• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हजारौं हजयात्री मृत्युको कारण ‘प्रचण्ड गर्मी’, नेपालीको अवस्था के छ?

by
९ असार २०८१,
0
हजारौं हजयात्री मृत्युको कारण ‘प्रचण्ड गर्मी’, नेपालीको अवस्था के छ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हजारौं हजयात्री मृत्युको कारण ‘प्रचण्ड गर्मी’, नेपालीको अवस्था के छ? हज यात्राका लागि (मक्का मदिना) साउदी अबर पुगेका सयौं हज यात्रीहरूको मृत्यु भएपछि अन्तर्राष्ट्रिय समुदायले पनि त्यसप्रति चासो देखाएको छ। समाचार एजेन्सीहरूका अनुसार साउदीको तापक्रम ५१ डिग्री वरिपरि छ। यो तापमानको सामना गर्न नसकेर दिनहुँजसो हजयात्रीको मृत्यु भइरहेको छ।

एएफपीका अनुसार अहिलेसम्म मिश्रका मात्रै लगभग ६८५ जना हजयात्रीको मृत्यु भइसकेको छ। साउदीका कुटनीतिक अधिकारीहरूले अरु पनि हज यात्री मारिएको पुष्टि गरेका छन्। त्यस्तै इन्डोनेसियाले आफ्ना २०० भन्दा धेरै हजयात्रीहरूको मृत्यु भएको जनाएको छ भने छिमेकी भारतका ९८ जना हजयात्रीको मृत्यु भएको छ।

नेपालबाट पनि यस वर्ष ७६५ जना हजयात्रीका साथमा १० जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली पनि साउदी गएको थियो। एक महिना लामो मक्काको यात्रा सकेपछि अब यात्रीहरू १० दिनका लागि मदिनाको यात्रामा छन्। साउदी अरवस्थित नेपालका लागि महावाणिज्यदूत शत्रुधन पोखरेलका अनुसार बाँकेकी ६० वर्षीया सायर बानो सैयदको मृत्यु भएको हो। उनी मधुमेह र मिर्गौलाको बिरामी पनि थिइन्। बाँकी नेपाली हजयात्रीको अवस्था भने सकुशल रहेको अधिकारीहरूले जनाएका छन्।

यसबाहेक पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, ट्यूनिशिया, सुडान, इरान तथा कुर्दिस्तानका समेत हजयात्रीहरूको मृत्यु भएको सम्बन्धित देशहरूले पुष्टि गरेका छन्। वाल स्ट्रिट जर्नलले अमेरिकीहरूको पनि मृत्यु भएको जनाएको छ।
यो यात्राका क्रममा हजारौं हजयात्रीहरू बेपत्ता भएका छन्। उनीहरूका आफन्तले सम्बन्धित अधिकारीहरूलाई आफन्त हराएको बारे जानकारी गराएका छन्। कैयौ आफन्तहरू हराएकाहरू खोज्नका लागि साउदी पुगेका छन्।

हरेक वर्ष मुस्लिम समुदायका लाखौं मानिस हज यत्राका लागि साउदी पुग्छन्। इस्लाम समुदायमा हजयात्रा जीवनको ‘सार्थकता’सँग जोडेर हेरिन्छ।

समाचार एजेन्सीहरूका अनुसार मृत्यु भएकामध्ये धेरैजसो मानिस तीर्थायात्रीका रुपमा दर्ता भएका छैनन्। जसका कारण उनीहरूलाई वातानुकुलित टेन्ट तथा त्यस्तै प्रकारका बसहरूजस्ता सेवासुविधा पाएनन्। कैयौ देशले यसरी जथाभावी तीर्थयात्री पठाउने आफ्ना ट्राभल एजेन्सीहरूलाई कारबाही सुरु गरेका छन्।

साउदीमा अहिले अत्यधिक गर्मी छ। त्यहाँ चलिरहेको तातो हावाका कारण मानिसहरूको मृत्यु भइरहेको साउदीका सरकारी अधिकारीहरू बताउँछन्।

