• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्राङ्गारिक मल तथा बायोग्यास उद्योग : करोडौँ लगानी, उपलब्धि शून्य

by
११ भदौ २०८१,
0
प्राङ्गारिक मल तथा बायोग्यास उद्योग : करोडौँ लगानी, उपलब्धि शून्य

cnkq ag]sf] k|fªufl/s dn pBf]u vf]6fª, !) ebf} M Joj:yfkg gx'Fbf cnkq cj:yfdf /x]sf] lbQm]n ?kfsf]6 dem'jfu9L gu/kflnsf–@ ;f]Ndfl:yt cf]v/af]6]df :yfkgf ul/Psf] k|fªufl/s dn tyf afof]UofF; pBf]u . g]kfn ;/sf/, cy{dGqfnosf] ljz]if cg'bfgjfkt ? tLg s/f]8 #@ nfv tyf gu/kflnsfsf] ? Ps s/f]8 %^ nfv nufgLdf :yfkgf ul/Psf] k|fªufl/s dn tyf afof]UofF; pBf]u lj=;+= @)&& r}t–@! ut] pb3f6g ul/Psf] lyof] . t:jL/ M s]bf/ du/÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत–२१ गते उद्घाटन गरेका थिए। तत्कालीन नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले विसं २०७६ असार–१ मा शिलान्यास गरेको प्राङ्गारिक मल तथा बायोग्यास प्लान्ट अर्थ मन्त्रालयको विशेष अनुदानबापत रु तीन करोड ३२ लाख तथा नगरपालिकाको रु एक करोड ५६ लाख लगानीमा स्थापना गरिएको हो ।

रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्ग्यानिक नगर बनाउने अभियानमा स्वतःस्फूर्त लागेका नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक मल उद्योग सञ्चालन भएपछि हर्षित बनेका थिए । प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्न सकिने क्षमताको प्राङ्गारिक मल उद्योग तथा गोबर ग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्नेगरी स्थापना गरिएको बायोग्याँस प्लान्ट अहिले अलपत्र छ ।

पन्ध्र वडा रहेको यस नगरपालिकालाई अर्ग्यानिक नगर बनाउँदै आन्तरिक आम्दानीको स्रोतको रूपमा विकास गर्ने उद्देश्यसहित रु चार करोड ५६ लाख लगानीमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग लामो समयदेखि अलपत्र बनेपछि नगरपालिकाका वर्तमान जनप्रतिनिधि आलोचित बनेका छन् । राज्यको करोडौँ लगानीमा स्थापना गरिएको दुई उद्योग उद्घाटन गरेको तीन वर्ष पाँच महिना बितिसक्दा पनि सञ्चालनमा ल्याउने नगरपालिकाको कुनै योजना नभएपछि जिल्लावासीले अलपत्र उद्योगको तस्बिर सामाजिक सञ्जालमा राख्दै आलोचना गर्ने गरेका छन् ।

आफ्नो गाउँमा प्राङ्गारिक मल उद्योग तथा बायोग्यास प्लान्ट स्थापना हुने भएपछि आफूले छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको तत्कालीन नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताएका छन्। “उद्योगबाट उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा थोकमार्फत बिक्री तथा वितरण गर्ने लक्ष्य राखिएको थियो । “उद्घाटन गरेको चार वर्ष हुन लाग्यो । अहिलेसम्म सञ्चालनमा ल्याउने वर्तमान जनप्रतिनिधिको कुनै तयारी छैन”, जिल्लाका अगुवा कृषक रहेका विश्वकर्माले भने, “उद्योगमा राज्यको ठूलो लगानीमा फसेको छ । वर्तमान जनप्रतिनिधिले यसलाई तत्काल सञ्चालनमा नल्याएको खण्डमा त्यो लगानी खेर जानेवाला छ ।”

उद्योगबाट उत्पादित प्राङ्गारिक मल मलिलो र राम्रो हुने भएकाले पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने भनिएको थियो । तीन हजार पाँच सय घन मिटर क्षमताको अण्डरग्राउण्ड डुम(ट्याङ्की) मा कच्चापदार्थ हालेर गोबर ग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको थियो ।

दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी थियो । आवश्यक गोबर र स्याउलाका लागि कम्पोष्ट मल उद्योग र बायोग्यास प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसीपालनसमेत गरिएको थियो ।

नगरपालिकाले उद्योगमा स्थानीय चार युवालाई पूर्णकालीन तथा २५ जनालाई अल्पकालीन रूपमा रोजगारीसमेत दिएको थियो । लामो समयसम्म बिना काम जागिर खाएका ती कर्मचारी तथा गोठमा बाँधिएका भैँसी अहिले उद्योगमा छैनन् ।

कर्मचारीका लागि कति रकम भुक्तानी दिइयो भन्ने नगरपालिकासँग यकिन तथ्याङ्क छैन । मलमूत्रका लागि रु दुई लाखमा खरिद गरिएका तीन भैँसीमध्ये एउटा मरेको र दुई वटा रु ९० हजारमा लिलाम गरिएको नगरपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण अर्ग्यानिक बनाउने तयारी स्वरूप प्राङ्गारिक मल उद्योग स्थापना गरिएको तत्कालीन नगरप्रमुख रिजालले बताएका थिए । अघिल्लो स्थानीय सरकारले दीर्घकालीन कार्ययोजना नबनाइ विभिन्न संरचना निर्माण गरेकाले यस्तो अवस्था आएको वर्तमान नगरप्रमुख तीर्थराज भट्टराईको दाबी छ । उद्योग परिसरमै निर्माण निर्माण गरिएका पोखरी र हाइटेक ग्रिन हाउस पनि अलपत्र अवस्थामा छ । पोखरी र हाइटेक ग्रिन हाउस निर्माणमा नगरपालिकाको ठूलो मात्रामा रकम खर्च भएको स्रोतको दाबी छ ।

प्राङ्गारिक मल उद्योगका लागि खरिद गरिएको एउटा सक्सन मेसिन, दुई वटा ट्याक्टर र एउटा गाडी भने नगरपालिकाले उपयोग गरिरहेको छ । बनेका संरचना व्यवस्थित गरेर सञ्चालन गर्न नसक्नुले वर्तमान जनप्रतिनिधिको कार्यक्षमताप्रति प्रश्नचिन्ह खडा भएको नगरवासीको गुनासो छ । मल उत्पादनका लागि आवश्यक कच्चापदार्थका लागि भैँसी खरिद, उद्योगको कम्पाउण्डमा गार्डेनिङका लागि विभिन्न किसिमका फूलका बिरुवा तथा सजावटका सामग्रीमा पनि खर्च भएको छ।

Previous Post

देशकै पुरानो भद्रपुर नाकाबाट वर्षाैदेखि निर्यात शून्य

Next Post

मधेस प्रदेशका चार जिल्लामा तीन सय ३५ किमी हुलाकी सडक निर्माण

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
मधेस प्रदेशका चार जिल्लामा तीन सय ३५ किमी हुलाकी सडक निर्माण

मधेस प्रदेशका चार जिल्लामा तीन सय ३५ किमी हुलाकी सडक निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In