• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दलगत स्वार्थबाट माथि उठेर जनताको समृद्धिमा लाग्नुहोस् –प्रदेश प्रमुख गुरुङ

by
७ पुस २०७९,
0
दलगत स्वार्थबाट माथि उठेर जनताको समृद्धिमा लाग्नुहोस् –प्रदेश प्रमुख गुरुङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ७ पुस । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रचुर मात्रामा सम्भावना बोकेको गण्डकी प्रदेशको चौतर्फी विकासमा भरखरै निर्वाचित तिनै तहका जनप्रतिनिधिको ध्यान जानु पर्नेमा जोड दिनुभएको छ । लेखनाथ उद्योग बाणिज्य संघद्धारा यही पुस ७–१८ गतेसम्म लेखनाथको तालचोकमा आयोजित लेखनाथ महोत्सवको बिहीबार उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङले त्यस्तो कुरामा जोड दिनुभएको हो । जनप्रतिनिधिहरु दलगत स्वार्थ भन्दा माथि उठेर यस क्षेत्रका जनताले प्राथामिकतामा राखेको विकास निर्माण कार्यमा लाग्न उहाँले सुझाव दिनुभयो । विशेषगरी प्रदेश र स्थानीय सरकारले यहाँका जनताको सुख र समृद्धिकै लागि ध्यान दिन जरुरी छ, लोककतन्त्रको मर्मपनि त्यही हो प्रदेश प्रमुख गुरुङले भन्नुभयो ।

गण्डकी प्रदेश पर्यटकीय तथा लोक संस्कृतिमा धनी माँनिदै आएको छ, त्यसको अलवा कृषि, शिक्षा, साहित्य, स्वास्थ्य क्षेत्रको विकास गर्नुपर्ने दायित्व पनि अब बन्ने प्रदेश सरकारको हुन्छ, प्रदेश प्रमुख गुरुङले भन्नुभयो ।गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र कँडेलले पोखराको लेखनाथ क्षेत्रले छुट्टै ईतिहास बोक्नुको साथै सात तालको शहर भएकाले यस क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न जरुरी भएको बताउनुभयो । लेखनाथ तथा वरपरको क्षेत्रमा उत्पादित बस्तु तथा औद्योगिक उत्पादनलाई एकै ठाँउमा राखेर ति वस्तुको बजारीकरण गर्नका लागि आयोजना गरिएको यस महोत्सवले यस क्षेत्रका कृषक तथा साना उद्योगीलाई सहयोग मिल्ने बताउनुभयो ।कोरोनाकै कारण कमजोर भएको अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता महोत्सवले सहयोगी भूमिका खेल्ने भनाई समेत मन्त्री कँडेलको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले लेखनाथ पर्यटन तथा कृषि क्षेत्रमा अगाडि भएका कारण यस क्षेत्रमा विकास गर्न जरुरी भएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखराको लेखनाथ क्षेत्र विकास निर्माणमा पछाडि परेकाले यस क्षेत्रको विकासमा जनप्रतिनिधिहरुले ध्यान दिन जरुरी भएको बताउनुभयो ।
लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नारका साथ आयोजित महोत्सवको मुख्य उद्देश्य वित्तीय क्षेत्रको तरलतालाई चलायमान, औद्योगिक उत्पादन तथा हस्तकलाका सामान, स्थानीय उत्पादन लघु तथा साना उद्योगको प्रवद्र्धन गर्नुको साथै आवश्यक ज्ञान सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नु रहेको बताइएको छ ।

जातीय भेषभूषा, कला, संस्कृति, रितिरिवाजको जगेर्ना, आन्तरिक एवं वाह्य पर्यटक आकर्षण गर्नु पनि महोत्सवको उद्देश्य रहेको जानकारी आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले दिनुभयो । महोत्सवको अर्को आकर्षण यस क्षेत्रका पर्यटकीय स्थल बेगनास तथा रुपातालका साथै यस वरपरका कोट, मठमन्दिर,तथा हरियाली जंङ्गलको साङ्केतिक रुपमा प्रतिबिम्वित हुने गरी प्रदर्शन गरिने बताइएको छ ।

दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको महोत्सव स्थलमा ३३७ स्टलहरु रहेका छन् । महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी, ८५ लाख रुपैयाँ खर्च र दश लाख रुपैयाँ मुनाफा हुने अनुमान आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघको छ । महोत्सवबाट हुने मुनाफाले प्रदर्शनी स्थल र संघको भवन स्तरउन्नतिका, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास र लेखनाथ क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण लागि सरकारसँग पहल गर्ने रहेको छ । उक्त महोत्सवको उद्घाटन कार्यक्रममा अध्यक्षता लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले गर्नुभएको थियो ।

Previous Post

त्रिविका सम्पूर्ण क्याम्पस २२ दिनसम्म बिदा

Next Post

मेगा बैंकको साधारण सभाबाट नेपालइन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
मेगा बैंकको साधारण सभाबाट नेपालइन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति

मेगा बैंकको साधारण सभाबाट नेपालइन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In