पर्याप्त मात्रामा दूध खाने बालबालिका निरोगी, फुर्तिला र तेजिला हुन्छन् । स्तनपानले आमाको शरीर बिग्रिन्छ भन्नु नचाहिने कुरा हो । स्तनपान गराउँदा बरु आमाको शरीर भद्दा हुन पाउँदैन । नियमित स्तनपान गराउने आमालाई क्यान्सर र हड्डी कमजोर हुने रोगबाट जोगाउँछ ।
यदि आमाले बच्चालाई पर्याप्त मात्रामा स्तनपान गराएकी छैनन् भने उनलाई आफ्नो स्तनमा भारिपन या ऐंठन भएको जस्तो अनुभव हुन्छ । यदि यस्तो भारीपन रहन दिइयो वा बच्चालाई दूध चुसाउन बेवास्ता गरिरहियो भने आमालाई त गाह्रो हुन्छ नै, बच्चालाई पनि दूध चुस्न गाह्रो हुन थाल्छ ।
ध्यान दिनुपर्ने कुरा
– बच्चालाई छिटो-छिटो दुध चसाउने । अथवा स्तनपान गराउनुभन्दा पहिला स्तनलाई हल्का मालिश गरेर हातले बिस्तारै दबाउँदै थोरै दुध निचोरेर बाहिर निकालिदिने ।
– कहिलेकाहीँ बच्चाले औँला पनि चुस्ने गर्छ । यस्तो अवस्थामा बच्चालाई पर्याप्त दूध प्राप्त भइरहेको छैन भनेर बुझ्नुपर्छ ।
– बच्चाको पिशाव चेक गरेर पनि यसको बारेमा थाहा पाउन सकिन्छ । यदि पिसाबको रंग पहेँलो छ भने उसलाई पर्याप्त मात्रामा दुध पुगिरहेको छैन भनेर बुझ्नुपर्छ ।













