• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    मनसुन सक्रिय रहँदा किसानलाई सहज

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना

    नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

    नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

    मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

    मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

    ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने

    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    मनसुन सक्रिय रहँदा किसानलाई सहज

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना

    नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

    नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

    मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

    मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

    ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने

    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण गरिँदै

by
१८ भदौ २०८१,
0
बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार थप गरिएको छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका साथै भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको बाटुलेचौरमा गत आर्थिक वर्षमा सङ्घीय प्रदेश र स्थानीय सरकारको सहयोगमा पूर्वाधार थप गरिएको हो ।

कालीका भगवती मन्दिर र शिवको विशाल मूर्ति रहेको बाटुलेचौरमा आउने धार्मिक पर्यटकको सहजताका साथै मन्दिर परिसरलाई थप आकर्षक बनाउन पूर्वाधार निर्माण गरिएको मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिए । उनका अनुसार मन्दिर परिसरमा बरपीपलका चौतारी निर्माण गरिएका छन् ।

बरपीपलका चौतारी समुदायको साझेदारीमा निर्माण गरिएको बताउँदै पौडेलले बरपिपल रोप्न चाहनेले प्रतिव्यक्ति वा परिवार रु १० हजार बराबरका चौतारी निर्माण गरेका छन् । मन्दिर परिसरमा एक सय २४ वटा चौतारी रहेको उनले बताए। “शनित्रयोदशीमा एक सय आठ पीपल चौतारी घुम्न र पूजा गर्न स्थानीय र छिमेकी जिल्लाबाट दर्शनार्थीहरु आउने गर्दछन्”, उनले भने ।

मन्दिर परिसरमा सत्तल, दर्शन गर्न आउने ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक दिवा केन्द्र निर्माण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत रु ९९ लाखको लागतमा भवन निर्माण गरिएको पौडेलले जानकारी दिए । पूर्वाधार निर्माण गर्न गण्डकी प्रदेश सरकारबाट रु २५ लाख, कुश्मा नगरपालिकाबाट रु १० लाख विनियोजन भएको थियो ।

चालु आर्थिक वर्षमा पनि रु २० लाख विनियोजन भएको अध्यक्ष पौडेलले उल्लेख गरे । उनका अनुसार भगवान् शिवको अग्लो मूर्ति, मन्दिर प्रवेश गर्ने पूर्व र पश्चिमतर्फ आकर्षक प्रवेशद्वार, पीपल चौतारी हुँदै प्रवेशद्वारसम्म पदमार्ग, मन्दिरसम्म पुग्न पक्की सडकलगायत पूर्वाधार निर्माण गरिएको छ ।

सदरमुकाम कुश्मा बजारबाट १२ किलोमिटरको दूरीमा रहेको यो मन्दिरमा पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटक घुम्ने तथा विभिन्न म्युजिक भिडियो र वृत्तचित्र छायाङ्कन गर्ने स्थलका रूपमा परिचित हुँदै गएको अध्यक्ष पौडेलले बताए ।

बाटुलेचौर पछिल्लो समय धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएकाले पर्यटन प्रवर्द्धन र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले मन्दिर आसपास घरबार र होटल सञ्चालनमा ल्याइएको स्थानीय युगनाथ पौडेलले बताए ।

राजा दशरथले आफ्ना भाञ्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि यहाँ पूजाआजा गरी मन्दिर निर्माण गरिएको किंवदन्ती रहेको उनले जानकारी दिए।

स्थानीय पौडेलका अनुसार संरक्षण अभावमा यहाँका विभिन्न पुरातात्त्विक समान विभिन्न समयमा हराइसकेका छन् । मन्दिर रहेको स्थानमा करिब दुई सय वर्ष पुराना संरचना भए विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले मन्दिर निर्माण गरेपछि नियमित पूजा हुँदै आएको जानकारहरूले बताउने गरेका उनले उल्लेख गरे।

छिमेकी जिल्ला बागलुङको बागलुङ कालिका मन्दिर जस्तै प्रसिद्धि कमाएको बाटुलेचौरमा टाढा टाढाबाट दर्शनार्थीहरु पूजापाठका लागि आउने गर्दछन् । यहाँ बडादसैँ, चैत्राष्टमी, बाला चतुर्दशी, शिवरात्रिलगायत चाडपर्वमा मेला लाग्ने गर्दछ ।

मेला भर्नका लागि पर्वतको कुश्मा र फलेबास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला स्याङ्जाका दर्शनार्थी आउने गरेको अध्यक्ष पौडेलले जानकारी दिए । यहाँबाट पर्वतको सदरमुकाम कुश्मा, बागलुङ, म्याग्दी र स्याङ्जाका विभिन्न स्थानका साथै अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेलगायत हिमशृङ्खला स्पष्ट दृश्यावलोकन गर्न सकिने उनले बताए ।

यसैबीच बाटुलेचौरको प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले यस वर्षको हरितालिका तीजको अवसरमा ‘दोस्रो बाटुलेचौर तीज मेला’ आयोजना गरिएको छ । यही भदौ २१ गते तीजको अवसरमा बाटुलेचौर कालीका भगवती मन्दिर क्षेत्र विकास संस्था र स्थानीय ठूलीपोखरी वडा कार्यालयको संयुक्त आयोजनामा तीज मेला आयोजना गर्न लागिएको हो ।

मेलामा मौलिक तीज गीत प्रतियोगिता, विद्यालय तथा खुला नृत्य प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति राखिएको आयोजकले जनाएको छ ।

Previous Post

सहकारीको बचत ठगि छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थपिँदै

Next Post

ताप्लेजुङमा ७ सय २६ जनाले पाए राष्ट्रिय परिचयपत्र

सम्बन्धित खबर

मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

मनसुन सक्रिय रहँदा किसानलाई सहज

१२ साउन २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आवाज

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

१२ साउन २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
आवाज

सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना

१२ साउन २०८३,
नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस
आवाज

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

१२ साउन २०८३,
मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना
आर्थिक

मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

१२ साउन २०८३,
ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
आर्थिक

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

१२ साउन २०८३,
Load More
Next Post
ताप्लेजुङमा ७ सय २६ जनाले पाए राष्ट्रिय परिचयपत्र

ताप्लेजुङमा ७ सय २६ जनाले पाए राष्ट्रिय परिचयपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In