी छन् । आमा बेपत्ता भएपछि छोरीहरूलाई उनैले विष खुवाएर हिँडेको आशंका थियो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र २ नावालिग मृत फेला परेका थिए ।
घरमा श्रीमानसँग विवाद भएपछि अस्मिताले सँगै लिएर गएको भनिएका छोरीहरू १ वर्षीय आइका र ३ वर्षीय अर्पणा गत शनिवार दिउँसो मृत फेला परेका थिए । अस्मिता सुन्दरहरैँचा–७ मा श्रीमान् अर्जुन कार्कीसँग बस्दै आएकी थिइन् ।













