• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस

by
१९ भदौ २०८१,
0
जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उनीसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए ।

लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे । बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै बसपार्क निर्माण भएको थियो । तर बसपार्क सञ्चालनमा आउन भने लामो समय कुर्नुपरेको उनले बताए ।

“धान फल्ने खेत दान गरेको लामो समयपछि भए पनि बसपार्क सञ्चालनमा आउँदा खुसी लागेको छ, ढिलै भए पनि विकास भएको अनुभव गर्न पाइयो”, भण्डारीले भने, “बसपार्क बनाउन १४ रोपनी दान दिने बुबा आमा अहिले नभए पनि उनको सम्झना भने रहिरहनेछ ।”

पहुँचमार्ग बिस्तारपछि बागलुङ बसपार्क सञ्चालन आएको हो । बसपार्कको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । बसपार्कमा धौलागिरी गण्डकी यातायातलगायतका सेवा प्रदायक कम्पनीले बसपार्कबाट सेवा सञ्चालन सुरु गरिसकेका छन् ।

जग्गादाता गोविन्द उपाध्यायले भने, “नगरपालिकासँग सम्झौता गरेर जग्गा दिएका थियौ, त्यो बेला उपयोग नहुने जग्गा फिर्ता हुने सर्तसहित नगरपालिकालाई जग्गा दिएको हो, अहिले बसपार्क बनेपछि खुसी लागेको छ ।” उनले बसपार्क निर्माणमा उपयोग नभएको जग्गा फिर्ता पाउनेमा आशा बढेको बताए ।

बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको जानकारी दिए । “बसपार्क कूल १७ रोपनीमा निर्माण भएको छ, बाँकी ४२ रोपनी जग्गा जग्गादातालाई फिर्ताको तयारी भइरहेको छ”, उनले भने । उनले जग्गादातालाई बसपार्क उद्घाटनमा सम्मान गरिएको बताए ।

विसं २०५८ सालमा स्थानीयले कुल ५९ रोपनी जग्गा नगरपालिकालाई दिएका थिए । उपयोग नभएको जग्गामा हाल पलटिङ भइरहेको छ । दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउन नक्शाङ्कन अन्तिम चरणमा पुगेको जनाइएको छ ।

बसपार्कमा ७० बस, एक सय वटा कार पार्किङको क्षमता छ । त्यसबाहेक २० वटा व्यापारिक सटर समेत राखिएको छ ।

Previous Post

चिकित्सा शिक्षा आयोगकाे नतिजा प्रकाशनविरुद्ध विद्याथीहरु आन्दोलित

Next Post

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

१२ जेष्ठ २०८३,
सार्वजनिक जग्गामा स्याउ बगैँचा
आर्थिक

सार्वजनिक जग्गामा स्याउ बगैँचा

१२ जेष्ठ २०८३,
कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण
फिचर-ब्यानर

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

१२ जेष्ठ २०८३,
अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण
फिचर-ब्यानर

अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

१२ जेष्ठ २०८३,
Load More
Next Post
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In