काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्डअनुरुप एनएफआरए०९ एक्सपेक्टेड क्रेडिट लस (ईसीएल) मोडल कार्यान्वयनका लागि केबी चित्रकार एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ससँग सम्झौता गरेको छ।
सम्झौतापछि बैंकको जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउँदै सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्दत पुग्ने विश्वास बैंकको छ।
सम्झौता कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्ड पूरा गर्न, सञ्चालन क्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशन प्रभावकारी कार्यान्वयन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ अभ्यासलाई अझ सुदृढ बनाउन मद्दत पुग्ने बैंकले बताएको छ।













