• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक

by
२ असार २०८१,
0
झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल प्रहरीले सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ वचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आईतवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्रउा गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पक्राउ पर्नेहरुमा वर्ष ४३ का तेजविक्रम थापा, वर्ष ४४ की सजना राजकर्णिकार, वर्ष ४७ का सञ्जय सापकोटा, वर्ष ५३ का भीमसेन महर्जन रहेको बताए।

तनहुँका थापा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् भने काठमाडौं गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन् । त्यस्तै काठमाडौं कीर्तिपुरका महर्जन र काठमाडौं चाबहिलका सापकोटा संस्थाका सदस्य रहेको बताए । उनकाअनुसार थापा २०५६ सालदेखि संस्थाको चिफ अकाउण्टेण्ट र संस्थापक सदस्य रहेको, २०६० देखि संस्थाको कार्यकारी अध्यक्ष रहेको, २०६६ सालदेखि समिट अस्पताल लोकन्थलीको अध्यक्ष रहेको, २०७० देखि अन्नपूर्ण किसान फिड एण्ड फर्टिलाइजेशन उद्योगको अध्यक्ष, २०७१ देखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष, २०७३ सालदेखि गोरखा टेलिभिजन (साझा संसर मिडिया नेटवर्क) को संस्थापक अध्यक्ष, २०७४ सालदेखि यति हब्र्स प्रा.लि.को अध्यक्ष, २०७१ सालदेखि इन्टेन्सिव एग्रिकल्चर कम्पनी प्रा.लि.को अध्यक्ष, २०६६ देखि कृषि इन्भेष्टमेण्ट प्रा.लि.को अध्यक्ष, २०७० देखि कृषि फ्रेस प्रा.लिको अध्यक्ष र २०७६ देखि यति टेक्निक प्रा.लि.को अध्यक्ष रहेको पाइएको छ । निजमाथि जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६६६ मा बैंकिङ कसुर मुद्दाहरु रहेका छन् । निजमाथि ५६६ जनाले जाहेरी दर्ता गरेका छन् । निजहरुले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

निजउपर ६५ वटा जाहेरी परेको प्रहरीले बताएको छ । त्यस्तै पीडित वचत कर्ताहरु २ हजार ५ सय ३१ र जिम्मा निक्षेत्र २ अर्ब ८० करोड रहेको प्रहरीले बताएको छ । निजहरुबाट मोबाइल ६ थान, पेन ड्राइभ ३ थन, हस्ताक्षर सहितको चेक ३ थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान एउटा, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको एक थान छाप, यति टेक्निक फार्मको छाप एक थान र प्रतिवादी तेजविक्रम थपाले राज ठकुरीको नाममा बनाएको गोर्खा टि.भि.को परिचय पत्र बरामत भएको प्रहरीले बताएको छ ।

Previous Post

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

Next Post

ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित

सम्बन्धित खबर

कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
Load More
Next Post
ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित

ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In