हज यात्रामा अधिकांश उमेर ढल्किएकाहरू जान्छन्। इस्लाम समुदायमा हज यात्रा सबैभन्दा पवित्र तीर्थयात्रा हो। यद्यपि हज यात्राका क्रममा यात्रीहरूको मृत्यु खासै नयाँ होइन तर यसपालि बढिरहेको अस्वभाविक मृत्युको संख्याले सारा विश्वको ध्यान तानेको हो। नत्र यस्तो त १४०० वर्षदेखि हुँदै आएको छ।
समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार पछिल्लो एक हजार वर्षदेखि हज यात्रा गर्मीको याममा भइरहेको छ। त्यसमाथि ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावले गर्मी आफैमा बिथोलिएको छ। जसको सिधा असर मान्छेको ज्यानमा परिरहेको छ।

जलवायु विज्ञ कार्ल फ्रेडरिक श्लुसनरका अनुसार सन १८५०-१९००को तुलनामा अहिले वैश्विक तापमान १.५ डिग्री सेल्सियसभन्दा बढिरहेको छ। जसका कारण गर्मी अझ प्रचण्ड हुँदै आएको छ। यस्तो अवस्थामा मानिसले ‘हिट स्ट्रोक’को खतरा पाँच गुणा बढी सामना गर्नुपर्ने हुन्छ।

हज यात्रीका लागि साउदीले गर्मीबाट बचाउन वातानुकुलित बसोबासको व्यवस्था मिलाएको छ। त्यस्तै प्रकारका सवारी साधनहरूको पूरा व्यवस्था गरेको साउदी सरकारले दाबी गरेको छ। सरकारका अनुसार हजयात्रीका लागि १८९ अस्पतालहरू खडा गरिएका छन्। त्यस्तै सयौं मोबाइल क्लिनिकहरू सञ्चालन गरिएको छ। त्यस्तै ४० हजारभन्दा धेरै स्वास्थ्यकर्मी र स्वंयसेवकहरू पनि हजयात्रीका लागि खटिएका छन्।

इस्लाम समुदायमा एउटा मान्यता छ कि एकपटक हजयात्रा नगए उनीहरूको पूरै जीवन व्यर्थ हुन्छ। त्यसैले यो समुदायका मानिसलाई हज यात्रा जीवनको एउटा लक्ष्य हुन्छ। जीवनको अन्त्यसम्म उनीहरू जसरी पनि हज यात्रामा निस्किने सपना बोकिराखेका छन्। त्यसका लागि उनीहरूले जीवनभरिको आफ्नो कमाइको केही हिस्सा हजयात्राका लागि छुट्याएर पनि राखेका हुन्छन्।

कैयौं मुसलमानहरूको विश्वास हुन्छ कि मक्का मदिनाको यो यात्रामा उनीहरूको मृत्यु भइहालेमा पनि त्यसलाई आफ्नो सौभाग्य ठान्छन्। पवित्र सहरमा मर्नु वा त्यहाँ अन्त्यष्टिको अवसरलाई उनीहरूले ‘अल्लाह’कै आशीर्वाद ठान्छन्।

यो यात्राका क्रममा अत्यधिक गर्मी, अरु बिरामी वा सडक दुर्घटनामा अनि भीडमा च्यापिएर वा हुलदंगाका कारण पनि हजयात्रीको मृत्यु हुनसक्छ। त्यसको सबै जिम्मेवारी साउदी अरब सरकारकै हुन्छ। ती शवहरूको पहिचानदेखि उनीहरूलाई सम्बन्धित देशको जिम्मा लगाउने र परिवारको ठेगानासम्म पुर्‍याउने जिम्मेवारी पनि साउदी सरकारकै हुन्छ। तर त्यसका लागि सम्बन्धित देशको आधिकारिक ‘हजयात्री’ भएको प्रमाणहरू चाहिन्छ।

Previous Post

करण परियारले जिते नेपाल आइडलको उपाधि

Next Post

कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह

सम्बन्धित खबर

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

९ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

९ असार २०८३,
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
आवाज

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

९ असार २०८३,
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
आर्थिक

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

९ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
Load More
Next Post
कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह

कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In