• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबल : जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले हरायो

    विश्वकप फुटबल : जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले हरायो

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस कुन मुद्राको विनिमय दर कति ?

    रास्वपाको महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने

    रास्वपाको महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने

    हेल्थ टिप्सः अर्धचन्द्रासन योगाबाट हुने लाभ

    आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस–एमाले गठबन्धन : सात दलको समर्थन तीन दल विपक्षमा

by
२२ असार २०८१,
0
कांग्रेस–एमाले गठबन्धन : सात दलको समर्थन तीन दल विपक्षमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्यको सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धनमा सहभागी दलले पनि नयाँ समीकरणलाई नै समर्थन गर्ने तयारी गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेका हुन् । डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्वलाई निरन्तरता दिने सर्तमा सरकारलाई समर्थन गर्ने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने वचन दिएको छ तर नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नयाँ गठबन्धनका सन्दर्भमा परिस्थिति हेरेर निर्णयमा पुग्ने बताए ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी उहाँकै दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिपक्षमा बस्ने तयारी गरेका छन् । संसद्मा नेपाली कांग्रेसको ८८, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७९, जनता समाजवादी पार्टी नेपालको पाँच, जनता समाजवादी पार्टीको सात, जनमत पार्टीको चार, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चार र नागरिक उन्मुक्ति पार्टीको चार सिट छ ।

वर्तमान सत्ता गठबन्धनको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) १० सिट रहेका छन् । अहिलेसम्म अनिर्णीत रहेका राष्ट्रिय जनमोर्चाको एक, आम जनता पार्टीको एक सिट र सदावहार प्रतिपक्ष नेपाल मजदुर किसान पार्टीको एक सिट रहेको छ । साथै स्वतन्त्र दुई सांसदले पनि निर्णय गरिसकेका छैनन् ।

पाँच दलसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्री दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेतासँग छलफल गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्रीद्वय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, जनमत पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेताहरूसँग उनले बदलिँदो परिस्थितिका सन्दर्भमा छलफल गर्नुभएको हो ।

बैठकपछि अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डसँग पछिल्लो राजनीतिक परिवेश र असार २८ गते विश्वासको मत लिने सन्दर्भमा छलफल भएको बताए । उहाँले विश्वासको मत दिने पक्षमा आफू रहेको बताए । अन्य दलले पार्टीमा छलफल गर्ने बताएका छन् ।

जसपाका मन्त्रीको राजीनामा

जसपा अध्यक्ष राईले शुक्रबारै प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनता समाजवादी पार्टीबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले राजीनामा दिए ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

देशका धेरै ठाउँमा रातिदेखि नै भारी वर्षा, ३० जिल्लामा ‘रेडअलर्ट’

सम्बन्धित खबर

विश्वकप फुटबल : जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले हरायो
खेलमैदान

विश्वकप फुटबल : जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले हरायो

७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस कुन मुद्राको विनिमय दर कति ?

७ असार २०८३,
रास्वपाको महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने
समाचार

रास्वपाको महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने

७ असार २०८३,
हेल्थ टिप्सः अर्धचन्द्रासन योगाबाट हुने लाभ
फिचर-ब्यानर

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

७ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

७ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

७ असार २०८३,
Load More
Next Post
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

देशका धेरै ठाउँमा रातिदेखि नै भारी वर्षा, ३० जिल्लामा ‘रेडअलर्ट’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In