• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपद्का कारण युरोप र अमेरिकाबाट आउने पर्यटकमा कमी

    विपद्का कारण युरोप र अमेरिकाबाट आउने पर्यटकमा कमी

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    विपद्का कारण युरोप र अमेरिकाबाट आउने पर्यटकमा कमी

    विपद्का कारण युरोप र अमेरिकाबाट आउने पर्यटकमा कमी

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी

by
७ साउन २०८१,
0
मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो । मन्त्रालयले भदौ १ गतेदेखि अनिवार्य रूपमा मिटर प्रणालीमा ट्याक्सी सेवा सञ्चालन गर्नुपर्ने निर्णय गर्यो ।

तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकार भएका पक्षसँगको छलफलमा व्यवसायीले मिटरमा ट्याक्सी गुडाउने प्रतिबद्धतासमेत जनाए । तर उक्त निर्णय भएको वर्ष दिन नबित्दै पर्यटकीय राजधानीसमेत रहेको पोखरामा मिटरमा ट्याक्सी गुड्न छाडिसकेका छन् ।

यातायात मन्त्रालयसँग भएको सहमतिलाई वेवास्ता गर्दै ट्याक्सी चालकले सर्वसाधारण यात्रुबाट मनोमानी रूपमा भाडा असुलिरहेका छन् । गण्डकी प्रदेश सरकारले तीन वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटर चलाउन तयार भएका चालक अहिले सोही भाडादरलाई देखाएर मिटरमा हिँड्न अस्वीकार गरिरहेका छन् । विसं २०७८ फागुन १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् ।

ट्याक्सीले मनपरी भाडा लिने गरेको जनाउँदै जनगुनासो बढ्न थालेपछि मन्त्रालयले मिटर प्रणालीमा ट्याक्सी सञ्चालनका लागि पहल लिएको थियो । मन्त्रालय र यातायात व्यवस्था कार्यालयका पदाधिकारी, ट्राफिक प्रहरीलगायतले केही समय ट्याक्सीको अनुगमन पनि गरे । केही समय ट्याक्सी चालक मिटरमा पनि हिँडे । मिटर गुड्न अटेर गर्नेहरू कारबाहीमा पनि परे । अहिले न अनुगमन छ, न त मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही नै हुन्छ ।

ट्याक्सी चालक छिरिङ शेर्पाले नयाँ भाडादर समायोजन नभएका कारण मिटरमा चलाउन सक्ने अवस्था नरहेको बताए । “इन्धनको मूल्य बढेको बढ्यै छ, भाडादर भने पहिलैके छ”, उनले भने, “बढ्दो महँगीलगायत अहिलेको अवस्थाअनुसार भाडादर समायोजन भए मात्र ट्याक्सी मिटरमा गुड्न सक्छन्, नत्र गाह्रो छ ।” ट्याक्सी व्यवसायीले स्वचालित भाडादर कायम हुनुपर्ने माग गर्दै आएका छन् ।

इन्धनको मूल्यमा आइरहने उतारचढाव, बढ्दो महँगीजस्ता कारणले मिटर प्रणालीमा समस्या आउने गरेको पोखरेली ट्याक्सी व्यवसायी समितिका महासचिव युवराज भट्टराईले बताए । “इन्धन मात्र नभएर, गाडी पार्टस्लगायत सामान महँगो हुँदै गएको छ, यसलाई पनि विचार गरेर भाडादर समायोजन गर्नुपर्छ”, उनले भने, “मिटर प्रणालीमा पनि केही जटिलता छन्, मिटर जडान महँगो छ, पोखराका ट्याक्सीमा एकपटक मिटर बढाउँदा दुई–तीन महिना लाग्छ ।”

नयाँ भाडादर समायोजनलगायत माग पूरा भए व्यवसायीहरू मिटरमा ट्याक्सी सञ्चालन गर्न तयार रहेको महासचिव भट्टराईले बताए । तीन वर्षअघि समायोजन गरेको भाडादरअनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) रु ८० र त्यपछि प्रति दुई सय मिटरको रु १० तोकिएको छ । १५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रुपैयाँ ५० पैसा कायम गरिएको थियो ।

मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका पदाधिकारी भने विगतमा प्रतिबद्धता गरेको विषयलाई ट्याक्सी व्यवसायीले लागू गर्नुपर्ने बताउँछन् । ट्याक्सी मिटरमा नगुड्दा यात्रु ठगिइरहेको गुनासो मन्त्रालयसम्म पुग्ने गरेको छ । पोखराका ट्याक्सीले मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य गर्ने सम्बन्धित निकायहरूको प्रतिबद्धता भने पूरा हुनसकेको छैन ।

प्रदेश सरकार र ट्याक्सी व्यवसायीबीच भाडा समायोजनलगायत विषयमा भएका कतिपय समझदारी कार्यान्वयनमा नआई अलपत्र परेका छन् । उक्त सहमतिपत्रमा भाडा तिरेको बिल दिनुपर्ने, ट्याक्सीमा जिपीएस जडान गर्नुपर्ने, चालकको छुट्टै पोशाक हुनुपर्नेलगायत विषय उल्लेख थियो । पोखराका ट्याक्सी चालककले मनलाग्दी रूपमा यात्रुबाट भाडा लिने गरेको विषय केही महिनाअघि गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिमा समेत पुगेको थियो । समितिले पोखरामा चल्ने ट्याक्सीलाई मिटर प्रणालीमा सञ्चालन हुने व्यवस्था मिलाउन यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति भोजराज अर्यालले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुले ट्याक्सीलाई चर्को भाडा तिर्नुपरेको गुनासो गरेपछि समितिले विमानस्थलदेखि राजमार्गसम्म निःशुल्क सटल बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न उक्त मन्त्रालयलाई निर्देशन दिएको थियो । ट्याक्सी भाडामा देखिएको मनोमानीको अन्त्यका लागि आफूले यातायात व्यवस्था मन्त्रालयका मन्त्रीलगायत पदाधिकारीसँग भेटेर पटकपटक छलफल गरेको सभापति अर्यालले बताए ।

Previous Post

व्यावसायिक मौरीपालनमा जुटे भोजपुर बैकुण्ठेका स्थानीय

Next Post

बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार

सम्बन्धित खबर

विपद्का कारण युरोप र अमेरिकाबाट आउने पर्यटकमा कमी
फिचर-ब्यानर

विपद्का कारण युरोप र अमेरिकाबाट आउने पर्यटकमा कमी

१६ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१६ अशोज २०८३,
अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
Load More
Next Post
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार

बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In