• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बसपार्क सञ्चालनमा ढिलाइ, ट्राफिक व्यवस्थापनमा समस्या

by
१६ भदौ २०८१,
0
बसपार्क सञ्चालनमा ढिलाइ, ट्राफिक व्यवस्थापनमा समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत ।सडक सञ्जाल फैलिएको ३३ वर्षपछि पर्वतको कुश्माबजारमा सुविधासम्पन्न बसपार्क निर्माण भएको छ ।

कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा विसं २०७९ कात्तिकदेखि बसपार्क निर्माण थालिएकोमा गत असार १५ मा सम्पन्न भएको हो । सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत ठेक्का सम्झौता भई निर्माण गरिएको बसपार्क सञ्चालनमा भने ढिलाइ भएको छ ।

सात करोड १५ लाख ३० हजार लागतमा निर्माण भएको बसपार्क दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउनसकेको छैन ।

बसपार्क निर्माणको जिम्मा पाएको विजय राङखोला सिद्धबाबा जेभी कम्पनीका प्राविधिक सविन श्रेष्ठले गत असारमै बसपार्क सम्पन्न भए पनि स्वामित्व हस्तान्तरणमा ढिलाइ भएकाले सञ्चालनमा आउन नसकेको बताए।

उनले भने, ‘हामीले गत असारमै बसपार्क सम्पन्न गरिसकेका छौँ तर कार्यालयलाई हस्तान्तरण गरिएको छैन । सघन सहरी तथा भवन निर्माण कार्यालयले स्थानीय कुश्मा नगरपालिकालाई हस्तान्तरण गर्न समय लागेकाले सञ्चालनमा आउन ढिलाइ भएको हो ।’

बसपार्क टर्मिनल भवन, यात्रीकक्ष र पसलका लागि सटर निर्माण, रङरोगनलगायत सम्झौताअनुसार काम सकिएको छ । बसपार्कमा साना र ठूला सवारीलाई छुट्टाछुट्टै पार्किङको व्यवस्था मिलाइएको छ । बसपार्कबाट नै टिकट काट्न मिल्नेगरी टिकट बुकिङ काउन्टरको व्यवस्था गरिएको छ ।

एघार महिना निर्माण अवधि रहे पनि नौ महिना ढिलोगरी बसपार्क सम्पन्न भएको थियो । समयमै पर्याप्त बजेट निकासा नहुँदा पनि केही ढिलाइ भएको सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले जनाएको छ ।

कार्यालय प्रमुख सुनिता श्रेष्ठकले कुश्मा नगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रिया लम्बिएका कारण बसपार्क सञ्चालनमा ढिलाइ भएको बताए। उनले नगरप्रमुख रामचन्द्र जोशी र प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमसँग समन्वय भइरहेको र अब केही समयमै हस्तान्तरण प्रक्रिया अघि बढाइने बताए।

निर्माण सम्पन्न भएर पनि समयमै सञ्चालनमा नआउँदा ट्राफिक समस्या भने ज्युँका त्युँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सीताराम ओझाले बताए । ओझाकानुसार कुश्माबजारबाट दिनहुँ काठमाडौं, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकडभिटालगायत सहरमा सार्वजनिक सवारिसाधन छुट्ने गर्छन् भने दैनिक हजारौँको सङ्ख्यामा सवारी बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हुँदै जाने गर्दछन् ।

सवारी साधन असुरक्षित ढङ्गले सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । आफूले बसपार्क सञ्चालनका लागि पटकपटक सम्बन्धित निकायमा अनुरोध गरे पनि सुनुवाइ हुन नसकेको ओझाले बताए।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

आजको मौसम : देशका यी स्थानमा भारी वर्षाको सम्भावना

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
कस्तो छ आजको मौसम पूर्वानुमान ?

आजको मौसम : देशका यी स्थानमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In