काठमाडौं – त्रिभुवन विश्वविद्यालयल बढिमा २२ दिन हिउँदे बिदा दिने भएको छ। बुधबार सूचना निकालेर विश्वविद्यालयको सूचना तथा जनसम्पर्क शाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बढिमा २२ दिन हिउँदे बिदा दिन भनेका हुन्।
सूचनामा भनिएको छ, ‘त्रिविको कार्यकारी परिषद्को पुस ३ गते बसेको बैठकले त्रिविका सम्पूर्ण आंगिक तथा केन्द्रीय विभागहरूमा दिइँदै आएको हिउँदे बिदा परीक्षा र कक्षा सञ्चालनको अवस्था हेरेर पुस १७ गतेदेखि बढिमा २२ दिन दिन सकिने गरी स्वीकृत भएको जानकारी गराइन्छ।’
त्रिविले यसअघिका वर्षहरूमा १ महिना हिउँदे बिदा दिए पनि कोरोनाकाल कारण क्यालेण्डरमा असर परेसँगै बिदा छोट्याएको हो।














