१. साजमा विद्यमान दार्शनिक, राजनीतिक, धार्मिक वा अन्य कुनै पनि विवादमा नलागी संयमित आडम्बरहीन भूमिका निर्वाह गर्ने कार्य शिक्षाको कस्तो कार्य हो ?
– तटस्थ कार्य ।
२. शिक्षाको अँग्रेजी पारिभाषिक शब्दको ल्याटिन रुपको शाब्दिक अर्थ के हुन्छ ?
– नेतृत्व दिनु ।
३. शिक्षाको मुख्य ध्येय के हो ?
– अन्तरनिहित क्षमता विकास गर्नु ।
४. शिक्षाले व्यक्तिलाई आत्मनिर्भर हुन सक्ने बनाउनु शिक्षाको कुन कार्य हो ?
– आर्थिक कार्य ।
५. शिक्षाले संस्कृतिको संरक्षण, संवद्र्धन र विकास गर्न सक्नुपर्छ भन्नु शिक्षाको कुन कार्य हो ?
– सांस्कृतिक कार्य ।
६. नेपालमा पाश्चात्य शिक्षाको सुरुवात सर्वप्रथम कसको पालामा भयो ?
– जङ्गबहादुर राणा ।
७. अँग्रेजी शिक्षा पद्धतिको सुरुवात सर्वप्रथम कहिलेदेखि भयो ?
— वि.सं. १९१० ।
८. दरबार स्कुलको भवन कसले निर्माण गरेका हुन् ?
– वीर समशेर ।
९. नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भयो ?
– वि.सं. १९९० कार्तिक १६ गते ।
१०. त्रिचन्द्र कलेजको सम्बन्धन सुरुमा कुन विश्वविद्यालयसँग थियो ?
– कलकत्ता विश्वविद्यालय ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट