• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

६ वर्ष बित्दा पनि सकिएन धरहरा निर्माण, छैटौं पटक म्याद थपिदै

by
५ भदौ २०८१,
0
६ वर्ष बित्दा पनि सकिएन धरहरा निर्माण, छैटौं पटक म्याद थपिदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरहरा आसपास भएर हिँड्ने प्रायः पैदलयात्रुको एउटै प्रश्न हुन्छ– धरहरा कहिले चढ्न पाइन्छ ? ०७८ वैशाख ११ मै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए । तर निर्माण पूरा नहुँदा हालसम्म सञ्चालनमा आउन सकेको छैन । सरकारले आफ्नो सय दिने कार्ययोजनाभित्र धरहरा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

०७२ वैशाखको भूकम्पले धरहरा भत्काएपछि नयाँ निर्माण गरेर उद्घाटन गरिएको थियो । भूकम्प गएको ९ वर्षमा धरहरा ठडिएको छ तर निर्माण थालेको ६ वर्षमा काम भने पूरा भएको छैन । ओलीले उद्घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत थियो । अहिले प्रगति ९६ प्रतिशत पुगेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक कोषनाथ अधिकारीले बताए ।

०७५ असोज १४ मा बनाउन सुरु गरिएको धरहरा निर्माणको म्याद छैटौंपटक थपिएको छ । सुरु ठेक्का सम्झौताअनुसार सकिनुपर्ने अवधि ०७७ असोज १४ मा नै थियो । पाँचौंपटक ०८० असोजसम्म म्याद थप गरिए पनि काम सकिएन । छैटौंपटक आगामी असोज २० सम्मका लागि म्याद थप गरिएको हो । यसको ठेक्का जीआईईटीसी–रमण जेभीले लिएको छ । जीआईईटीसी चिनियाँ कम्पनी भए पनि काम नेपाली ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ, जसलाई ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँमा ठेक्का दिइएको हो ।

‘खरिद नियमावली १३ औं संशोधनले अन्तिम मौका भनेर म्याद थप दिने उल्लेख छ, त्यहीअनुसार निर्माण व्यवसायीले म्याद थपको माग गरेका थिए,’ निर्देशक अधिकारीले भने, ‘पटक–पटक म्याद थप गर्दा पनि काम नसकिएपछि जरिवाना लगाएर काम गर्ने तयारी हुँदै गर्दा खरिद नियमावली संशोधन भएकाले म्याद थप गर्नुपरेको हो ।’ अहिलेसम्म धरहरा निर्माणमा २ अर्ब ९५ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही दिनअघि धरहराको अनुगमन गरेर छिटो काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए ।

सरकारको सय दिने कार्य योजनामा यसलाई सञ्चालन गर्ने भनेर राखिएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले बताए । ‘निर्माण सकिएको धरहराको टावर, वरिपरि घुम्ने ठाउँ र पार्किङको समस्या छैन,’ उनले भने, ‘केही फिनिसिङका काम गर्न बाँकी छ, असोज २० सम्म म्याद छ, विद्युत्सम्बन्धी केही कामहरू गर्न बाँकी छन् ।’ सरकारको सय दिन कात्तिकमा पुग्नेछ । त्यतिबेला सबै काम नसकिए पनि मुख्य संरचना खुल्ला गर्ने गरी काम भइरहेको उनको दाबी छ ।

धरहरालाई एकैचोटि पूर्ण सञ्चालनमा ल्याउन नसकिए पनि ट्रायलका रूपमा प्रतिघण्टा वा प्रतिदिन समय विभाजन गरी सञ्चालन गर्ने कि भन्नेबारे प्रारम्भिक छलफलका क्रममा रहेको गेलालले बताए । ‘यस्ता संरचना सञ्चालनबारे कार्यविधि बनाएर प्रस्ताव गरेका छौं, जसअनुसार केन्द्रमा यसबारे हेर्ने एउटा निकाय रहनेछ, त्यसले धरहरा, दमकको व्यावसायिक भवन, बुटवल, गोदावरी सम्मेलन केन्द्र हेर्नेछ,’ उनले भने, ‘ठूला–ठूला संरचना सरकार आफैंले मात्र सञ्चालन गरेर हुँदैन, २०/२५ वर्ष समय तोकेर सञ्चालन गर्न निजी क्षेत्रलाई दिनुपर्छ, त्यसका लागि खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्नुपर्छ, यसमा सबै जिम्मेवारी निजी क्षेत्रको हुनेछ, उसले सरकारलाई रोयल्टी बुझाउनेछ ।’ कार्यविधि बनाएर अघिल्लो आर्थिक वर्षमा अर्थ मन्त्रालयमा पठाइएको थियो । नयाँ आर्थिक वर्ष सुरु भएकाले फेरि पठाएर सहमति लिने कुरा भएको उनले बताए ।

०७२ को भूकम्पले धरहरा भत्किएपछि यसको पुनर्निर्माण थालिएको थियो । निर्माण व्यवसायीका कारण पनि यसको निर्माण समयमै हुन नसकेको आयोजनाको भनाइ छ । सुरुमा कोभिड–१९ को प्रभावले गर्दा निर्माणमा ढिला भएको आयोजनाले जनाएको छ । निर्माणको काम ९६ प्रतिशतभन्दा बढी सकिसकेको जीआईईटीसी–रमण कन्स्ट्रक्सन जेभीका प्रोजेक्ट म्यानेजर दीपक सिंहले बताए । ‘केही इलेक्ट्रिकल सामान भारतबाट ल्याउनुपर्ने थियो, त्यसका लागि सरकारी निकायबाट समयमै स्वीकृत पाउन सकिएन, जसले गर्दा ढिलो भएको हो,’ उनले भने, ‘अहिले सामान ल्याउने प्रक्रिया अन्तिम चरणमा छ, त्यसैले दिइएको म्यादभित्र सक्ने गरी नै काम गरिरहेका छौं ।’

पहिला धरहराको मात्र साइट उपलब्ध थियो, पछि म्युजियम, गोश्वारा हुलाक, राष्ट्र बैंकको टक्सार विभाग भएको भवनलगायत क्षेत्रको साइट थपिँदा समयमै काम सक्न गाह्रो भएको निर्माण व्यवसायीको दाबी छ । धरहरामा दुईवटा लिफ्ट रहनेछन् । सिँढी पनि निर्माण गरिएको छ । सर्वसाधारणले लिफ्टमार्फत धरहरा चढ्न पाउनेछन् । अहिले निर्माण भएको धरहरा २२ तलाको छ । अन्डरग्राउन्ड २ र बाहिर २० तला रहेको आयोजनाले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

Previous Post

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ५३ हजार

Next Post

चंखेलीमा जीप दुर्घटना, पाँच जना गम्भीर घाइते

सम्बन्धित खबर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
समाचार

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

१९ बैशाख २०८३,
Load More
Next Post
चंखेलीमा जीप दुर्घटना, पाँच जना गम्भीर घाइते

चंखेलीमा जीप दुर्घटना, पाँच जना गम्भीर घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In